समाचार

    Showing 2,391-2,400 of 8,425 items.
  • लागुऔषध सहित ५ जना पक्राउ

    मोरङ/ कोशी प्रदेशको दुई छुट्टा छुट्टै जिल्लामा प्रहरीले ५ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रहरीले गत सोमबार झापाबाट ३ जना र मोरङबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । झापा प्रहरीले गत सोमबार विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मेचीनगर नगरपालिका–६ का २० वर्षीय सुजन बिश्वकर्माको साथबाट एक ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ । यसैगरी सोमबार नै ईलाका प्रहरी कार्यालय झिलझिले झापाको प्रहरी टोलीले झापाको शिवसताक्षी नगरपा

    • प्रकाशित मितिः असोज १०, २०८०
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाइसेन्स भाडामा लगाउदा फर्मासिस्ट पेशा बदनाम

    मोरङ/ दक्ष फर्मासिस्टहरु गुणस्तरिय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफनो लाईसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक, अध्यनरत बिद्यार्थीहरुले गुनासो गरेका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुल अन्र्तगत स्नातक तहमा बीफार्मेसी अध्ययन गरिरहेका बिद्यार्थी र विज्ञ शिक्षकहरुले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधी बेचबिखन गर्दा सिँगो पेशा बदनाम भैरहेको गुनासो गरेका हुन । उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा बताएका छन । फार्मासिस्ट तथा मनमोहन प्राविधिक

    • प्रकाशित मितिः असोज १०, २०८०
    • 471 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैमा फुड फेस्टिबल हुने

    मोरङ/ दसैंलाई लक्षित गरेर विराटनगरमा फुड फेस्टिवल आयोजना गरिने भएको छ । दसैंको अवसर पारेर असोज २८ गतेदेखि सात दिनसम्म मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनले फुड फेस्टिवल सञ्चालन गर्न लागेको हो । विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म फुड फेस्टिवल आयोजना गर्ने तयारी भएको भाजु युवराज फाउण्डेसनका युनेशराज श्रेष्ठले जानकारी दिए । विगतमा जस्तै विराटनगरको हिमालय रोडमा फेस्टिवल आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दसैं मनाउन घर फर्किएकाहरुलाई लक्षित गरेर फुड फेस्टिवल आयोजना गर्न लागेको आयोजकले जनाएको छ । यसले आगन्तुकहरुलाई मनोरञ्जन प्रद

    • प्रकाशित मितिः असोज ९, २०८०
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुस्लिम समाजद्वारा राजमार्गमा शिरिष रोपियो

    धरान/  कोशी राजमार्ग अन्तर्गत धरान इटहरी सडकखण्डको डिभाइडरमा हाइब्रिड शिरिषको विरुवा रोपिएको छ । धरान मुस्लिम एकता समाजको अगुवाईमा सोमबार एक सय वटा विरुवा रोपिएको हो । मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा हाइब्रिट शिरिषको विरुवा वृक्षारोपण कार्यक्रम भएको थियो । धरान प्रवेश गर्ने कोशी राजमार्गको सौन्र्दयीकरण बढाउन हाइब्रिड शिरिषको विरुवा रोपिएको मुस्लिम एकता समाजका संयोजक फिरोज अलीले बताए । उनका अनुसार यो विरुवा कलकत्ताबाट आयात गरिएको हो । हाइब्रिड विरुवा भएको कारण उचाई १० देखि १२ फिट मात्र हुन्छ । यो विरुवा ४ महिनादेखि फुल्न थाल्ने र बाह्रै महिना फुल्ने उनले जानकारी दिए । एउटा विर

    • प्रकाशित मितिः असोज ९, २०८०
    • 534 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटी सफारी नियन्त्रमा सम्बन्धित पक्ष गम्भीर

    धरान /धरानको लागि ई रिक्सा (सिटी सफारी) ट्राफिक व्यवस्थापनकोलागि टाउको दुखाइको विषय बनेको छ । दर्ताविना जथाभावि सञ्चालन भएका सिटी सफारीको स्थानीय सरकार धरान उपमहानगरपालिकाले दर्ता प्रक्रियालाई अगाडि बढाए पनि सबै सिटी सफारी दर्ता नै छैनन् । यसैलाई मध्यनजर गरी सिटी सफारी व्यवस्थापनका लागि स्थानीय सरकार धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले संयुक्त पहल थालेका छन् । ई–रिक्सा (सिटी सफारी) ट्राफिक व्यवस्थापनमा धरानको मात्र हैन सबै सहरहरुको टाउको दुखाइको विषय बनेको छ । केही समय अगाडि इटहरी उपमहानगरपालिकाले सिटी सफारीलाई व्यवस्थापन गरेसँगै अहिले धरान उपमहानगरपालि

    • प्रकाशित मितिः असोज ९, २०८०
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी ग्यासलाई २ लाख जरिवाना

    मोरङ/  शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका– ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो । उद्योगले बिक्रीका लागि बजार पठाएको सिलिन्डर चेकजाँच गर्दा ग्यास नभएको भेटिएको थियो । विराटनगर – ९ ट्राफिक चोक घर भएकी अन्जना सिंहले खरिद गरेको शिलप्याक कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएको हो । शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलि

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 624 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हत्याको आरोपित ३४ वर्षपछि पक्राउ

    भोजपुर/ भोजपुरमा छिमेकीको हत्या गरेर फरार रहेका एक व्यक्ति ३४ वर्षपछि पक्राउ परेका छन् । २०४६ सालमा एक पुरुषको हत्यामा संलग्न आरोपमा ६१ वर्षीय चक्रबहादुर राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो । भोजपुरको उत्तरी साविक दोभाने गाविस ८ (हाल साल्पासिलिछो गाउँपालिका ५) का राई घटना हुँदा २७ वर्षका थिए । उनले छिमेकी २६ वर्षीय बद्रीकुमार राईलाई खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरी बायाँ हातसमेत छिनाएर फरार रहेका थिए । उनलाई उपचारका लागि खाँदबारी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । २०४६ साल कात्तिक १७ गते रातको समयमा बद्रीमाथि खुकुरी प्रहार गरी फरार रहेका उनलाई सुनसरीको

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेशको योजनाले गाउँमा झगडा

    इलाम/ इलामको फाकफोकथुम गाउँपालिका ७ का शषिधर खनालले ३० वर्ष अघि देखि प्रयोग गरिरहेको खानेपानी अब आउने हो कि हैन टुङ्गो छैन । २०५० सालमा मेची पहाडी भालु खोप खानेपानी आयोजना मार्फत निर्माण गरिएको खानेपानी अहिले आएर अर्कै गाउँतिर जाने भएपछि खानेपानी अन्योल बनेको छ । खनाल मात्रै होइन सिङ्गो गाउँका ४८ परिवारले प्रयोग गरिरहेको खानेपानी आयोजना के हुन्छ भन्नेमा दोधार छन् । एकतप्पाका ४८ भन्दा बढी घर परिवारले प्रयोग गरिरहेको पानी अर्कै वडा तिर जाने भएपछि दुई गाउँबिच झगडा सुरु भएको छ । लामो समय देखि खानेपानी प्रयोग गरिरहेको मुहानबाट अर्को वडामा जानेगरि आयोजना निर्माण भएसँगै दुई गाउँ बिच झगडा सुरु

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लालीगुँरासमा डेरी निर्माण भए पछि कृषक लाभान्वित

    धरान/ तेह्रथुमको लालीगुँरास नगरपालिका वडा नं. १२ मा दूध डेरी निर्माण शुरु भएको छ । कोशी मन्त्रालयको सहरी विकास मन्त्रालयका १ करोड ८६ लाखको लागतमा नगरपालिकाको बसन्तपुरमा डेरी भवन निर्माणको काम चलिरहेको छ । लालीगँुरास नगरपालिकामा पशुपालन बढी हुने र दूध पर्याप्त रुपमा उत्पादन भएपनि दूध स्टोरको समस्या थियो । डेरी भवन निर्माण भएपछि आफूले उत्पादन गरेको दूध खपत हुने भन्दै स्थानीयहरु हर्षित बनेका छन् । लालीगुँरास नगरपालिका क्षेत्रमा मात्रै दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधले बजार पाएको थिएन । दूध बजारमा नगए पनि दही, घिउँ बनाएर विक्री वितरण गर्ने गरिएको छ । ब

    • प्रकाशित मितिः असोज ८, २०८०
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेमी भेट्न आएकी युवतीलाई अर्कैले गर्यो बलात्कार प्रयास

    इलाम/ आफ्नो पे्रमिलाई भेट्न आएकी एक महिलालाई अर्के व्यक्तिले बलात्कारको प्रयास गरेको पाइएको छ । इलाम घुम्न आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका हुन । बिश्वकर्मा पुजाको दिन इलाम आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला पोखरेलले बलात्कारको प्रयास गरेको बताइएको छ । घटनाबारे पिडितले जाहेरी दिएपछि जिल्ला प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले पिडितको बयान र स्वास्थ्य जाँच गरि जिल्ला अदालतमा पेश गरेपनि अदालतले म्याद थपको अनुमति दिएको छैन । प्रहरीले घटनाको अनुसन्धान गरि म्याद थपको अनुमति मागेको र अनुमति पाउने बित्तिकै

    • प्रकाशित मितिः असोज ७, २०८०
    • 619 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved