धरानकी बर्षा भुटानमा कराँते प्रतियोगितामा भाग लिदैँ

  • असार २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनाखरी एकेडेमी धरान १२ की छात्रा वर्षा राई भुटानको राजधानी थिम्पुमा हुने ८ औं दक्षिण एशियाली कराते च्याम्पियनसीपमा भाग लिन भुटान गएकी छिन् ।

स्कुलमा एक कार्यक्रमको आयोजना गरी वर्षालाई विदाइ गरिएको थियो । स्कुलका प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई र प्लस टु कोअर्डिनेटर टपकुमार राईले अविर खदा लगाएर जितको लागि शुभकामना दिँदै वर्षालाई विदाइ गरे ।

वर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन् ।

आगामी जुलाई १३ देखि २० गतेसम्म दक्षिण एशियाली कराते प्रतियोगिता हुने भएको छ ।

sun

वर्षाले सुनाखरी एकेडेमीबाटै २०८० को एसईई दिएर कक्षा–११ मा अध्ययनका लागि प्रवेश परीक्षा दिइसकेकी छिन् ।

करातेमा अब्वल वर्षालाई सुनाखरीले प्लस टु अध्ययनका लागि विशेष सुविधा प्रदान गर्ने प्रिन्सिपल राईले जानकारी दिए ।

यसैबीच सुनाखरी एकेडेमीले एसईई उत्तीर्ण गरी कक्षा–११ मा अध्ययन गर्नका लागि नै प्रवेश परीक्षा लिएको छ । प्रवेश परीक्षामा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको प्रिन्सिपल राईले जानकारी दिए ।

‘हामी ठीक संख्यामा विद्यार्थी राख्छौ र गुणस्तरीय शिक्षा प्रदान गछौं’, उनले भने ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved