४ करोडको लागतमा बन्ने नहर सडकको अनुगमन

  • पुस ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिकाको करिब ४ करोड लागतमा नहर डिलको सडक कालोपत्रे गरिने भएको छ ।

विराटनगर–४ राजवंशीचोक पश्चिम पुलचोकदेखि वडा नम्बर १३ को रानी–धरान सडकको नहरसम्म कालोपत्रे हुने भएको छ । त्यसका लागि ठेक्का लागेर निर्माणसमेत सुरु भइसकेको छ ।

निर्माणाधीन सडकको सोमबार महानगरका मेयर नागेश कोइरालाले अनुगमन गर्नुभएको छ । महानगरको ३ करोड ८२ लाख रुपैयाँको आन्तरिक स्रोतबाट सो सडक निर्माण गर्न लागिको मेयर कोइरालाले बताउनुभयो ।

सो सडक निर्माणपछि धरान रोडमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए पनि हल हुने मेयर कोइरालाको भनाइ छ । ६ करोड ३४ लाख अनुमानित लागत गरिए पनि ३ करोड ८२ लाख रुपैयाँमा ठेक्का लागेको छ । गत भदौ ६ गते ठेक्का सम्झौता लागेको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ ।

ठेक्का सम्झौताअनुसार ५ दशमल ५ किलोमिटर सडक निर्माण हुनेछ । यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्रे भइसकेको छ । आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

तर चैतभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थपलियाले जानकारी दिए ।
अनुगमनका क्रममा मेयर कोइरालाले स्थानीयसँग छलफल समेत गरे ।

सो वडा नम्बर ४ का अध्यक्ष जितन थापा, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेसहितका जनप्रतिनिधि समेत अनुगमनमा उपस्थिति थिए ।

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved