विद्यार्थीले सिएस फाइभ जिरो एआई’ कार्यक्रमको गर्ने

  • पुस ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कम्प्युटर विज्ञानमा प्रोगामिक समस्याहरुलाई कुशलता पूर्वक समाधान गर्ने अभिप्रायले पूर्वाञ्चल इन्जिनिरिङ कलेजका विद्यार्थीहरुले ‘सिएस फाइभ जिरो एआई’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाली विद्यार्थीहरुलाई कम्प्युटर विज्ञानको आधारभूत अवधारणासँग परिचित गराउन ‘सिएस फाइभ जिरो एक्स’ प्रोगाम यस भन्दा अगाडि सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरुले यस बर्ष भनै ‘एभभान्स प्रोगाम’ अन्तर्गत सिएस फाइभ जिरो आई प्रोगाम आयोजनाको आयोजना गरेका हुन् ।
डाटा संरचना, एनक्याप्सुलेसन, स्रोत व्यवस्थापन, सुरक्षा सफ्टवेयर इन्जिनियरिङ, र वेब विकास जस्ता अवधारणाहरुको विकास गर्न कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका पिआर र आउटरीच लिड सुवर्ण प्याकुरेलले जानकारी दिए ।

यस भन्दा अगाडि वेसिक कोर्ष सम्बन्धी कार्यक्रम गरेको भएपनि यस बर्ष त्यसलाई विस्तार गर्दै एडभान्स कोर्ष सम्बन्धी कार्यक्रम गर्न लागिएको बताए ।
उहाँका अनुसार सबै स्तरका अनुभवका समान विचारधारा भएका विद्यार्थीहरूको जीवन्त समुदायसँग कसरी संलग्न हुने भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको उनको भनाई छ ।

गत बर्षको बेसिक कार्यक्रममा ३० जना विद्यार्थी सहभागी रहे पनि यसबर्षको एड्भान्स कार्यक्रममा कोशी प्रदेशभरिका ६० जना विद्यार्थी सहभागी रहको उनको भनाई छ ।

यस्ता कार्यक्रम काठमाण्डौमा मात्र सीमित हुने भएकोले पहिलो पटक काठमाण्डौबाहिर एड्भान्स कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । आफ्ना साथीहरूलाई अन्तिम प्रोग्रामिङ परियोजना कसरी विकास र प्रस्तुत गर्ने भन्ने विषयमा कार्यक्रम प्रस्तुत हुने भएकोले यो कार्यक्रम अत्यन्तै लाभदायक हुने उनको भनाई छ ।

पूर्वाञ्चल इन्जिनियरिङ कलेजको स्ववियुको हलमा आयोजना भएको सो कार्यक्रमको एक हप्ताको रहने बताइएको छ ।

सीप विकासलाई गतिशिल बनाउँदै प्रयोगात्मक, वैज्ञानिक तथा प्राविधिक अनुभव गराउँदै सक्षम बनाउने र उद्योगकौ लागि तयार गर्ने, विद्यार्थीहरुलाई एआइमा आधारित समाधानमार्फत वास्तविक चुनौतिहरु सम्बोधन गर्न मञ्च प्रदान गर्नको लागि कार्यक्रमको आयोजना गरिएको उनीहरुको भनाई छ ।

कर्यक्रम इन्स्च्यिुट अफ इन्जिनियरिङ, पूर्वाञ्चल क्याम्पस र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीको सहकार्यक्रमा भएको होे । यस्ता कार्यक्रमहरु सात वटा फेकल्टीका विद्यार्थीहरुले समय समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् ।

यसभन्दा अगाडि विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन सातवटै फेकल्टीको अगुवाईमा ‘डेल्टा प्रोग्राम’, एक्जिविसन लगायतका कार्यक्रम हुने गरेका छन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved