विराटनगर/ भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती र धम्कीका कारण झापाको गौरीगञ्ज– २ पिण्डालघाट गाउँका सन्थालहरू विस्थापित हुने क्रम बढेको छ ।भारतीय सीमा सुरक्षा बलको ज्यादतीका कारण सन्थाल बस्तीका सर्वसाधारण गाउँ छाडेर हिँड्ने क्रम बढेको हो । भारतीय पक्षको ज्यादती सहन नसकी गत वर्ष बरियार सोरेनको परिवार विस्थापित भइसको थियो ।यो वर्ष उनका भाइ जेठा सोरेनलाई भारतीय सीमा सुरक्षा बलका जवानहरू आएर बसाइ सार्न दबाब दिइरहेको स्थानीयले बताएका छन् । गत वर्ष भारतीय एसएसबीहरुले बरियार सोरेनलाई घर खाली गर्न बारम्बार दबाब दिएका थिए । वर्षाैंदेखि बस्दै आएको घर खाली गर्न नमानेपछि एसएसबीले धम्क्या
धरान/ धरानमा शनिबार तेस्रो पटक धरानमा आयोजित गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिवार बिहान गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा सम्पन्न भएको हो । उक्त प्रतियोगितामा पुरुष तर्फ तेह्रथुमका सुरज लिम्बु र महिला तर्फ पाँचथरकी पुष्पा सेर्मा विजेता वन्न सफल भए । दौडको संयोजन धरान १८ वडा कार्यालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा भएको हो । पुरुष उपाधि विजेता सुरज लिम्बुले ३४ मिनट ४५ सेकेन्डमा उक्त दुरी पुरा गर्न सफल भए भने विजेता पुष्पा सेर्माले ले ४५ मिनट ३४ सेकेन्डमा दौड पुरा गर्न सफल भइन् । विजेतालाई पुरस्कार
इटहरी/ झापाकी एक किशोरी विराटनगरबाट दुई सातादेखि बेपत्ता भएकी छिन् । १७ गतेदेखि झापाको गौरादह नगरपालिका वडा नं ५, आरावाल चौक निवासी मनिषा पौडेल बेपत्ता भएको परिवारजनले बताएका छन् । आफ्नो पढाइको सिलसिलामा कक्षा ११ मा विराटनगरस्थित सिटी कलेजमा अध्ययनरत उनी बेपत्ता भएको दुई साता बित्न लाग्दासमेत सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि अपिल गरेका हुन् । बिहान अध्ययन गर्ने र दिउँसोको समयमा विराटनगरकै ओ करा क्याफेमा काम गर्दै आएकी उनी बेलुकासम्म कोठामा फर्किएकी थिइनन् ।पौडेललाई देख्नेहरूले नजिकैको प्रहरी कार्यालय वा ९७०१३८५७४१ मा सम्पर्क गरी जिम्मा लगाइदिन अनुरोध गरिएको छ । बेपत्ता भएकी मनि
मोरङ/ मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन गएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते भइन् । भागेर ज्यान जोगाउन सफल भएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।डिभिजन
विराटनगर/ नेपालका पहाडी तथा हिमाली जिल्लाहरूमा हिजो फागु पूर्णिमाका दिन होली पर्व मनाइएको थियो भने आज तराई–मधेश क्षेत्रमा यो रंगहरूको पर्व हर्षोल्लासका साथ मनाइँदैछ। बिहानैदेखि विभिन्न स्थानमा मानिसहरू एकआपसमा रङ, अबिर लगाएर तथा पानी छ्यापेर होली मनाइरहेका छन्। ठाउँ–ठाउँमा परम्परागत गीत, नृत्य र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। विशेषगरी युवा पुस्ताले पिचकारी तथा रंगीन धुलो प्रयोग गरेर पर्वको रौनकता बढाएका छन्। होलीको अवसरमा सरकारले तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। यसले गर्दा सर्वसाधारणलाई पर्व मनाउन सहज भएको छ। परिवार तथा आफन्तजनसँग बसेर होलीका विशेष
