धरान । संघीय सरकारले चियाको क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै स्थानीय सरकारले चियाको उत्पादन र बजारीकरणमा योजना बनाएर अघि बढ्नुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् । सरकारले ल्याएको बजेट भाषणमा नगदे बाली र कृषिजन्य उत्पादनलाई मात्र बजेट विनियोजन गरेको र दुवैमा चिया नपर्ने भन्दै स्थानीय सरकारले बजेट विनियोजन गरेर काम गर्नुपर्नेमा जोड दिएका हुन । केन्द्रीय चिया सहकारी संघले आयोजना गरेको स्थानीय सरोकारवाला निकायहरूसँग उत्कृष्ट अभ्यास तथा सिकाइहरूको जानकारी भावी सहकार्यका साथै गुणस्तरीय चिया उत्पादनको लागि तालिम प्राप्त जनशक्तिहरूको परिचालन विषयक अन्तर्क्रिरया कार्यक्रममा बोल्दै चियाको विकास
धरान । प्रदेश नं. १ को १ मात्र महानगरपालिका विराटनगर महानगरपालिकाको कार्यपालिकामा गठबन्धनलाई ठूलो धक्का लागेको छ । गठबन्धनको वहुमत हुँदा हुँदै पनि गठबन्धनका मतदाताले अन्तरघात गरिदिँदा एमालेले कार्यपालिकामा वहुमत पाएको छ । शनिबार भएको कार्यपालिका चुनावमा काँग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत भएको एमाले र स्वतन्त्र उम्मेद्वार विजयी हुँदा गठबन्बन्धनका उम्मेद्वार पराजित भएका हुन् । मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजय
धरान । आर्थि्क बर्ष ०७९ ८० को सरकारले सार्वजनिक गरेको बजेटमा बनस्पति घ्यु तेल उद्योगीहरुलाई असर परेको भन्दै उनीहरुले सरकारको ध्यानकर्षण गराएका छन् । व्यवसायीहरुको संगठन नेपाल बनस्पति घ्यु तेल उत्पादक संघले एक प्रेस विज्ञप्ती प्रकाशि गर्दै हालै नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा विरोधासपूर्ण नीति अवलम्बन गरी यससँग सम्बन्धित उद्योगहरुलाई थप संकटमा धकलिएको जनाएका छन । उनहरुले स्वदशी उद्योगलाई राहत एवम् संरक्षण गर्न सरकारको ध्यानकर्षण गराएका छन् । विज्ञप्तीमा भनिएको छ, नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी सो को प्रशोधन गरी विक्री वितरण गर्दै आइरहेको छ । उनीहरुले सरकारले ल्याए
धरान । प्राइमभिजन इन्टनरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले एसई दिएर बसेका विद्यार्थीहरुका लागि निःशुल्क होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने भएको छ । कलेजले एसईई दिएर घरमै बसेका विद्यार्थीहरुका क्षमतालाई अभिवृद्ध गर्ने उद्देश्यले निःशुल्क १० दिने होटेल म्यानेजमेन्ट तालिम संचालन गर्ने भएको हो ।माध्यमिक परिक्षा सकेका विद्यार्थीहरुलाई कुन विषय अध्ययन गर्ने भन्ने द्विविधा नहास् भन्ने उद्देश्यले पनि तालिमको आयोजना गरिएका कलेजका संयोजक अनिल श्रेष्ठले जानकारी दिए । यही जेष्ठ २३ गते देखि सञ्चालन हुने तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी दिने, व्यवसायिक किचन सम्बन्धि ज
धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स क्लबलाई सहयोग गर्न आग्रह गरेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासका लागि सहयोग गर्न लायन्स क्लबलाई आग्रह गरेका हुन् । विराटनगरको विकासमा सामाजिक संघसंस्थासँगै निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै विकास लागि महानगरसित हातेमालो गर्न मेयर कोइरालाले आग्रह गरे । ‘महानगरको एक्लो प्रयासले विराटनगर सफा, सुन्दर, समृद्ध र हरियाली बनाउन कठ
धरान । भर्खरै सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनमा लौरौ चुनाव चिन्हले चमत्कार गरेको प्रदेश एकका सामाजिक मन्त्री राजन राईले बताएका छन् । प्रदेश खेलकुद विकास बोर्डले धनकुटाको भेडेटारमा आयोजना गरेको खेल प्रशिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले विशेष गरी काठमाण्डौ र धरानको लौरोको चर्चा अहिले देशभरि भएको बताए । उनले भने–‘ ठुला भनिएका राजनीतिक दललाई यसपालिको स्थानीय तहको निर्वाचनमा लौरोले नराम्ररी कुटेको छ्, यसको चर्चा मुलुकैभरि रहेको छ ।राईले धरान तथा काठमाण्डौमा स्वतन्त्र उम्मेद्वारले राम्रो मत ल्याएर विजय हासिल गरेको प्रसंगमा बोल्दै ठुला भनेर चिनिएका
धरान । घर खेत नै राखेर चर्को मिटर व्याज लिएर ऋण असुल्दै आएकासप्तरीको खडग नगरपालिका ७, कल्याणपुर का ६७ बर्षीय रामदेव साहका कारण उठीबास हुने बेला भएको भन्दै सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । घरखेत राखेर ऋण लिएका उनीहरुले ऋण तिरिसक्दा समेत आफूहरुको घर जग्गा फिर्ता नदिएको भन्दै भावविह्वल बनेका छन् । विहीबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले आफूहरुलाई प्रहरी प्रशासन, समाज कतैबाट सहयोग नपाएको गुनासो गरे । ऋाफूले कमाएको जायजेथो फर्काउन गाह«ो हुने देखेपछि उनीहरुले संघर्ष समिति ठन गरेर आन्दोलन गर्ने भएका छन् । समितिका संयोजक छेदीलाल पासवानले इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी
धरान । विद्यार्थीहरुलाई घरेलु तथा मझौला सभ्व्यता अध्ययन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले धरान १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा एक दिने व्यापार प्रदेर्शनी मेलाको आयोजना गरिएको छ । बिबिएम छैठौं सेमेस्टरका पहलमा मेहेन्द्र क्याम्पसले आयोजना गरेको एक दिने व्यापार प्रर्दशनी मेला बुधबार क्याम्पस प्राङणमा सम्पन्न भएको हो ।विद्यार्थीहरुलाई घरेलु तथा मझौला उद्योगका सम्भाब्यता अध्ययन गर्ने उद्धेश्यले मेलाको अयोजना गरिएको बिबिएम कार्यक्रममका डाइरेक्टर प्रा.डा नविन कुमार नेपाललले बताए । उनले भने, “विद्यार्थीहरुको पाठ्यक्रममै भएको कुरालाई उनीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रायोगात्मक ज्ञान द
धरान । संघीय सरकारले बजेटमार्फत सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिँदा सबैभन्दा बढी पाउने प्रदेशमा बागमती प्रदेश परेको छ । सातौ प्रदेशलाई प्रदान गर्ने वित्तीय अनुदान अन्तर्गत पाउने अनुदानमा सबैभन्दा कम गण्डकी प्रदेशले पाउने भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७९–८० का लागि सरकारले सातै प्रदेशलाई समपूरक, सशर्त, विशेष अनुदान र समपुरक अनुदान पुँजीगत प्रकृतितर्फ अनुदान वितरण गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त सदनमा बजेट पेश गरेको बजेटको रातो किताबमा प्रदेशहरुले पाउने अनुदानको अंक तोकिएको हो । बाग्मतीले २० अर्ब ३२ करोड ६६
धरान । वैसाख ३० गतेको स्थानीय निर्वाचनमा पार्टीकै कार्यकर्ताले अन्तर्घात गरेको भन्दै नेपाली काँगेसले कार्वाही अगाडि बढाएको छ । निर्वाचनमा पार्टीकै उमेद्वारलाई पार्टीकै कार्यकर्ताले अन्तर्गत गर्दा नराम्ररी पराजय भोग्नुपरेको निष्कर्ष निकाल्दै नेपाली काँग्रेसले अन्तर्घात गर्नेलाई कार्वाहीको तयारी थालेको हो । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्ने नेता, कार्यकर्ताहरुलाई कारवाही गर्ने निर्णय गरेको हो । पार्टीकातर्फबाट उम्मेदवार बनेकालाई असहयोग गरी अन्तरघात गर्ने नेता तथा कार्यकर्ताहरुलाई कारवाहीको सिफारिस गर्न थालिएको नेपाली कांग्रेसले जनाएको छ । झापाको गौरादहमा पार्टीले नराम्