समाचार

    Showing 3,961-3,970 of 10,134 items.
  • छठ पर्व संरक्षणका लागि स्थानीय सरकारको चासो

    धरान/ छठ पर्व समावेशी पर्वको रुपमा विकास हुदै गएको छ । उदाउँदो र अस्ताउदो सूर्यलाई अर्घ दिई मनाउने यो पर्व अन्य पर्वजस्तै साझा पर्वको रुपमा विकास हुदै गएको हो । मधेशी समुदायले धुमधामसँग मनाउने यो पर्व सबैले आत्मसात गरेर सबै समुदाय एकै ठाउँमा बसेर मनाएको दृश्यले मधेशी समुदायसँगै यो पर्व पहाडे समुदायले समेत आफ्नै पर्वको रुपमा ग्रहण गरेर धुमधामसँग मनाउन शुरु गरेका हुन् । यसको संरक्षण र संवद्र्धनका लागि स्थानीय सरकारले समेत चासो दिएको छ । छैठ पर्व साझा पर्व बन्दै गएपछि स्थानीय सरकारले पनि यसको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएको छ । सेउती खोलामा रहेको काठको पूल पक्की बनेको छ । पछिल्लो सम

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 758 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानेको सामुहिक बन्दै छठ पर्व एकताको संन्देश दिदै मनाए पर्व

    धरान/  यस बर्षको छठ पर्वले धरानमा मधेश र पहाडेबीचको दूरीलाई घटाउदै आपसी भाइचाराको सम्बन्ध विस्तार गरेको छ । धरानमा भएको छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विधिवत रुपमा सम्पन्न भएको छ ।धरानमा मनाइएको छठ पर्वमा को तराईबासी को पहाडबासी केही छुटिदैनथ्यो । धरानको सेउती र सर्दु खोलाका किनारमा छठ पर्व मनाउन गएका सर्वसाधारण चाहे त्यो आदिवासी जनजाति होस् या आर्य जातिका हुन् चाहे मधेशी समुदायका जाति समुदाय हुन सबै एक आपसमा मिलेर छठ मनाएको दृश्य देख्दा नेपालमा कहिल्यै पनि सामाजिक सद्भाव नखल्बिएको बरु अरु मजबुत बन्दै गए

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 1,057 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिन्दु राष्ट्रको माग गर्दै दण्ड प्रणाम यात्रामा भीम पराजुली

    विराटनगर/ धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने उनको तर्क रहेको छ । राजनीतिक प्राणी भएकाले बौद्धिक सनातनी धर्म चाहिने उनले बताए । उनले भने, ‘हिजोको मेरो एजेन्डा पनि हो, छैठि मातासँग मेरो अहिले पनि प्रार्थना छ, मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको हुँ, मेरो व्यक्तिगत केहि छन ।’ दण्ड प्रणाम यात्राका लागि उनी शनिवारदेखि व्रत बस

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 879 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वृहत्तर बराक्षेत्र पदयात्रा धरानमा आइपुग्यो

    धरान/  वृहत्तर बराहक्षेत्रमा पर्ने पूर्वका तीन जिल्लामा रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारसँगै त्यहाँ रहेका मठमन्दिरको महत्वका विषयमा प्रचार गर्ने उद्देश्यले वृहत्तर बराहक्षेत्र पदयात्रा अहिले धरान आइपुगेको छ । सुनसरी, उदयपुर र धनकुटामा रहेका धार्मिक क्षेत्र, मठ मन्दिरमा जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवचार्यको अगुवाईमा नेपाल तथा भारतका धर्म गुरु, धार्मिक संघ संस्था, धार्मिक अस्थामा रुची राख्नेहरुको समूहले मंसिर २४ गतेदेखि पदयात्राको शुरुवात गरिएकोे हो । मंसिर ७ गतेसम्म चल्ने सो पदयात्राको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेका थिए । सुनसरीको चतरामा

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 973 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मन्त्रिपरिषद्को बैठक महिनामा एक पटक धनकुटामा बस्ने