धरान । धरान उपमहानगरपालिकाकाले वडा नं. ५ र ६ कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अगाडि बढाएको छ । यो क्षेत्र धरानको कृषि पकेट क्षेत्र भए पनि पानबारीका युवाहरुले पानबारीलाई खेलकुदबाट पनि चिनाउन गत बर्षदेखि पानबारी गोल्डकपको आयोजना गरेका छन् । यस बर्ष पनि गोल्डकपलाई निरन्तता दिने भएका छन् । पानबारीलाई खेलकुदको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना शुरु गरेको गोल्डकपको दोस्रो संस्करण आगामी वैसाखमा गर्ने आयोजक पानबारी फुटबल क्लबले जनाएको छ ।पानबारी सामुदायिक भवनभित्र रहेको आफ्नै कार्यालय कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैसाख १३ देखि १९ गतेसम्म आयोजना गर्
धरान/ सडक दुर्घटनाका कारण स्पाइनल कर्ड इन्जुरी भई दश वर्षदेखि थलिएका मजदुर पुण्य प्याकुरेललाई कतारमा कार्यरत यातायात मजदुर सुशील पोखरेलले दश हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा बिहीबार पुण्य प्याकुरेलकै निवासमा पुगेर पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन्। संगठनका सदस्य समेत रहेका पोखरेल धरान–१५ का स्थायी बासिन्दा हुन्। हाल उनी कतारको अवेन्सल लाइटिङ कम्पनीमा लाइटिङ विशेषज्ञका रूपमा कार्यरत छन्। सहयोग हस्तान्तरण कार्यक्रममा पोखरेलले आफू पनि यातायात मजदुर भएकाले पीडित मजदुरको अवस्था देखेर सहयोग गरेको
धरान/ सुच्चा राई कल्याणकारी समाजले आफ्नो २५औं स्थापना दिवसको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार धरान बजारस्थित लोकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा १६२ पिन्ट रगत संकलन गरिएको छ। कार्यक्रममा समाजका सल्लाहकार ढुण्डिराज सुच्चा राईको सभाध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेश योजना आयोगका सदस्य माननीय किशोर थुलुङ उपस्थित थिए भने विशेष अतिथिका रूपमा अग्रज पत्रकार तथा युवा नेता भिमज्वाला राई, धरान वडा प्रहरी कार्यालयका प्रमुख रुद्र खड्का लगायत समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिक तथा समाजमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्
काठमाडौं/ हर्षोल्लास, रङ र उमंगको पर्व फागु पूर्णिमा (होली) आज पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आउने यो पर्व हिन्दू धर्मावलम्बीहरूले विशेष रुपमा मनाउने गर्छन्। राजधानी काठमाडौंसहित देशभरका विभिन्न स्थानमा रंग, अबिर, पानीका फोका र संगीतको माहोल देखिएको छ। युवायुवतीदेखि वृद्धवृद्धासम्म होलीको रङमा रमाइरहेका छन्। सरकारले सार्वजनिक बिदा दिएको हुँदा मानिसहरू खुलेर रमाइरहेका छन्। तराईका जिल्लाहरूमा भने भोलि होली मनाइनेछ। होली पर्व विशेष गरी मित्रता, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। सामाजिक सञ्जालहरूमा पनि होलीका तस्बिर र शुभकामना सन्देश
धरान । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । देशैभरी निर्वाचनको सरगमी बढेको छ । सुनसरीको धरान पनि चुनाबी सरगमीले निकै विद्यार्थी माझ महौल तात्नु स्वाभाविक नै हो भने ठुला राजनीतिक पार्टी बीच पनि आफ्नो पार्टीको विद्यार्थीलाई जिताउने कसरतमा लागेका छन् । त्रिभुवन विश्व विद्यालय अन्र्तरगत धरानका ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । केन्द्रिय राजनीतिको सत्ता गठवन्धनकै आधारमा यहाँ पनि विद्यार्थीको संगठनवीच गठवन्धन भएको छ । नेपाली काँग्रेस निकट नेवि सङ्घ र नेकपा एमाले निकट अनेरास्ववियुले पार्टी र विद्यार्थी सङ्गठनका नेताहरू बिचको सहमतिमा महेन्द्र र हात्तीसार क्याम