धरान/ धरानको इतिहास झल्काउने पुराना पुस्तकालयहरु संरक्षणको अभावमा जप्र्ण बन्दै गइरहेका छन् ।
मुलुकमा तीन तहको सरकार आएसंगै पुस्तकालयको संरक्षण गर्ने जिम्मा स्थानीय सरकारको हो । तर, स्थानीय सरकारले पुस्तकालयको संरक्षणमा ध्यान नदि“दा यस्ता पुस्कालय जीर्ण बन्दै गएका हुन् ।
यसको प्रत्यक्ष उदाहरण धरान उपमहानगरपालिका १३ स्थित फुस्रेमा रहेको धरानकै पुरानो जनता २०१७ सालमा धरान–१३ फुस्रेबासीले स्थापना गरेको जनता पुस्ताकालय यतिबेला संरक्षणको पर्खाइमा छ ।
२०४५ सालको भुकम्पले २ तल्लाको पक्कि भवनसहित संरक्षित पुस्तकहरु क्षतविक्षत बनाएपछि स्थानीकै पहलमा पुनः मर्मत सम्भार गरी पुस्तकालय सञ्चालनमा ल्याइएको थियो ।
अहिले पनि पुस्कालय स्थानीयको संक्रियतामा जेनतेन सञ्चालन भइरहेपनि यसको पूर्ण व्यावस्थापनमा सरोकारवाला पक्षको ध्यान पुगेको छैन । स्थानीय स्व. कृष्णभगत श्रेष्ठको नेतृत्वमा सञ्चालन भएको पुस्कालयको अस्थित्व दिन प्रतिदिन हराउदै गइरहेको स्थानीय कुमारमान श्रेष्ठ बताउछन् ।
पुस्तकालयमा रसियन क्म्यूनिष्टका पुस्तकदेखी लिएर अन्य ऐतिहासिक पुस्तकहरु राखिएका छन् ।
२०४५ सालको भुकम्पले भवनसहित धेरै पुस्तकहरु क्षतविक्षत बनाएपछि बाँकी भेटिएको पुस्तकलाई संरक्षण गरेर राखिएको कर्मचारी मिना श्रेष्ठ बताउँछिन् ।
पुस्तकालयको संरक्षणमा स्थानीयबासी जुटेपनि सरकारी स्तरबाट कुनै सहयोग नआएको स्थानीयको गुनासो छ । स्थापना कालमा पुस्कालयको हालत जस्तो थियो अहिले पनि उस्तै रहेकोले पुस्तकालयलाई थप व्यावस्थित गर्न आवश्यक रहेको उनीहरु बताउछन् ।
थारै आम्दानीको बाबजुत पुस्तकालय सञ्चालन गर्नुपर्दा कठिन भएको पुस्तकालय समितिका पदाधिकारी बताउछन् । पुस्तकालयलाई थप व्यावस्थित गर्न भवन निर्माणको लागि डिपिआर तयार भइरहेको पदाधिकारीहरुको भनाई छ ।
जीर्ण बन्दै गएको धरानको पुरानो ऐतिहासिक पुस्तकालयको संरक्षणमा पछिल्लो समय स्थानीय सरकारले समेत चासो देखाएको छ । व्यवस्थित भवनसहित पुस्तकालय सञ्चालन गर्नको लागि तिनै तहको सरकारसंग पहल कार्य भइरहेको वडाध्यक्ष नेत्रप्रसाद काफ्ले बताउँछन् ।
प्रविधिको विकाससंगै मानिसहरुमा पुस्तकालय मोह हराउदै गइरहेको अवस्था छ ।
प्रविधिमय पुस्तकालयको निर्माण गदै फेरी पुस्तकालयप्रति सर्बसाधारणको आकर्षण बढाउन अब तिनै तहको सरकार जुट्न आवश्यक छ । हैन भने यस्तो ऐतिहासिक महत्व बोकेको पुस्तकालयहरुको अस्तित्व नामेट भएर जानेमा दुई मत छैन ।