समाचार

    Showing 3,831-3,840 of 10,009 items.
  • चालकको उपचारका लागि पूर्व बृटिस आर्मीको सहयोग

     धरान/  सडक दुर्घटनामा परेर स्पाइनलकर्ड इन्ज्युरी भएका चालक सोम राईको औषधी उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियानमा रिटायर्ड बृटिस आर्मी धरान १५ निवासी डिल्ली तुम्रोकले नगद १० हजार १ सय सहयोग गरेकाछन् । अभियानको अगुवाई गरिरहेका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई रकम हस्तान्तरण गर्दै लाइन्स अफ धरान क्यालिबरका सचिव समेत रहनुभएका तुम्रोकले संगठनले चलाएको अभियानमा सहभागी हुन पाएकोमा खुशी लागेको बताउनु भयो । चालकको उपचार बापत घोपा स्थित आमा फार्मेसीमा मात्रै १ लाख ५१ हजार ९ सय बाँकीछ, जसमध्ये सहयोगीहरु मार्फत ६३ हजार ६० रुपैया (तुम्रोकको सहय

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 1,630 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाख्रीवास ८की एक महिला दुई बर्षिय बच्चालाई छोडेर बेपत्ता

    धनकुटा/  धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ बाट एक महिला बेपत्ता भएकी छिन् । वेपत्ता हुनेमा पाख्रीवास ८ मुगा माईती घर भई मोरङ कानेपोखरी ४ बयरबन विवाह गरेकी अन्दाजी २२÷२३ बर्षकी झरना राई (राजवंशी) रहेकी छिन् । चाड पर्व मनाउन दशैमा माईती आएकी झरना तिहारको भाइ टिकाको भोलिपल्ट कार्तिक ३० गते देखि हराएको माईती पक्षले जनाएको छ । ३० गते विहान औषधि किन्न जाने भनेर आफ्नो सानो २ बर्षको बच्चालाई छाडेर माईतीघरबाट निस्केकी झरना अहिलेसम्म नफर्केको र सम्पर्कमा पनि नआएको भाइ सागर राईले बताएका छन् । यसरी अकस्मात दिदी सम्पर्क विहिन हुँदा आफुहरुलाई अत्यन्तै दुःख, चिन्ता लागेको सागरले बताए

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 1,522 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्दु जलाधार क्षेत्रका पीडितको समस्या समाधान भएन

    धरान/ सर्दूजलाधार क्षेत्रमानपर्ने घरजग्गा समेत रोक्का भएपछि धरान–४, १३ र २० का करिब तीनहजार घरपरिवार पीडित बनेका छन् । जनसरोकार मञ्चले जलाधार क्षेत्र भनीसट्टा भर्ना नदिएको र उठान क्षेत्र पनिनभएको जग्गालाई विनातथ्य प्रमाण हचुवाको भरमा सर्बोच्चमा मुद्धा हालेपछि डेढ वर्षदेखि स्थानीयहरुले दुःख पाइरहेका छन् । सर्दूजलाधार क्षेत्रमानपर्ने व्याक्तिको घरजग्गा समेत रोक्का भएपछि डेढ वर्षदेखि धरान(४, १३ र २० का करिब तीनहजार घरपरिवार पीडित बनेका छन् । जनसरोकार मञ्चनामको सस्थाले सट्टा भर्ना नदिएको र उठान क्षेत्र पनि नभएको जग्गालाई समेत समेटेर जलाधार क्षेत्र भनीसर्बोच्चमा मुद्धा हालेपछि स्थानीय

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • 849 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव

    इलाम/ माईपोखरी नेपालको पहाडी क्षेत्रमा रहेको पवित्र धार्मिकस्थल र प्रथम रामसार क्षेत्र हो । शान्त वातावरण, हरियाली जंगल, अनेकौ प्रजातिका फुलहरुसँगै सुन्दर, सफा जलाशयको दृश्यले माईपोखरी सधै चिटिक्क हुन्छ । धार्मिक र सास्कृतिक महत्वको बोकेको माईपोखरी पूर्वी नेपालको पहाडी क्षेत्रै पहिलो रामसार क्षेत्र हो । माइपोखरीमा रङ्गीबिरङ्गी माछाको लोभैलाग्दो दृश्य पाइन्छ । विश्वकै अमुल्य सम्पत्ति गलैचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ । घना जंगल अनि छिन छिनमा लाग्ने हुस्स कुहिरोले छोप्दा पोखरी वरिपरि लुकामारी खेलु झै लाग्छ । पोखरी वरिपरि फरक फरक मौसममा फूल्ने सुगन्धित फुल मायालुको कानमा सिउरिदिउ झैँ ल

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 799 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोठा भाडा समेत तिर्न नसक्दा सटर बन्द

    धरान/ पुरानो व्यापारिक केन्द्र भनेर चिनिएको धरानको व्यापार व्यवसाय दिनानु दिन खस्कँदो अवस्था पुगेपछि यहाँका पसलहरुको सटर धमाधम वन्द हुँदै गइरहेका छन् । व्यापार व्यवसाय दिन दिनै आरोलो तर्फ लाग्न थालेपछि कतिपय नाम चलेका व्यापारीहरु धरान छाडेर अन्यत्रै पलायन हुन थालेका छन् भने धरान वजारका अधिकाँस पसलका सटरहरु वन्द हुँदैं गएपछि व्यापारीहरु निराश हुँदै गइरेहका छन् । व्यापारीले व्यापार गरेर कोठा भाडा सम्म तिर्न नसकेपछि पसलका सटरहरु वन्द हुन थालेको स्वयम व्यापारी नै वताउँछन् । दशै तिहार छठै पछि एकासी सटर खाली भएका सूचनाहरुले धरानको बजार सजिएको पाइएको छ । सामाजिक सन्जालमा धरानका यवा व्यवसायी त

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 1,888 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छठ पर्व संरक्षणका लागि स्थानीय सरकारको चासो

    धरान/ छठ पर्व समावेशी पर्वको रुपमा विकास हुदै गएको छ । उदाउँदो र अस्ताउदो सूर्यलाई अर्घ दिई मनाउने यो पर्व अन्य पर्वजस्तै साझा पर्वको रुपमा विकास हुदै गएको हो । मधेशी समुदायले धुमधामसँग मनाउने यो पर्व सबैले आत्मसात गरेर सबै समुदाय एकै ठाउँमा बसेर मनाएको दृश्यले मधेशी समुदायसँगै यो पर्व पहाडे समुदायले समेत आफ्नै पर्वको रुपमा ग्रहण गरेर धुमधामसँग मनाउन शुरु गरेका हुन् । यसको संरक्षण र संवद्र्धनका लागि स्थानीय सरकारले समेत चासो दिएको छ । छैठ पर्व साझा पर्व बन्दै गएपछि स्थानीय सरकारले पनि यसको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएको छ । सेउती खोलामा रहेको काठको पूल पक्की बनेको छ । पछिल्लो सम

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 737 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानेको सामुहिक बन्दै छठ पर्व एकताको संन्देश दिदै मनाए पर्व

    धरान/  यस बर्षको छठ पर्वले धरानमा मधेश र पहाडेबीचको दूरीलाई घटाउदै आपसी भाइचाराको सम्बन्ध विस्तार गरेको छ । धरानमा भएको छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विधिवत रुपमा सम्पन्न भएको छ ।धरानमा मनाइएको छठ पर्वमा को तराईबासी को पहाडबासी केही छुटिदैनथ्यो । धरानको सेउती र सर्दु खोलाका किनारमा छठ पर्व मनाउन गएका सर्वसाधारण चाहे त्यो आदिवासी जनजाति होस् या आर्य जातिका हुन् चाहे मधेशी समुदायका जाति समुदाय हुन सबै एक आपसमा मिलेर छठ मनाएको दृश्य देख्दा नेपालमा कहिल्यै पनि सामाजिक सद्भाव नखल्बिएको बरु अरु मजबुत बन्दै गए

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 1,040 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिन्दु राष्ट्रको माग गर्दै दण्ड प्रणाम यात्रामा भीम पराजुली

    विराटनगर/ धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने उनको तर्क रहेको छ । राजनीतिक प्राणी भएकाले बौद्धिक सनातनी धर्म चाहिने उनले बताए । उनले भने, ‘हिजोको मेरो एजेन्डा पनि हो, छैठि मातासँग मेरो अहिले पनि प्रार्थना छ, मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको हुँ, मेरो व्यक्तिगत केहि छन ।’ दण्ड प्रणाम यात्राका लागि उनी शनिवारदेखि व्रत बस

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 857 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वृहत्तर बराक्षेत्र पदयात्रा धरानमा आइपुग्यो

    धरान/  वृहत्तर बराहक्षेत्रमा पर्ने पूर्वका तीन जिल्लामा रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारसँगै त्यहाँ रहेका मठमन्दिरको महत्वका विषयमा प्रचार गर्ने उद्देश्यले वृहत्तर बराहक्षेत्र पदयात्रा अहिले धरान आइपुगेको छ । सुनसरी, उदयपुर र धनकुटामा रहेका धार्मिक क्षेत्र, मठ मन्दिरमा जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवचार्यको अगुवाईमा नेपाल तथा भारतका धर्म गुरु, धार्मिक संघ संस्था, धार्मिक अस्थामा रुची राख्नेहरुको समूहले मंसिर २४ गतेदेखि पदयात्राको शुरुवात गरिएकोे हो । मंसिर ७ गतेसम्म चल्ने सो पदयात्राको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेका थिए । सुनसरीको चतरामा

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 956 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मन्त्रिपरिषद्को बैठक महिनामा एक पटक धनकुटामा बस्ने

    विराटनगर/ धनकुटामा रहेको कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । धनकुटाबाट आएका नेपाली कांग्रेसका नेता र जनप्रतिनिधि भएको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक सम्पर्क कार्यालयमा राख्ने सहमति जनाएका हुन् । कार्कीलाई धनकुटाका नेपाली काङ्ग्रेसका नेता र जनप्रतिनीधिहरुले ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै कोशीका मुख्यमन्त्री कार्कीले माग सम्बोधन गर्ने बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघीय सरकारका युवा तथा खेलकुद विकास मन्त्री डिगबहादुर लिम्बु समेत सहभागी थिए । ज्

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 778 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved