समाचार

    Showing 4,561-4,570 of 10,137 items.
  • धरानमा बजेट सिमा बिबादित, वडा र बिषयगत सिमा तोकिएन, बैठक स्थगित

    धरान / आर्थिक वर्ष २०८०/८१ लागि धरान उपमहानगरपालिकाले वडागत तथा बिषयगत समितिलाइ बिनियोजन गरेको बजेट सिमा बिबादित बनेको छ ।  धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकमा श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले पेश गरेको वडागत तथा क्षेत्रगत बजेट सिमाको बिषयमा प्रस्ताब पेश गरे पछि वडाध्यक्ष तथा कार्यपालिका सदस्य र बिषयगत समितिका संयोजकहरुले पर्याप्त छलफल नगरी सिमा निर्धारण गरिएको भन्दै बिबादित बनेको हो । बिबाद समाधान नभएपछी कार्यपालिका बैठक स्थगित भएको छ । बिषयगत समितिले सदस्यहरु सङ छलफल नगरी श्रोत बाडफाड समितिले कार्यक्रम पनि ल्याए पछि बिबाद बढेको हो । ४ घण्टा लामो छलफलमा मेयर हर्कर

    • प्रकाशित मितिः असार ८, २०८०
    • 1,002 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फरार दुई प्रतिवादी पक्राउ

    बिराटनगर/ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले अभद्र ब्यवहार र लागुऔषध सहित २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अभद्र ब्यवहार मुद्दामा मोरङ जिल्ला अदालतले मिति २०७९ – १० –१२ गतेको सजाय निर्धारण फैसलाको आदेशले २ महिना ५ दिन कैद र ३ हजार जरिवाना बेरुजु रही फरार रहेका मोरङ बुढिगंगा गाउँपालिका वडा नम्बर – ३ का ३४ बर्षीय बिशाल सुबेदीलाई पक्राउ गरी मोरङ जिल्ला अदालत बुझाएको  छ । भने  कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाईएको छ । त्यसैगरी लागुऔषध मुद्दामा झापा जिल्ला अदालतको मिति २०७५ –१०– २५ गतेको सजाय निर्धार

    • प्रकाशित मितिः असार ७, २०८०
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मालपोत कार्यलय पानबारी सर्ने, ५ दिन सेवा अबरुद्ध हुने

    धरान /  भाडाको घरमा संचालन भइरहेको धरानको मालपोत कार्यलयको सेवा आफ्नै भवनबाट संचालन हुने भएको छ । धरानको १६ नम्बर वडामा रहेको कृषि बिकाश बैंकको भवनमा संचालन भइरहेको मालपोतको कार्यलय धरान ६ पानबारीको आफ्नै भवनमा सर्ने भएको छ । मालपोत कार्यलयले आज सुचना जारी गर्दै असार ८ गते शुक्रवार कार्यलय स्थानान्तरण गरिने जनाएको छ । कार्यालयको असार ६ गतेको बैठकले शुक्रवारबाट कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको हो ।   असार ८ गते देखि कार्यलय सार्ने भएकाले असार १२ गते सम्म ५ गते सम्म सेवा प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 2,249 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पोखरीमा डुबेर एको मृत्यु

    पाँचथर / पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर –५ गुवापानी स्थित बाङ्गे पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ बर्षीय सुमन काम्बाङ रहेका छन । बुधबार अपरान्ह साढे ५ बजे पोखरीमा पौडी खेल्ने क्रममा उनि पोखरीमा डुबी बेपत्ता भएको जानकारी आएपछि घटना स्थलमा प्रहरी टोली पुगी घाईते काम्बाङलाई उद्दार गरी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उनको उपचारको क्रमा मृत्यु भएको छ ।  घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाको छ ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    मोरङ / मोरङको रंगेली नगरपालिका ९ फर्साडागीमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बुधबार ना. १ क ७२१८ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० बर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिदा घाईते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ बर्षीय दिनेश अधिकारी र टिपर नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 836 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

    ताप्लेजुङ / ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ स्थीत सिकैचोका ३८ बर्षीय लक्ष्मण चाम्लिङ राईले श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार सांझ राईले मादक पदार्थ सेवन गरी श्रीमती लाई कुटपिट गर्ने क्रमा चिर्पट दाउरा प्रहार गरी ३१ बर्षीया निशा राईको हत्या गरेका थिए । उक्त घटनाको सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ बाट खटिएका प्रहरी टोलीले आरोपित राईलाई पक्राउ गरेको हो । श्रीमान श्रीमती बिच घरयासि बिषयमा विवाद भएको र विवादकै क्रममा रिशको आवेगमा भान्सा कोठामा रहेको दाउराको चिर्पट दाउराले श्रीमतीको टाउकोमा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको प्र

    • प्रकाशित मितिः असार ७, २०८०
    • 737 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषमा अर्पाप्त बजेट र बजारीकरणको समस्या भएको कृषकहरुको गुनासो

    धरान/  नेपाली कृषकहरुले उत्पादन गरेको कृषिजन्य साामग्रीको बजारीकरण नहुदा उत्पादन अनुसारको लाभ लिन सकेका छैनन् । धरानस्थित कृषि उपज बजारको तथ्यांकलाई हेर्ने हो भने पनि यहाँका कृषकहरुले उत्पादन गरेको ९० प्रतिशत कृषि सामाग्री भारत निर्यात हुन्छ भने १० प्रतिशतमात्र नेपालमा खपत हुन्छ । उत्पादन गरेको कृषकको सामाग्री भारतीय बजारमा भर पर्नुपर्दा कृषकहरु मारमा परेका हुन् । ‘कृषि प्रधान देश नेपाल’ भनेर संसारभरि चिनिन्छ । यहाँका अधिकांश सर्वसाधारण कृषिमै आधारित भएर जीवनयापन गरिरहेका छन् । तर उनीहरुले उत्पादन गरेको कृषि सामाग्रीको भाउ भारतीय बजारमा भर पर्छ । भारतले बढी मूल्य लिएर

    • प्रकाशित मितिः असार ७, २०८०
    • 1,171 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेसको क्षेत्रीय समिति विस्तार, क्षेत्रीय सम्मेलनमा गगन थापा आउने

    धरान/  नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति विस्तार गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले समितिको विस्तार गरेको हो । समितिमा मनोनित र आमन्त्रित सदस्य तथा सल्लाहकारहरु चयन गरी विस्तार गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताएका छन् । विस्तारित समितिका सदस्यहरुमा मुकेश थापा, पदमसुन्दर लिम्वु, पेम्वा तामाङ, गम्भिर दाहाल, तिलक बहादुर कार्की, रामबहादुर मगर, दिनेश श्रेष्ठ, रेखा लिम्वु, आशिष तामाङ, महेन्द्र तामाङ, धनगोपाल राई, गोपाल कार्की र सुमन श्रेष्ठ रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा योगेश थपलिया, प्

    • प्रकाशित मितिः असार ७, २०८०
    • 849 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बन्दाकोपीको मूल्य घट्यो, कृषक मारमा

    धरान /  यस बर्ष बन्दाकोबीको समेत न्यून कारोबार भएको कृषि उपज बजारले जनाएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार पहाडी क्षेत्रबाट बन्दा आउने पिक समय भएपनि बन्दाले सोचेजस्तो मूल्य लिन नपाएको बताए । उनले भने–‘बन्दाको अहिले पिक समय हो, बन्दा भारत निर्यात हुने समय हो, अहिले भारतमा पनि बन्दाकोवीको मूल्य अत्यन्तै न्यून छ, यो भेल झरि नरोकिएसम्म अब भारतमा पनि खासै माग हुदैन ।’ बन्दाकोबीको मुख्य उत्पादन धनकुटा र तेह्रथुम हो । यो बजारबाट अधिकांश बन्दाकोबी भारतसम्म निर्यात हुन्छ । बारीमै व्यापारीहरुले ३ रुपैयामा उठाउने र व्यापारीहरुले यहाँ ल्याएर ७ रुपैयासम्म विक्

    • प्रकाशित मितिः असार ७, २०८०
    • 858 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम पूर्वानुमान: भारी वर्षाको सम्भावना

    सुनसरी /कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल देशको पूर्वी तथा मध्य भू- भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायु

    • प्रकाशित मितिः असार ७, २०८०
    • 787 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved