मोरङ/ समयमै निर्माण सम्पन्न गर्नुपर्ने भवन ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै प्रदेश सांसदहरुले आइतबार विराटनगरमा दुई घण्टा चक्काजाम गरेका छन् । सगरमाथा लोकमार्गअन्तर्गत पर्ने महुरे–फोक्सिङटार सडक खण्ड निर्माण व्यवसायीले निर्माण कामलाई बीचैमा छोडेर अलपत्र पारेको भन्दै उनीहरुले चक्का जाम गरेका थिए । खोटाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद पाँचकर्ण राईको नेतृत्वमा आइतबार २ घण्टा सडक अवरुद्ध पारेका थिए । राइले भने ‘खोटाङको लाइफलाइनका रूपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडकखण्ण्को कालोपत्रे नगरी अलपत्र रुपमा छ
धरान / नेपाल सरकारसँग चार बुदे माग राख्दै शुक्रबारबाट आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई धरानका युवाहरुले समर्थन जनाएका छन् । धरानको भानुचौककामा भएको कार्यक्रममा उनीहरुले पुनले राखेको माग जायज भएको भन्दै समर्थन जनाएका हुन् ।युवाहरुले भानुचौकमा कोणसभाको आयोजना समेत गरेका थिए । सुमन श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा उनीहरुले नवप्रबर्दनको लागि हरेक बर्ष १.प्रतिशत बजेट छुट्टाउने ब्यवस्था गर्नुपर्ने, उधमशिलताको विकास गर्न नवउधमीको पहिचान र प्रबर्द्धन समिति बनाउनुपर्ने, सृजनशील नेपालीले निर्माण गरेको सामानहरुलाइ थप विकास गर्न सहयोग गर्नुपर्ने लगायत लेखिएको
मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन सहितको केन्द्र सार्ने गाउँसभाले निर्णय गरेको छ ।गाउँसभाको आज बसेको बैठकमा भएको मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गरे भने ७ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए । ४ जनाको मत बदर भएको थियो । पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो। मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले जानकारी दि
मोरङ / जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । विराटनगरकी एक किशोरीलाई विगत ६ बर्षदेखि ब्लाकमेलिङ गर्दै बलात्कार गरेको भन्दै मोरङ प्रहरीले विराटनगर– ६ का ३० बर्सिया मो. परिजवान अन्सारी पक्राउ गरेको हो । विराटनगरमा चश्मा पसल सञ्चालन गर्दै आएका अन्सारीले ती किशोरीलाई २०७४ सालबाट बलात्कारको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिँदै बलात्कार गर्दै आएको प्रहरीको भनाई छ । अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनले भने ‘जबरजस्ती करणी गरेपछि पीडि
काठमाडौँ / देशकै सुन्दर नगरी धरानबाट काठमाडौँमा आई विभिन्न पेसा–व्यवसायमा क्रियाशील धरानेहरूले यहाँ नयाँ वर्षको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम आयोजना गरेका छन् । क्रियाशील नाट्यकर्मी राजेन्द्र रिमालको अगुवाइमा धरानबाहिरका धराने नामक अनौपचारिक समूहले आयोजना गरेको कार्यक्रममा धरानेहरू उल्लेख्य रूपमा सहभागी थिए । कार्यक्रममा न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठ, पूर्ववाणिज्य मन्त्री मीन विश्वकर्मा, नेपाल प्रहरीका एआईजी सन्दीप भण्डारी, पूर्वसांसद् जयकुमार राई, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने, नेपाली सेनाका जर्नेल नवराज गुरुङलगायत उपस्थित थिए । सो अवसरमा आयोजित औप