    विराटनगर/ धनकुटामा रहेको कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । धनकुटाबाट आएका नेपाली कांग्रेसका नेता र जनप्रतिनिधि भएको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक सम्पर्क कार्यालयमा राख्ने सहमति जनाएका हुन् । कार्कीलाई धनकुटाका नेपाली काङ्ग्रेसका नेता र जनप्रतिनीधिहरुले ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै कोशीका मुख्यमन्त्री कार्कीले माग सम्बोधन गर्ने बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघीय सरकारका युवा तथा खेलकुद विकास मन्त्री डिगबहादुर लिम्बु समेत सहभागी थिए । ज्

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 794 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिउँदे पर्यटक चरा नेपाल आउने थाले

    सुनसरी/  जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको संख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको छ । वि

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 690 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय फूल बजारमा प्रसस्त, मूल्य भने छैन

    धरान/  यस बर्षको तिहारमा नेपाली फूलले बजार पिटेको छ । भारतीय फूल तथा माला धरानमा कही कतै देखिएन । आइतबार बेलुका लक्ष्मी पूजालाई लक्षित गरी कृषक तथा व्यापारीले स्थानीय उत्पादन भएको फूल धरानमा फूल विक्रीका लागि ल्याएका छन् । भारतीय फूललाई स्थानीय फूलले विस्थापित गरे पनि बजारमा स्थानीय फूलले मूल्य भने लिएन । जसले गर्दा कृषक तथा व्यापारीले घाटा सहेर विक्री गर्नुपर्ने बाध्यता देखियो । धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार तथा धरानको मुख्य बजार भानुचौक, पालिका तरकारी बजार, नयाँ बजारको सब्जी बजारमा नेपालमै उत्पादन भएको फूल प्रसस्त विक्री आएका थिए । भारतीय फूल नआएको अवस्था

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 1,009 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले १४ नम्बर वडाको चियापान कार्यक्रम सप्पन्न

    धरान/  नेकपा एमाले धरान १४ नम्बर वडा कमिटीले तिहार छठ लगाएतका पर्वहरुको अवसर पारेर शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । धरान १४ स्थित पिण्डेश्वोर मन्दिर परिसरमा भएको कार्यक्रममा बोल्दै नेकपा एमाले कि केन्द्रिय सदस्य मन्जु भन्डारिले सबै चाडपर्ब साझा हुने भएकाले नेपालका साँस्कृतिक पर्बहरु रास्टिय चाड भएको बताइन् । नेकपा एमाले नेपालको मौलिकता भित्र पर्ने सबै खाले पर्व तथा संस्कृतिलाई बिकास गर्न लागि परेको बताइन । उनले अब एमालेका हरेक नेता कार्यकर्ता आर्थिक ,सामाजिक तथा संास्कृतिक पक्षलाई बलियो बनाउन लागिपर्नु पर्ने बताइन । कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर टं

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 868 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिलो पटक पानी शुल्के प्रतियोगिता चतरामा

    धरान/  बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएपनि यो खेलको प्रवद्र्धनमा कसैले खासै चासो दिएका छ्रैनन् । सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने यो यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने गरे पनि नेपालमा भने यो खेल खेलिदैन । तर आयोजक चतरा हाइकिङ समूहले यो खेलको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यो खेल प्रतियोगात्मक रुपमा खेलाउने भएको छ । नदी, तलास र पोखरीमा चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ । बाल्यकालमा पौडी खेल्न जाँदा, गाइवस्त

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा समितिले विपन्न वर्गका लागि गरिदियो विमा सर्वसाधारण लाभान्वित

    धरान/  स्वास्थलाई मध्यनजर गरी धरान उपमहानगरपालिका ६ नं. वडा समितिले आफ्ना वडामा रहेका वडाबासीहरुको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मर्म बोकेर वडाले वडाबासीहरुहरुलाई स्वास्थ्यको पहुच पुगोस् भन्ने हेतुले वडाकै बजेटबाट स्वास्थ्य विमा गरिदिएको हो । पहिलो चरणमा वडाले गरिब तथा विपन्न परिवारको छनोट गरेर १ सय जनाको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडामा रहेका गरिब तथा असहायलाई स्वास्थ्यको पहुच पु¥याउने उद्देश्ले वडाकै बजेटमा सर्वसाधारणको निःशुल्क स्वास्थ्य विमा गरिदिएको वडाले जनाएको छ । वडाले निःशुल्क स्वास्थ्य विमा गरिदिएकोमा आर्थिक

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 739 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved