विराटनगर/ अविरल रूपमा परेको पानीका कारण सुनसरी र मोरङका धेरै जसो स्थान जलमग्न भएका छन् ।
सुनसरीको चतरा,धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्ष भइरहेको छ ।
ती क्षेत्रमा लगातार भारी बर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ ।
सुनसरीको सेउती,सर्दु , टेङ्ग्रा र बुढी खोलामा ठुलो बाढी आएको छ । यस्तै मोरङको चिसांग, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ ।
टेङ्ग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगर सडक खण्डका ठाउँ ठाउँमा पानी सडकबाटै बगेको छ । बाढीका कारण कोरिडोरका अधिकांश उद्योगहरूमा पानी पसेको छ ।
बाढीका कारण केही उद्योग समेत बन्द भएका छन् ।
पानी पसेका कारण उद्योगहरूको काम समेत प्रभावित भएको छ । भारी बर्षा भइरहेकाले पानीको सतह अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।