विजयपुर /धरान वडालाई नै लागू पदार्थ दुव्र्यसन रहित वडा बनाउने उदेश्यले धरान उपमहानगरपालिका वडा नम्बर ४ मा दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ । धरान उपमहानगपालिका वडा नम्बर ४ को सहयोग र जनता मिडिया हव धरानको आयोजनामा दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ। पहिलो दिनको सचेतना कार्यक्रम शनिवार वडा कार्यालयको भवनमा सम्पन्न भएको छ । वडालाई लागु पदार्थ दुर्वशन रहित वनाउनको लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दुई दिने लागू पदार्थ विरुद्धको दुई दिने सचेतना कार्यक्रम आयोजना गरिएको औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी&nb
विराटनगर / नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतना सहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरेका हुन । बस्नेतले वडा नम्बर १ को शिक्षा र स्वास्थ्यमा पछाडि परेको स्थान छनौट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताउन भयो । वडा नम्बर १ का अध्यक्ष समेत रहेका बस्नेतले शिविरमा स्वास्थ्य जाँच सँगै आहार विहार र दैनिकी जीवन शैलीका विषयमा पनि जानकारी प्राप्त हुने बताएका । त्यस्तै गरि महानगरको स्वास्थ्य महाशाखा प्रमुख
धनकुटा / कामको शिलशलिामा घाइते भएका १७ बर्षीय विवेक राईको उपचारका लागि मलेसियामा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा धनकुटा नगरपालिका वडा नं.२ का राई गम्भीर घाइते भएका थिए । मलेसियाको जोरबारु स्थित एआर स्टार कम्पनीमा कार्यरत नेपालभरीका १ सय १९ नेपालीहरुले ७१ हजार पाँच सय ३४ रुपैंया सहयोग गरेका हुन् । कम्पनीमा कार्यरत साबिक धनकुटा नगरपालिका ९ हाल वडा नं.७ का धनप्रसाद राई र उनका साथिहरु नरेश राई ,बिवश राई र राम प्रसाद राईको बिशेष पहलमा सो रकम संकलन गरिएको हो । उक्त रकम सुनिल राईकी श्रीमती सान्ताकुमारी राईले धनकुटा नगरपालिका. ५ बालमन्
संखुवाभा / पहिरोले संखुवाभाको नुम फाक्सिन्दा स्थित अरुण नदीमा बनाइएको डाइभ्रसन च्यानलमा क्षति पुगेको छ । सुख्खा पहिरो झरेर नदी थुनिएको स्थानीय बासिन्दाले बताएका छन् । भारतीय कम्पनी सतलजले अरुण नदिमा बाध निर्माणको लागि बनाएको डार्ईभसन च्यानल पहिरोले क्षती ग्रस्त बनाएको हो । अहिले नदीमा ७० प्रतिशत पानी जमेको प्रहरीको भनाई छ । १०–१५ प्रतिशत पानी निकास हुँदै आएको छ । एकैपटक पानी निकास गर्दा जम्मा भएको पानीको वहावले क्षति पुर्याउने भएकोले निकासको विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । अहिले पनि पहिरो खस्न भने नछोडेको स्थानीयले बताएका छन् । अहिलेसम्म भौतिक तथा मानवीय क्षति भने नभ
धरान / संस्कार, सँस्कृति र पहिचानको आन्दोलालाई शशक्ति अगाडि बढाउँदै आएको किरात राई यायोख्खा धरान १३ को निर्माण सम्पन्न भवनको शनिवार एक कार्यक्रमबीच समुद्घाटन गरिएको छ । १७ लाखको लागतमा निर्माण सम्पन्न भएको निर्माण सम्पन्न दोस्रो तलाको उद्घाटन धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रपसाद काफ्लेले गरेका थिए । भवन निर्माणका लागि देश तथा विदेशमा रहेका राई समुदायले स्वस्फूर्त रुपमा सहयोग जुटाएका थिए । सो अवसरमा १४ लाख ८ सय ४६ रुपैया स्वफूर्त रुपमा जुटेको किरात राइ यायोख्खा धरान १३ का सचिव वसन्त वान्तवाले जानकारी दिए । १० धुर जग्गाामा बनेको सो भवनको पहिलो तला२०७९ जेष्ठ २९ गते सम्पन्