समाचार

    Showing 3,831-3,840 of 8,521 items.
  • युएनकलेजबाट प्रदेश उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

    धरान/धरान १६ मा रहेको युएन कलेजले त्रिविद्वारा सञ्चालित बिएचएम दोस्रो र चौथो सेमेस्टरमा उतिर्र्ण विद्यार्थीहरुलाई मंगलबार सम्मान गरेको छ । होटेल म्यानेजमेन्ट संकायमा प्रदेश १ मै महत्वपूर्ण योगदान दिँदै आएको युएनकलेजले स्थापना कालदेखि नै निरन्तर प्रदेश टप गर्दै आइरहेको छ । कलेजले यस वर्षको फाइनल परिक्षामा ३.८५ जिपिए ल्याई द्वितीय स्थान ल्याएकी छात्रा जानुका राईलाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ । यसैगरि बिएचएम दोस्रो सेमेस्टरमा प्रथम हुने दिपेश लुङ्फुङ्वा (३.८१ जिपिए), दोस्रो हुने राश्ना गुरुङ (३.८१) जिपिए र तेस्रो अर्नेश कटुवाल (३.७४ जिपिए) लाई समेत नगद पुरस्कार सहित सम्मानपत्रले

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अध्ययन केन्द्र बन्दै अमाह सिमसार

    धरान/पर्यटकीय गन्तव्यको रुपमा विकाश हुँदै आएको सुनसरीको बराहक्षेत्र ५ स्थित अमाह सिमसारलाई जैविक विविधता अध्ययन केन्द्रको रुपमा विकाश गरिने भएको छ । सिमसार क्षेत्रमा पाइने विविधतालाई अध्ययन गर्न बृहत विकाश गुरुयोजना अन्तर्गत अमाह सिमसार जैविक विविधता अध्ययन केन्द्र नामाकरण गरि डिपिआर नै तयार भइसकेको छ । जलाधार क्षेत्र रहेको अमाहमा ५० करोड भन्दा बढिको लगानीमा सिमसार क्षेत्रमा जैविक विविधताको अध्ययन केन्द्र निमार्णको काम सुरु भएको छ । प्रदेश नम्बर १ कै ठुलो क्षेत्रमा फैलिएको सिमसार क्षेत्रमा अहिले पिकनिक खेल्न, तालमा बोटिङ गर्न आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ ।

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन दिनसम्म धरान उत्सव मनाइँदै

    धरान/धरान स्थापना दिवसको अवसर पारेर धरानमा तीनदिने धरान उत्सव मनाइदैन । उत्सवको पहिलो दिन सार्वजनिक विदा दिइएको छ । धरान उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरेर तीनदिनसम्म धरान उत्सव मनाउने र पहिलो दिन विदा दिने जनाएको हो । धरान उपमहानगरपालिकाको कार्यपालिकाको पौष ११ गते बसेको कार्यापालिका बैठकले उद्घाटनको अवसरमा विदा दिने निर्णय गरेको थियो । उत्सव धरान १३ पब्लिक माविको खेल मैदानमा हुने छ । उत्सवलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सबै पक्ष लागेको मूल आयोजक समितिका सदस्य सचिव भक्तिराज शर्माले बताए । उनले भने–‘तीन दिने धरान उत्सव धरान १२ को पब्लिक मावि स्कुलको खेल मैदानम

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 486 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकको आकर्षक गन्तव्य बन्दै टिएमजे

    तेह्रथुम / तेह्रथुम र संखुवासभाको जिल्लाको संगम स्थलमा रहेको पाथीभरा मन्दिरमा तीर्थालुसँगै पर्यटकहरु बढ्न थालेका छन् । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाको रुपमा यो स्थानमा पर्यटक र तीर्थालु वर्षभरि आउने गरे पनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको छ । चारैतिर हिमालको मनोरम दृश्यहरुसँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्टै धार्मिक महत्व रहेको छ । गुरासको राजधानीसँगै रहेको यो पाथीभरा मन्दिरमा दर्शन गरे मनकामना पूरा हुने विश्वास रहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि भएपनि यो क्षेत्रमा आएको महालक्ष्मी नगरपालिका धनकुटाका मनकुमार खत्री बताउँछन् ।

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 624 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्माण व्यवसायीमा मिश्र

    मोरङ / निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । सोमबार सम्पन्न भएको १६ औँ अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । संघको विराटनगरमा सम्पन्न अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन्। उनले विराटनगर  ६ मा एसएस निर्माण सेवा सञ्चालन गरिरहेका छन् । यसैगरुी समितिको प्रथम उपाध्यक्षमा ध्रुवराज कार्की, द्वितीय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तम राज जोशी, सचिवमा राधेश्याम कट्टेल, कोषाध्यक्ष दाताराम पौडेल र सह कोषाध्यक्षमा सञ्जय कुमार यादव रहेका छन् । यस्नतै समितिको सदस्यहरूमा नवीन प्रसाद दाहाल, धिरज प्रताब कार्की, हरेराम

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 589 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शुभलक्ष्मीको १० औ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न

    धरान / शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । संस्थाकै भवनमा आयोजित अधिवेशनले हरिप्यारा श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरिएको छ । चयन गरिएका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा घनश्याम बुढाथोकी, सचिवमा राजेन्द्रप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा किशोर श्रेष्ठ चयन भएका छन् । यसैगरी सदहरुमा दुर्गा श्रेष्ठ, रामप्रसाद ढकाल र कविर भगत प्रधानाङ्ग चयन भएका छन् । यसैगरी संस्थाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा विज्ञान गोविन्द श्रेष्ठलाई चयन गरिएको छ भने सदस्यहरुमा पूजा कर्माचार्य र सुरेशकुमार श्रेष्ठलाई चयन गरिएको छ । यस्तै संस्थाले ऋण उपसमि

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 612 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नन्दकुमारी चापागाईं स्मृति छात्रावृत्ति प्रदान

    मोरङ / विराट धर्मशास्त्र संग्राहलय एवं पुस्तकालयले सामुदायिक विद्यालयका छात्रालाई पुरस्कृत गरेको छ । पुस्तकालयको वार्षिक साधारणसभा तथा समाजसेवी लेखनाथ चापागाईंको ९७ औं जन्मजयन्तीको अवसर पारेर सोमबार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गर्ने दुईजना छात्रालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा ५ हजार नगद राशिको नन्दकुमारी चापागाईं स्मृति छात्रवृत्ति पोखरिया उच्च माविमा अध्ययनरत सविया सहनी र गोग्राह माविमा अध्ययनरत नेहा उराँवलाई प्रदान गरिएको थियो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंलगायतले नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए ।

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 566 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध गाँजा सहित २ जना पक्राउ

    मोरङ / मोरङको रंगेली नगरपालिका–१ बवियाबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार अपरान्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई राखेको अवसथमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । खानतलासीका क्रममा प्रहरीले १५ बोरा (३५० के.जी.) गाँजा फेला पारेको थियो । गाजासहित गाजा कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४० बर्षीय मनोज राजवंशी र धनकुटा सहिदभुमी गाउपालिका ‍– २ का २९ बर्षीय बेचन भन्ने हस्त राईलाई पक्राउ गरिएको छ । प्रहरीले गाजा बोक्ने प्रदेश नम्बर १&ndash

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरसफाई अभिमुखीकरण तालिम

    मोरङ / विराटनगर महानगरपालिकाले सरसफाईकर्मीलाई लक्षित गरी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन विरानटर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरका थिए। सो अवसरमा बोल्दै मेयर कोइरालाले सरसफाईकर्मी महानगरपालिकाको मेरुदण्ड भएको बताएका थिए ।  उनँले महानगरलाई सफा, सुन्दर बनाउन सफाईकर्मीहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।तालिममा सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल र श्रम मन्त्रालयका अधिकृत उदयकुमार महतोले सहजीकरण गरेका थिए । तालिममा महानगरका ४० जना सरसफाईकर्

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कालिका नगरपालिकाद्वारा पत्रकारको दुर्घटना बीमा

    चितवन / चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुलाई १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।कार्यविधिमा बीमाका लागि नगरप्रमुख संयो

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 380 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved