प्रधानको भावनाका छालहरू विमोचन

  • जेठ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । साहित्यकार अजिता प्रधानद्वारा लिखित ‘भावनाका छालहरू’ मुक्तकसंग्रह आइतबार एक समारोहका बीच विमोचन गरिएको छ ।

नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, साहित्यकार देवी पन्थी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, अग्रज साहित्यकार बलराम पोखरेल, डा. नरेन्द्र चागापाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, कोपिला साहित्य प्रतिष्ठानकी अध्यक्ष कविता केशरीलगायतले संयुक्त रुपमा मुक्तकसंग्रहको विमोचन गरेका थिए ।

विमोचित मुक्तकसंग्रहका विषयमा कवि एवं समालोचक हरि कट्टेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । उनले मुक्तकसंग्रहले अहिलेको नेपालको राजनैतिक व्यथिति, विकृति, विसंगति, अभाव, गरिबी, भ्रष्टाचारलाई सशक्त रुपमा उठाएको बताए । सो अवसरमा कवि मञ्जुश्री गिरी, भरत गुरागाईं बर्बरिक, मीनकुमार नवोदित, राधा भट्टराई, मञ्जु घिमिरे, राधा सुवेदीलगायतले विमोचित संग्रहभित्रका मुक्तकहरू वाचन गरेका थिए । नोवेल साकोस साहित्य संस्था काठमाडौंले प्रकाशित गरेको संग्रहभित्र विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका २५१ वटा मुक्तकहरू समावेश गरिएको छ ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved