धनकुटा/ आर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठुलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो । दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । उत्पादन ठप्प भएपछि उद्योगका १ सय ५० जना भन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् । आर्थिक संकटकै कारण उद्योगले दैनिक लाखौँ रुपियाँ घाटासमेत बेहोर्नुपरेको परेको छ । उद्योग गलत ठाउँमा खुलेका कारण सुरुवातदेखि नै चिसोका कारणका तीन सय टन उत्पादन क्षमता
विराटनगर/ नेपाली काँग्रेसबाट निर्वाचित सांसद रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ सञ्चालक रहेको कान्छाराम कन्ट्रक्सनलाई कोशी प्रदेश सरकारले कारवाहीको तयारी थालेको छ । सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चेतावनी दिएको थियो । सोही अनुसार कोशी प्रदेशका विभिन्न स्थानमा सडक निर्माणको ठेक्का लिएको कान्छाराम कन्ट्रक्सनलाई कारवाहीको तयारी थालेको हो । पटक–पटक ताकेता गरेपनि काम नभएपछि मन्त्रीस्तरीय अनुगमन गराएर ठेकेदारलाई अल्टिमेटम दिएको पुर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर शुशिल श्रेष्ठले बताए ।
धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा राज्यको सम्बन्धित निकाय मौन बसेको भन्दै नेकपा एमाले धरान नगर कमिटीले ध्यानाकर्षण गराएको छ । मेयर राईले कार्यकक्षबाट कार्यपालिकामा कुनै छलफलको विषय प्रवेश नगरि नगराई राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा राज्यका सम्बन्धित निकायहरु समेत वेखवर जस्तै भई मुखदर्शक भएको बुधबार विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संविधानले गरेको व्यवस्था बमोजिम स्थापित संस्था र उक्त पदमा बसेका व्यक्तिले त्यही संविधान तथा प्रचलित कानुन विरुद्ध गरेका कार्यहरू नैतिकता माथिका गम्भीर प्रश्न र
धरान/ धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नहुने भएका छन् । धरानका मेयर हर्क साम्पाङ्ग प्रधानमन्त्री धरान आाउने भए मात्र उनको तस्तिर आफ्नो कार्यकक्षमा टाँग्ने अडान लिएका थिए । धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको छ । त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथि बिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी मेयर राईले गरेका छन् । ‘धरान उत्सव –२०८०’ को प्रमुख अतिथी उत्सवमा आएका एकजना बयो वृद्ध जेष्ठ नागरिकलाई बनाइने भएको छ । स्थापना दिवस भएको हिसाबले उत्सबमा आएका एकजना बयोवृद्ध ज
विराटनग/ हात्ती आतंकले प्रताडित बनेका कोशी प्रदेशका किसान तथा स्थानीयलाइ राहत दिन सरकार प्रतिबद्ध रहेको कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ बताएका छन् । विगत केही महिना देखि झापा, मोरङ, सुनसरीमा हात्ती आतंक बढ्दै गएको छ । छिमेकी मुलुक भारतबाट आएका हात्ती फर्कने बाटो भुले पछि झापा, मोरङ, सुनसरीमा हात्ति आतंक बढ्दै गएको हो । मन्त्री उप्रेतीले मंगलबार प्रदेशसभामा शून्य तथा विशेष समयमा मन्त्रालयसँग सम्बन्धित रहेर सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै हात्तीले निम्त्याएको प्रकोपका विषयमा सरकार गम्भीर भएको बताएका हुन् । सरकारले तत्कालै हात्ती करिडोर क
धरान/ राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो कार्यकक्षबाट निकालेर राष्ट्र प्रतिको सम्मानमा आँच पुर्याउने काम गरेको भन्दै धरानका ५ राजनितिक दलका जनवर्गिय संगठनहरुले तस्विर पुनः राख्नु पर्ने माग गरे पनि धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राईले अटेर गरेका छन् । राईको कार्यकक्षमै पुगेर दलका युवा संगठन र विद्यार्थी संगठनका नेताहरुले राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो यथास्थानमै राख्दै राष्ट्र प्रति सम्मान गर्न आग्रह गरेका थिए । छलफलमा राईले राष्ट्रप्रमुख वा प्रधानमन्त्री धरान डे मा आउने पक्का भए मात्रै पुनः तस्वीर लगाउने अडान लिए पछि तिन दिनको अल्टिमेटम दिएर संगठनहरु बाहिरिएका थिए । ग
धरान/ ‘शिक्षाको लागि लगानी’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कोशी प्रदेश स्तरीय ‘एसईई आईडल –२०२४’ को तयारी शुरु भएको छ । एसईई परीक्षा दिएर वसेका विद्यार्थीहरुको गायन र नृत्यको प्रतिभालाई उजागर गर्ने उदेश्यले फत्लाङलुङ मिडिया हाउस प्रालीको आयोजनामा हुने चौथो संस्करणको तयारी शुरु भएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । आयोजकका कार्यक्रम निर्देशक राम बहादुर लिम्वूले पत्रकार सम्मेलनमा एसईई आइडलको तयारी शुरु गरिएको विज्ञप्ती मार्फत जानकारी गराएका थिए । उनका अनुसार यस वर्षको अडिसन चैत्र महिनाको तेश्रो हप्तादेखि शुरु हुने भए
धरान/ किरात इतिहासकार इमानसिंह चेम्जोङको १२१ औँ जन्म जयन्तीको अवसरमा सोमवार धरानमा चुम्लुङ हिम स्थित उनको सालिकमा माल्यार्पण गर्दै उनको योगदानको बारेमा चर्चा गरिएको छ । उनको जीवनीमा जन्म मिति अङ्ग्रेजी तारिख मात्र लेखिएकोले प्रत्येक वर्ष जनवरी १ तारिखका दिन इमानसिंह जयन्ती मनाइने गरिएको हो । उनको सम्मानमा नेपाल सरकारले सन् १९९८ -२०५५ मा १ रुपैयाँ मूल्यको हुलाक टिकट जारी गरेको थियो । चुम्लुङमा आयोजित कार्यक्रममा पूर्व सांसद टिकराम चेम्जोङले भने, ‘इमानसिंह चेम्जोङ नेपालको इतिहासमा किरात र लिम्बुवानको इतिहास, भाषा, लिपि, साहित्य स्थापित गर्ने पहिलो इतिहासकार हुन् ।’ पछिल
इलाम/ दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सडक अब एक वर्ष भित्र सम्पन्न गर्ने सहमति भएको छ । तिन खण्डको रूपमा रहेको सडकको दमक देखिको पहिलो खण्ड आगामी वैशाखमा र बाँकी दुई खण्ड एक वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी सहमति भएको हो । काम गर्दा गर्दै निर्माण कम्पनीले छोडेर भागेपछि सडक अलपत्र बनेको सडक स्थानीय सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयले स्थलगत अनुगमन गरी एक वर्ष भित्र पुरै काम सम्पन्न गर्ने गरी सहमति गरेको हो । बुधवार सडक सम्बद्ध सरोकारवाला, निर्माण व्यवसायी र स्थानीयबीच भएको छलफलमा निर्माण कम्पनीले तत्कालै क
सुनसरी/ झापाको काँकड्भिट्टादेखि सुनसरीको रामधुनीसम्म एसियन हाइवे मापदण्डको सडक निर्माणको प्रक्रिया शुरु भएको छ । ९६ किलोमिटर सडक निर्माणका ३ वटा खण्डमा ठेक्का लागेको छ । यस्तै सो सडकमा पर्ने पुल निर्माणका लागि पनि ठेक्का लागि काम शुरु भएको हो । काँकडभिट्टा लौकही सडक आयोजनाका इटहरी प्रमुख जगत प्रजापतिका अनुसार काँकड्भिट्टा देखि ४५ किलोमिटर पश्चिमसम्मका पूर्वी खण्ड, ४५ किलोमिटर देखि ४५ किलोमिटर पूर्वी खण्ड र ८५ देखि ९७ किलोमिटर सम्म इटहरी खण्ड भनेर ठेक्का लागेको छ । ३ बर्षमा काम सम्पन्न गरिसक्नु पर्नेगरि सडकको तीन खण्ड र ३ सय मिटर भन्दा लामा पुल बनाउनका लागि अर्को ठेक्का लागेको प्र