समय सन्दर्भ : ख्रीष्टमस विशेष २०८१(भिडियो अन्तरबार्ता)

  • पुस ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

समान अधिकारको प्रत्याभुति गराउनु राज्यको दायित्व हो,संविधान बमा्ेजिम चर्च पनि दर्ता गर्न पाउनु पर्छ। -पाष्टरः  कुवेर गुरुङ  

Kuber gurung

डिसेम्बर २५ अर्थात क्रिसमस अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको शव्द हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ ।

क्रिसमस सबभन्दा पहिले ईपू ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो ।

यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवशको अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् ।

बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको छैन तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आआफ्नो धारणा भने राखेका छन् ।

एन्नो डोमिनीको काल प्रणालीको आधारमा येसु ख्रिस्टको जन्म इसापूर्व ७ देखि २ को बिचमा भएको हो भन्ने उल्लेख गरिएको छ ।

वासिङ्टन पोस्टको एक रेपोर्ट अनुसार येसुको जन्म २५ डिसेम्बरमा भएको हो भन्ने बाइबलमा कहीँकतै स्पष्ट रूपमा निर्देश नगरिए पनि शान्त र चिसो मौसमको कुनै दिनमा माता मरियमद्वारा बेथलेहेमा उनको जन्म भएको हो भन्ने दाबी गरिएको छ ।

मानव विज्ञानी जेम्स जार्ज फ्रेजरले आफ्नो पुस्तक ‘दी गोल्डेन बज’ मा २५ डिसेम्बर क्रिसमस डेको सम्बन्धमा जुन दिन येसु ख्रिस्टको जन्म भएको थियो ठिक उसै दिनमा क्रिसमसको छुट्टी मनाउने प्रचलनमा आएको उल्लेख गरेका छन् ।

धार्मिक मान्यताअनुसार आजभन्दा दुई हजार २२ वर्षअगाडि ईश्वरद्वारा मरियमको सपनामा के बताइएको थियो भने उनीले एक खास बच्चाको जन्म दिनेछिन् जसको नाम येसु ख्रिस्ट प्रमेश्वरको पुत्र रहनेछ ।

यो भविष्यवाणी २५ मार्चमा मरियमलाई मिलेको थियो र नौ महिनापछि २५ डिसेम्बरमा येसुको जन्म भयो । यो नै एक भरपर्दो र कमन इतिहास हुन सक्छ । भविष्यवाणीपछि येसुको जन्म बेथलेहेमको चरनमा भएको थियो । 

बाइबलको नयाँ नियममा बताइएअनुसार येसु ख्रिस्ट जन्मनुभन्दा एक दिन पहिले मरियमको स्वर्गदूत गाब्रिएलले दर्शन दिएर के भनेका थिए भने स्त्रीहरूमध्ये तपाईं धन्य हौ किनभने तपाईं ईश्वरीय पुत्रको माता बन्नका लागि चुनिनु भएको छ ।

यो सुनेर माता मरियम छक्क परेकी थिइन् । त्यसपछि मरियम र उनका लोग्ने योसेफ आफ्ना नाम दर्ता गराउन बेथलेहेम सहर गए । त्यहाँ बस्नका लागि उपयुक्त ठाउँ नमिलेपछि सहरदेखि एकान्त फलस्तिन चरन जग्गा नजिकै एक गुफामा रोकिए ।

त्यहीँ मरियमद्वारा येसुको जन्म भयो । जहाँ उनको जन्म भयो उही आज एक चर्च छ, जसलाई ‘चर्च आफ नेटिविटी’ भनिन्छ । यो आधुनिक इजरायलको राजधानी यरुसलेमदेखि दस किलोमिटर टाढा सेन्ट्रल वेस्ट बैङ्कमा अवस्थित छ ।

ख्रिस्ट प्रभुको जन्म एडी वानलाई पनि मान्ने गरिन्छ । यहीँबाट अङ्ग्रेजी क्यालेन्डरको सुरुवात भएको मानिन्छ । 

कुनै समय पश्चिमी देशहरू अर्थात् इसाई बाहुल इलाकामा मनाइने क्रिसमस पर्व आज विश्वभरी मनाउने गरिन्छ ।

यो हरेक साल डिसेम्बर २५ का दिन मनाउने गरिन्छ । क्रिसमस इसाई समुदायको मुख्य चाड हो । तर आजकल गैरइसाई मानिसहरूले पनि यो उत्सव धुमधामका साथ मनाउने गर्दछन् ।

डिसेम्बर महिना सुरु हुँदै इसाई अनुयायीहरू क्रिसमसका लागि तयारीमा जुट्ने प्रचलन रही आएको छ । यस पर्वमा मानिसहरू आफ्नो घर सुन्दर तरिकाले सजाउने र मण्डली (चर्च)मा गएर प्रभु येसुको यादमा प्रार्थना गर्ने अनि मैन बत्ती बाल्ने गर्छन् ।

घर र चर्चमा क्रिसमस ट्री सजाएर केक काट्ने चलन यस पर्वमा महत्त्वपूर्ण मानिन्छ । यसका साथै क्रिसमसका दिनमा बालबालिकाहरू सान्ता क्लाजको प्रतीक्षामा बस्ने र उपहार लिने गर्दछन् ।

यसको मान्यता के छ भने रातो कपडा र सेतो दाह्रीमा सान्ता क्लाज स्वर्गबाट आउने र मानिसहरूलाई उपहार दिएर जाने चलन विश्वासीहरू भित्र रहेको छ । यस दिन अन्य धर्मका मानिसहरू पनि मैन बत्ती जलाएर प्रार्थना गर्ने गर्दछन् ।

नेपालमा क्रिसमसको सुरुवात 

नेपालमा विसं २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपछि औपचारिक रूपमा क्रिसमस पर्व मनाउने परम्पराको थालनी भएको हो । योभन्दा अघि नेपाली इसाइहरू क्रिसमस मनाउन भारततिर जाने गर्दथे ।

त्यतिखेर नेपालमा क्रिसमस मनाउन बन्देज गरिएको थियो । जब २००७ सालमा प्रजातन्त्रको घोषणा भयो तब इसाईहरू नेपाल आउने र क्रिसमस मनाउन थाले ।

त्यसपछि नेपालमा प्रत्यक्ष रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीहरू स्थापना हुँदै गए । यिनीहरूले मन्डली ९चर्च० को माध्यमबाट घरबारविहीन बेसहारा, दीनदुःखी गरिब वर्गलाई लक्षित गरेर शिक्षा, स्वस्थ्य तथा खाध्यन्न सहयोग प्रदान गर्दै आउन थाले ।

जसले गर्दा इसाईहरूको सेवा सङ्गतिमा मन्डलीहरू वृद्धि हुँदै गयो । अहिले नेपालका प्रायः सबै क्षेत्रमा विभिन्न नाममा हजारौँ मन्डली (चर्च) र इसाईहरु लाखौं छन् ।  

अन्य मुलुकमा जस्तै नेपालमा पनि २५ डिसेम्बरका दिन नेपाली इसाई अनुयायीहरू धुमधामका साथ आफ्नै नेपाली शैलीमा क्रिसमस डे मनाउने गर्दछन् ।

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा क्रिसमस राष्ट्रिय पर्वका रूपमा मानिँदै आएको छ ।

यस पर्वमा विश्वासीहरू आफ्नै नेपाली मौलिक वेशभूषामा सजिएर आआफ्नो रुचि अनुसारका मिठा मिठा परिकार बनाएर खाने र खुवाउने गर्दछन् ।

क्रिसमससँग जोडेर आयोजना हुने विभिन्न कार्यक्रममा येसुले बाँडेको ज्ञान र उपदेशको चर्चा गरिनुका साथै शुभकामना र प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्छ ।

देशको मुख्य सहरहरूमा क्रिसमस महोत्सवको आयोजना गर्ने, आफ्नो घर सफा राख्ने, सपिङ गर्ने, चर्च जाने र प्रार्थना गर्ने, केक काट्ने, साथी भाइसँग भेटघाट गरेर उपहार र शुभकामना साटासाट गर्ने, क्रिसमस ट्रीले चर्च घर र मल सजाउने, क्यारोल खेल्ने, सान्ता क्लाजबाट उपहार लिने, सार्वजनिक स्थलमा क्रिसमस सम्बन्धित सुसमाचारीय कार्यक्रम गर्ने,

नाचगान गर्ने आदि नेपाली क्रिसमस पर्वको मुख्य विशेषता हुन् । यो बर्षको क्रिसमस पा्रष १० गते अर्थात बुधबार तदनुसार डिसम्ेबर २५ तारिखमा परेको छ ।

देश विदेश लगायत यो उत्सवलाई धुमधामसँग मनाईदैछ । नेपालमा नेपाल सरकारले पनि अरु चाड र उत्सव जस्तै सावैजनिक विदा समेत दिएको छ ।

यस अर्थमा क्रिससम सबैको साझा पर्व,साझा उत्सव र भातृत्व प्रेम सहितको धार्मिक सहिष्णुताको अनुपम उदाहरण बन्दै गएको पाइन्छ । 

यसै सन्दर्भमा क्रिसमस के हो,किन मनाइन्छ र यो वर्षको क्रिसमसको तयारी के छ भनेर कोशीपत्रका कार्यकारी सम्पादक रणध्वज लोहारले आशीष प्रेस्टबीटोरियन चर्चका पाष्टर कुवेर गुरुङलाई सोध्नु भएको छ ।

भिडियो :

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved