मोरङ/ विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन थालेको छ ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु भत्काउन शुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो । नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा
सुनसरी / प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेकी केन्द्रीय सदस्य भगबती चौधरी प्रदेश १ कै एक मात्र निर्वाचित महिला उम्मेदवार बनेकी छिन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसका बिजयकुमार गच्छदारलाई ५ हजार बढी मतले पराजित गर्ने चौधरी प्रदेश १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमालेकी एक्ली महिला सांसद बनेकी छन्् । प्रतिनिधि सभातर्फ एमालेले ४४ सिट जित्दा ६ जना महिला उम्मेदवार निर्वाचित भएकोमा प्रदेश १ बाट भगबती चौधरी एक्ली महिला सांसद बनेकी हुन् । उनले गच्छदारलाई तेस्रो पटकको प्रयासमा पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन् । नेतृ चौधरीले यसअघि ०७४ र ०७० सालको निर्वाचनमा गच्छदारसँग
धरान / सबै जातजातिको आआफ्नै संँस्कृति हुन्छ, आफ्नो संस्कृतिको महत्व सबै जातजातिलाई हुन्छ । त्यही भएर लिम्बुहरुको साँस्कृतिक पर्व चासोक तङ्नाम धरानमा पाँच दिनसम्म भव्यताका साथ मनाइने भएको छ । बुधबार किरात याक्थुङ चुम्लुङले पत्रकार सम्मेलन गरी किरात समुदायको उँधौली पर्वमा सदाझैँ यसबर्ष पनि लिम्बु समुदायको चासोक तङनाम धरानमा भव्य रूपमा आयोजना गर्ने जानकारी दिएको छ । चासोकको धार्मिक अनुष्ठान बुधबार साँझ सुरु भई विहीबार बिहान सकिने छ । चुम्लुङले लिम्बु समुदायको धार्मिक अनुष्ठान तङसिङ सामूहिक रूपमा अभ्यास पनि सुरु गरेको छ । परिवारको शिर उठाउन, सुख, समृद्धि, गाली सराप बगाउने, रोगव्याधी दुःख बिमारबा
धरान / एक दशक अघिसम्म विकट गाउँको रुपमा परिचित धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं . ४ को चानुवाको मुहार फेरिएको छ । गाउँलाई सडक सञ्जालले छोएसँगै विकट गाउँमा बसोबास गर्नेहरु सुगमको महसुस गर्न थालेका छन् ।केही बर्षहरु अगाडि यस गाउँलाई सडक सञ्जालले छोएको थिएन । विरामी हुँदा गाउँमा राम्रो अस्पताल थिएन । विरामी परिहाले घण्टौ हिडेर कि त धनकुटाको लेगुवा वा संखुवासभाको मुढेसम्म बोकेर ल्याउनुपर्ने बाध्यता थियो । त्यहाँसम्म आइपुग्दा विरामीलाई बचाउन सकिने अवस्था थिएन । तर अहिले घर नजिकै सडक पुगेको छ । बिमारी भइहाले एम्बुलेन्स बोलाउन साथ आइपुग्छ ।चानुवाका स्थानीय छत्र चापागाई विगतको हेरि अहिले गा
धरान/ नेपालमा संघीयता आएसँगै शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाको प्रत्याभूति स्थानीय सरकारले दिने खालका कामहरु भएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारसँगै सुरक्षा पनि नागरिकको नैसर्गिक अधिकारभित्र पनेै भएकोले धरान उपमहानगरपालिका वडा नं. १६ ले समेत प्रहरी चौकी निर्माण कार्य शुरु गरेको छ । बुधबार अध्यक्ष मुरारी भट्टराई तथा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले संयुक्त रूपमा भूमि पूजन गरी भवनको शिलान्यास गरेका छन् । वडावडाबाट नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने उद्देश्यका साथ चौकी निर्माण गरिएको बताइएको छ । धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले धरान उपमहानगरपालिका जन
झापा / एक वर्षअघि भत्किएको सिंचाई आयोजनाको मुहान ममर्त हुन नसक्दा त्यहा आसपासका जमिन सिँचाई हुन नसक्दा खेति लगाउन नपाई बाँझै रहेको छ । मेचीनगर नगरपालिका–१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको हो ।गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो । चार वर्षअघि एसियाली विकास बैंकको ५ करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो । मेची नगरपालिका वडा नं १४ का निवर्तमान अध्यक्ष शंकर पोखरेलका अनुसार
धनकुटा / छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ ।तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको हो । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले रु ६८ लाख बजेट विनियोजन समेत गरेको छ । गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउन ५० प्रतिशतमा बीमा गरिदिन लागेको बताए । उनले भने–‘शिक्षा, स्वास्थ्य नागरिकको आवश्यकताभित्र पर्छ, यो स्थानीय सरकारको दायित्व हो, त्यही दायित्व निर्वाह गर्नकै लागि भएपनि हामीले हामीले ५० प्रतिशत छुटमा विम
इनरुवा / इनरुवा नगरपालिकाले अतिक्रम सडक पेटी खाली गरेको छ । सडक पेटी खाली गर्न पटक पटक सूचना प्रकाशित गरे पनि सर्वसाधारणले अटेर गरेपछि नगरप्रमुखले डोजर लगाएर अतिक्रमित सडक पेटी खाली गरेका हुन् । नगर प्रमुख केदार भण्डारीले भने–‘हामीले ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेकाले नगरपालिकाको टिम डोजर लिएर सडकमा निस्किएका हौ ।’ उनका अनुसार मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएको जनाइएको छ । व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टह
मोरङ / मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन गर्ने बताएका छन् । उनले आगामी माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सञ्चालन गरिने जानकारी दिएका हुन् । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद शर्माले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन समेत दिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, अस्पताल चलाउँने जिम्मा हाम्रो पनि हो, मेर
धरान / मंसिर २२ गते देखि सुरु हुने हिसान बास्केटवलमा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।आयोजक हिसान सुनसरीले मंगलवार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागि टिम सार्वजनिक गरेका हुन । खेल तालिका प्रतियोगितामा प्राविधिक सहयोगको रुपमा रहेका धरान बास्केटवल संघका प्रतिनिधि तथा प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक अर्जुन घिमिरे, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट खेलकुद संयोजक हेमन्त भण्डारी लगायतको उपस्थितिमा तयार पारिएको थियो । प्रतियोगितामा सुनसरीभरिका ०७८ र ०७९ सालका प