धरानकाे सुनाखरी एकेडेमीद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

  • असार २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान-१२ स्थित चतरालाइनमा अबस्थित सुनाखरी एकेडेमिद्वारा कक्षा-११ मा अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई बुधबार अभिमुखिकरण गरेको छ।

1720619255616

 धरान-१२ कै गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको हो।

एकेडेमीका प्रीन्सिपल मिलन कुमार राईले सुनाखरी पढाईमा असक्षम छ भन्ने अफवाह फैलाईएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रीयाकलापमा अब्बल बनाउन सक्षम रहेको बताउनु भयो।

धरान उप-महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टंक बहादुर राईले कक्षा-११ मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भबिष्य निर्माण गर्नको लागि मिहिनेतसाथ पढ्न आग्रह गर्नुभयो।

एन्फा एकेडेमी धरानका वरिष्ठ फुटबल कोच एबम पुर्ब राष्ट्रिय खेलाडी इन्दु रसाईलीले सुनाखरी एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक सन्स्था भएको बताउदै नव आगन्तुक बिद्यार्थीहरुलाई शुभकामना दिनु भयो।

एकेडेमिका प्लस टु कोअर्डिनेटर टप कुमार राईले सुनाखरीले सन्ख्यामा भन्दा गुणस्तरमा ध्यान दिदै आएकोले ढुक्क भएर अध्ययन गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नु भयो।

प्राईम भिजन कलेजका सि. ई. ओ. अभिषेक श्रेष्ठले होटल म्यानेजमेन्टका बिद्यार्थीहरुलाई अभिमुखिकरण प्रस्तुत गर्नुभयो।

कक्षा-१२ का बिद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरे।

एकेडेमीका निर्देशक प्रदिप राईको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य किशोर साम्बाहाम्फे, प्राईम भिजन कलेजका प्रबन्ध निर्देशक, करातेका प्रशिक्षक किरण लामा शिक्षक-शिक्षिका लगायतको उपस्थिति थियो।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved