धरान । एसइइ दिएर बसेका विद्यार्थीहरुर्लाई लक्षित गरी आयोजना हुदै आएको प्रदेश स्तरीय एसइइ स्टेट १ सिंगिङ्ग आइडल सिजन २ को धरान अडिसन सम्पन्न भएको छ ।
फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एफ.टि.एल.अनलाइन टिभिले आयोजना गरेको प्रतियोगितामा सिङ्गिङतर्फ ६८ जना र डान्सिङतर्फ ३४ गरी १०२ जना सहभागि भएका थिए । अडिसन यु.एन.कलेजको सेमिनार हलमा सम्पन्न भएको हो ।
सिंगिङमा ३० जना र डान्सिङमा १३ गरी ४३ जना दोश्रो अडिसनका लागि छनोट भएका छन । प्रतियोगिताका निर्णायकमा गायनतर्फ भोइस अफ नेपाल सिजन–२ का फाईनलिस्ट बिकास लिम्बु र सङ्गीतकार बिनायक राई रहेका थिए । त्यस्तै नृत्यतर्फ नेपाल टेलिभिजनको रियालिटीसो छमछमि सिजन–३ कि फस्ट रनर अप मनिता राई र डान्स कोरियोग्राफर पृतम साम्बाहाम्फे रहेका थिए ।
गायन र नृत्य दुबैतर्फका बिजेताले ५० हजार रुपैया नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रबृति, दोश्रो हुनेले ३० हजार रुपैया नगद, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रबृति र तेश्रो हुनेले १५ हजार रुपैया नगद र प्लस टु पढ्न ५० छात्रबृत्ति प्राप्त गर्ने प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए । दोश्रो अडिसन आगामी जेष्ठ २१ गते सनिबार यु.एन.सेमिनार हलमा हुने इभेन्ट कोअर्डिनेटर तिर्थ कार्कीले जानकारी दिए ।