रामेछापबाट ल्याउँदै गरेको खयर धरानमा पक्राउ

  • असार २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt - स्वर्णीम राई

धरान/ धरान सब डिभिजन बन कार्यलयले अवैधरुपमा ल्याउदै गरेको चार वटा ट्रकमा लोड गरिएको ठुलो परिमाणको खयरको काठ नियन्त्रणमा लिएको छ ।

रामेछापबाट लोड गरी सुनसरीको धरान स्थित सूर्य कत्था उद्योगको नाममा ल्याउँदै गरेको काठ बुधबार नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको डिभिजन बन कार्यलय सुनसरीका प्रमुख धर्मनाथ यादवले जानकारी दिए ।

रामेछापबाट लोड गरेर ल्याइएको बा प्र ०१००६ ख २१११, बा. प्र. ०१००६ ख ३३४९, म. प्र. ०३००२ ख ००९५ र क. प. ०२००१ ख ०४१९ नम्बरको ट्रकमा कैफियत देखिएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशनमा प्रहरीसंगको समन्वयमा नियन्त्रणमा लिइएको हो ।

उक्त ट्रक धरान स्थित वन कार्यलयमा राखेर अनुसन्धान भईरहेको छ ।

चार वटा ट्रकमा लोड गरेर ल्याइँदै गरेको ३२ लाख मुल्य बराबरको ९८९.३२ किवि खयरको काठ डिभिजन वन कार्यलय रामेछापलेनै शंकास्पद देखिएको जानकारी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको यादवले बताए ।

नियन्त्रणमा लिइएको काठ धरानको तीन कुने स्थित चेकजाच गर्दाबीच बाटोमै सिल खोलिएको पाइएपछिअनुसन्धानको लागि नियन्त्रणमा लिइएको यादवको भनाइ छ ।

डिभिजन वन कार्यलय रामेछापले पछि गुनासो आएपछि कैफियत भेटिएको भन्दै सिन्धुली प्रहरीलाई नियन्त्रणमा लिन अनुरोध गरेको थियो ।

सिन्धुली प्रहरीले केहीबेर ट्रक नियन्त्रणमा लिएर टिभिजन वन कार्यलय दुधौलीको रोहबरमा छाडेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए ।

वन ऐन अनुसार सुनसरी डिभिजन कार्यलयले नै अनुसन्धान गर्नुपर्ने काफ्लेले बताउनुभयो ।

उक्त ट्रकहरु अवैधरुपमा सुनसरी भित्रिएको सुचना पाएपछि वन कार्यलय सुनसरी र प्रहरीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

नियन्त्रणमा लिइएको ट्रक सुरक्षा अधिकारीहरुको टोलीले अनुगमन गरेर छानबिन गर्न वन कार्यलयलाई निर्देशन दिएको बताइएको छ ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved