धरान/ शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । धरान ९ आचार्य लाइनमा रहेको आफ्नै भवनमा साधारण सम्पन्न भएको हो । संस्थाका अध्यक्ष अफिसर सुयलको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।प्रतिवेदन अनुसार २०७९÷०७९ मा संस्थाले २० लाख ४३ हजार ५ सय ४१ रुपैया नाफा गरेको छ । संस्थाको शेयर पूजी १ करोड ८१ लाख २१ हजार ९ सय ४० रुपैया भएको जानकारी दिएको थियो भने निक्षेप बचत २० करोड २८ लाख ५५ हजार २ सय ९० रहेको जनाएको छ । यस्तै संस्थाले १९ करोड २१ लख ५० हजार ७ सय ६३ कर्जा लगानी गरेको र संस्थामा ४० लाख ८० हजार ९ ४० रहेक
धरान/ नेपाल सरकारले भर्खरै प्रयोगमा ल्याएको विद्युतीय राहदानी –इ–पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र लिन अनिवार्य बनाएपछि राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने बनाएपछि अहिले राष्ट्रिय परिचयपत्र लिने सर्वसाधारणको घुइँचो बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउन सरकारले तोकेको सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय र मातहतका इलाका प्रशासन कार्यालयमा अत्याधिक भीड बढेपछि फर्म भर्न स्थानीय सरकारसँग समन्वय गरेर वडावडाबाट शुरु गरिएको छ । यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १५ ले वडाका टोल समितिसँग समन्वय गरेर परिचयपत्र वितरण गर्न थालेको एक महिना भयो । असोज १२ ग
इलाम / स्थानीय गुण्डा नाईके एलबी भनिने झापाको बेलडाँगी शिविरका भुटानी शरणार्थीको हत्यामा संलग्न आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । एलबी भनिने ४४ वर्षे लालबहादुर गुरुङको हत्यामा संलग्न आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । असोज ५ गते इलाम र झापाकोे सीमा रतुवा खोलाको झोलुङ्गे पुलनजिक बोलाएर गुरुङमाथि कुटपिट र खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । १०÷१२ जनाको समूहले गुरुङलाई खुकुरी, ढुङ्गा प्रहार गर्दै खुट्टाको छेपारी, घुँडा र कुममा काटी गम्भीर घाइते बनाएर फरार रहेका थिए । घटनामा संलग्न आरोपमा प्रहरीले इलामकै चुलाचुली गाउँप
धरान । पहिलो पटक हिन्दी भाषमा डभिङ गरी भारतमा प्रर्दशन गर्न लागिएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी भर्सन लिक भएको छ । लामो समयको प्रचार प्रसार पश्चात हिजो शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्रको हिन्दी भर्सन अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो । चलचित्रले हिजो देखि नेपाल भारत र अन्यमुलुक गरी लगभग ६ सय थियटर्सबाट प्रदर्शन सुरु गरेको थियो । चलचित्र भारतका ३ सय ३० वटा थियटर्समा प्रदर्शनमा आएको जनाइएको छ । नेपालमा हाल यस चलचित्रको नेपाली संस्करणमात्र प्रदर्शनमा भइरहेको छ । हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएक
काठमण्डौं/ नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुुरामसँगको सम्बन्ध दीर्घकालीन रहेको बताएका छन् । शनिवार काठमण्डौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले बाबुरामसँगको सम्बन्ध चुनावीका लागी मात्र नभर लामो समय सम्मका लागी रहेको बताएका हुन् । वैकल्पिक राजनीतिक पार्टी बनाउने बाबुरामको प्रयास र वामपन्थी शक्तिलाई नयाँ ढंगले अघि बढाउने आफ्नो प्रयत्न असफल भएपछि दुबैजना दीर्घकालीन सहकार्यतर्फ अघि बढेको प्रचण्डले बताए । ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ
काठमाडौं/ लोकतान्त्रिक समाजवदी पार्टी लोसपा र नेकपा एमाले बिच प्रतिनिधि र प्रदेश सभाको चुनावी तलामेल हुने भएको छ । अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाकालागी हुने निर्वाचनमा तालमेल गर्न लोसपाले कार्यदल गठन गरी प्रकृया अगाडी बढाएको हो । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो ।कार्यदलमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल छन् । लोसपाले एमाले लगायतका दलसँग सहकार्यका लागि वार्ता गर्ने जनाएको छ । कार्यदलका संयोजक समेत रहेका लोसपाका वरिष्ठ नेता महातोले नागरिकता विधेयक पारित गर्न एमाले तयार नभए पनि त
झापा/ पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ । विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि ९महाराज० पण्डित नन्दकिशोर भारद्वाजले सानो कुटीमा बसी दुईचारवटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्व बुझेका र पण्डितसँग भेटघाटका लागि मात्र सर्वसाधारण सो क्ष
धरान/ अन्तर्राष्ट्रिय ख्याती प्राप्त एड्भान्सड डिप्लोमा इन होटल म्यानेजमेन्टको अध्यापन गराइरहेको धरानको एकमात्र स्मार्ट कलेज प्राइम भिजन इन्टरनेश्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका २ विद्यार्थी ‘स्टुडेन्ट एम्बेसेडर अवार्ड’ बाट सुशोभित भएका छन् । प्राइम भिजनमा अध्ययनरत विद्यार्थी पेमदिकी तामाङ र सन्देश पाल्पाली ‘स्टुडेन्ट एम्बेसेडर अवार्ड’ बाट सम्मानित भएका हुन् । विद्यार्थीको व्यक्तित्व, व्यवहार, शैक्षिक क्रियाकलाप, बौद्धिक क्षमता, भाषाशैली र विद्यालयको उपस्थितिका आधारमा उनीहरुलाई सम्मानित गरिएको हो । विद्यार्थीले ‘एलसीसीआई ग्लोबल क्वालिफिकेसन’ र &lsq
विजयपुर/ लायन्स क्लब अफ धरान पञ्चकन्याले शिक्षाका लागि एक रुपैया अभियान सञ्चालनमा ल्याएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले बीचैमा पाठनपाठन छोड्नु नपरोस् भन्ने अभिप्रायले क्लवले यस्तो अभियान ल्याएको हो । क्लबकी अध्यक्ष एकता श्रेष्ठका अनुसार पढन मन हुदाहुदै पनि आर्थिक अवस्था कजोर भएर विद्यालय तथा कलेज जान नसकेका बालबालिकाहरुलाई लायन्स कल्वले सहयोग गर्ने भएको हो । उनले भनिन् ‘दिनको १ रुपैया बचत गर्दा महिनाको ३० रुपैयाँ बचत हुन्छ, एकबर्षमा ३ सय ६५ रुपैयाँ जम्मा हुन्छ, पाँच बर्षसम्म जम्मा गर्दा १ हजार ८ सय २५ रुपैयाँ हुन्छ भने १० बर्ष जम्मा गर्दा ३ हजार ६ सय ५० जम्मा हुन्छ ।
धरान/ धरान–१६ स्थित यु.एन.नबोदय कलेजमा प्रदेश १ का विभिन्न स्थानबाट अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई बिहीबार कलेजले स्वागत गरेको छ । धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा एक कार्यक्रमको आयोजना गरी कलेजले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरकेो हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख÷प्रिन्सिपल डम्बर कुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक राम बहादुर लिम्बु, दिब्यासोनम झा लगायतले बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरे । नव विद्यार्थीहरुलाई उनीहरुको क्षमता प्रस्फुटन गर्न मञ्च प्रदान गर्ने उद्देश्यले स्वागत का