मेयर हर्कराजले पत्रकार दाहाललाई धम्की दिएको बारे स्थलगत अध्ययन गर्न मिडिया मिशन गठन

  • पुस ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानका मेयर हर्कराज राई र उनका समर्थकले पत्रकार गोपाल दाहाललाई जीउज्यानको धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले स्थलगत अध्ययन गर्नको लागि मिडिया मिशन गरी स्थलगत अध्ययन गर्ने भएको छ ।

fnj

महासंघको २७ औं महाधिवेशन अन्तर्गत नवनिवार्चित केन्द्रीय समिति बैठकको मंगलबारको बैठकले उक्त निर्ण गरेको हो । महासचिव रामप्रसाद दाहालका अनुसार स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्ने गरी मिशन खटाउने निर्णय गरेको बताएका छन् ।

बैठकले महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजक रहेको ५ सदस्यीय मिशन गठन गेको छ । मिशनको सदस्यमा केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समिति अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य छन्।

पत्रकार दाहालले खोज पत्रकारिता केन्द्रको लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)को अभियान र कार्यहरुबारे हिमाल खबरमा समाचार आएको थियो । समाचारमा मेयर साम्पाङलाई नक्कली माओवादी बनेर रकम असुलीको उल्लेख छ ।

समाचार आएपछि मेयर साम्पाङले पनि सामाजिक सञ्जाल फेसबुकबाट दाहालको पत्रकारिता सिध्याउने धम्कीपुर्ण अभिव्यक्ति दिए भने उनका समर्थकहरुले फोन, म्यासेज गरेर धम्की दिएको समाचार लेख्ने पत्रकार दाहालले बताएका छन् ।

धाक धम्की आएपछि इलाका प्रहरी कार्यालय धरानमा पत्रकार दाहालले शान्ति सुरक्षाको मागद गर्दै उजुरी दिएका छन भने प्रहरी प्रशासनले यस विषयमा खासै चासो दखाएको छैन । महासंंघ केन्द्रिय समितीले विज्ञप्ती नै जारी गरेको छ ।

टोलीले सात दिन भित्र स्थलगत अध्ययन गरि प्रतिवेदन तयार गर्ने जनाइएको छ ।महासंघको सोही बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट व्यहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिवद्धता पनि जनाएको छ ।

यस्तै, केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने पनि बैठकले निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved