रङ्गेली/ मोरङको सुनवर्सी नगरपालिका–६ कैरजामा रहेको नेपाल रेडक्रस सोसाइटी विराटनगरको १७ कठा जग्गा लामो समयदेखि गाउँपालिकाका पूर्व वडा अध्यक्षले अनाधिकृत रुपमा भोगचलन गरेको पाइएको छ ।
शाखाले २०४४ सालमा खरिद गरेको १७ कट्टा जग्गा सम्बन्धित निकायले चासो नदिदा सो को उब्जनि पूर्व वडा अध्यक्ष तेजनारायण ताजपुरियाले उपभोग गरिरहेको पाइएको हो ।
तेजनारायणले जग्गा उपभोग गरेवापत रेडक्रसलाई दिनुपर्ने रकम समेत नदिएको र एकलौटी रुपमा जग्गा खनजोत गरेर बाली लगाउदै आएको रेडक्रस सोसाइटी उपचार केन्द्र गोविन्दपुरका अध्यक्ष लालबहादुर ताजपुरियाले बताए ।
२०४४ सालमा बक्राहा खोलामा आएको वाढीले खोलाको किनारमा बस्दै आएका २२ घर परिवार विस्थापित भएपछि रेडक्रसको सो जग्गामा उनिहरुलाई व्यवस्थापन गरिएको थियोे ।
२०५७ सालमा बाढी पीडितहरु आफैले सो जग्गा छाडेर अन्यत्र गएपछि विगत २४ वर्ष देखि तेज नारायण ताजपुरियाले एकलीटी रुपमा जग्गाको आमदानी भोगचलन गर्दै आएका छन ।
उनले २४ वर्षदेखि जग्गा भोगचलन गरेपनि सो वापत उनले कुनैपनि रकम रेडक्रस शाखालाई नबुझाएको बुझिएको छ । । रेडक्रस शाखा मोरङ जिल्लाका अध्यक्ष सुबोध कुमार सिहले जग्गाको विषयमा आफूलाई कुनै पनि जानकारी नभएको बताए । उनले भने २४ बर्षदेखि आफ्नो शाखालाई कुनै पनि जग्गाको रकम हालसम्म उपलब्ध नभएको स्वीकार गरेका छन्।
उनका अनुसार उक्त रकम आफूले जसरी भएपनि छानबिन गरेर दोषीमाथि कारबाही गरीने बताए ।
समितिका सचिव बैजनाथ झा का अनुसार उक्त जग्गाको बार्षिक २५ हजार रुपैयाँको दरले पुर्व वडा अध्यक्ष ले ठेक्काको रकम लिदै आईरहेको र आफूहरूले समेत जग्गाको रकमको खोजबिन गर्दा जिल्लामा सबै रकम बुझाउने गरेको ताजपुरीयाले बताउदै आएको झाले बताए ।
पूर्वअध्यक्ष तेज नारायण ताजपुरीसंग सम्पर्क गर्दा उनले आफूले बर्षिक रुपमा जिल्ला शाखा लाई रकमा बुझाउदै आएको दाबी गरेका छन । सो विषयमा रेडक्रस शाखा सोसाईटि उपचार केन्द्र सुनवर्सीका अध्यक्ष लालबहादुर ताजपुरियाले त्यो जग्गाको हिसाबकिताब हालसम्म पनि नदिएको बताए ।