अब सरकारी अस्पतालमा ‘औषधि छैन’ भन्न पाइँदैन : स्वास्थ्यमन्त्री पौडेल

  • फागुन १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब कुनै पनि सरकारी अस्पतालले ‘स्वास्थ्य बिमाको औषधि छैन’ भन्न नपाउने बताएका छन्।

आइतबार इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकेका औषधि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट गरे।

‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’ – उनले भने।

स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ। ती औषधिहरू अस्पतालमा अनिवार्य रूपमा राख्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए। चिकित्सकले लेखेका औषधि नभएको भन्दै पन्छिने छुट अब कुनै पनि सरकारी अस्पताललाई नहुने उनले बताए।

चिकित्सकहरूका लागि कडा नियम लागू गरिँदै

इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो राखेका थिए।

यस विषयमा मन्त्री पौडेलले अब सरकारले खटाएकै स्थानमा चिकित्सक अनिवार्य रूपमा जानुपर्ने व्यवस्था लागू गर्न लागेको जानकारी गराए।

‘तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर छन्, तर दुर्गम क्षेत्रमा अभाव छ। अब सरकारले जहाँ खटायो, त्यहीँ जानुपर्ने नियम लागू गर्छौं’ – उनले भने।

स्वास्थ्य बीमासम्बन्धी केही व्यवस्थापनमा समस्या रहेको स्वीकार्दै मन्त्री पौडेलले ती कमजोरी चाँडै सुधार गरिने बताए।

साथै, जिल्ला अस्पतालहरूको स्तरोन्नतिका लागि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने उनको प्रतिबद्धता थियो।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved