धरानकी बर्षा भुटानमा कराँते प्रतियोगितामा भाग लिदैँ

  • असार २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनाखरी एकेडेमी धरान १२ की छात्रा वर्षा राई भुटानको राजधानी थिम्पुमा हुने ८ औं दक्षिण एशियाली कराते च्याम्पियनसीपमा भाग लिन भुटान गएकी छिन् ।

स्कुलमा एक कार्यक्रमको आयोजना गरी वर्षालाई विदाइ गरिएको थियो । स्कुलका प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई र प्लस टु कोअर्डिनेटर टपकुमार राईले अविर खदा लगाएर जितको लागि शुभकामना दिँदै वर्षालाई विदाइ गरे ।

वर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन् ।

आगामी जुलाई १३ देखि २० गतेसम्म दक्षिण एशियाली कराते प्रतियोगिता हुने भएको छ ।

sun

वर्षाले सुनाखरी एकेडेमीबाटै २०८० को एसईई दिएर कक्षा–११ मा अध्ययनका लागि प्रवेश परीक्षा दिइसकेकी छिन् ।

करातेमा अब्वल वर्षालाई सुनाखरीले प्लस टु अध्ययनका लागि विशेष सुविधा प्रदान गर्ने प्रिन्सिपल राईले जानकारी दिए ।

यसैबीच सुनाखरी एकेडेमीले एसईई उत्तीर्ण गरी कक्षा–११ मा अध्ययन गर्नका लागि नै प्रवेश परीक्षा लिएको छ । प्रवेश परीक्षामा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको प्रिन्सिपल राईले जानकारी दिए ।

‘हामी ठीक संख्यामा विद्यार्थी राख्छौ र गुणस्तरीय शिक्षा प्रदान गछौं’, उनले भने ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved