धरान/ पछिल्लो समय युवा पुस्ता रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दै गएको छ ।
नेपालमा रोजगारी छैन भन्ने निराशा पलाएको बेला धरान उपमहानगरपालिका वडा नं. ६ का दुई दाजुभाईले मोरङको केराबारी गाउँपालिका रान्चामा कालिज फर्म खोलेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् ।
मोरङ केराबारी गाउँपालिकास्थित रान्चाका विवेक भट्टराई र उनका भाइको दिनयर्या नै कालिजफर्ममा बित्ने गरेको छ ।
धरान ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईको परिकल्पना अनुसार उनका छोराहरुले गाउँमै स्वरोगार बन्दै गाउँका वेरोजगार युवाहरुलाई स्वरोजगार प्रदान गर्ने उद्देश्यले कालिजफर्म सञ्चालनमा ल्याएका हुन् ।
यहा अहिले कालिजका अलावा कुखुरा, लोकल कुखुरा, कडकनाथ (कालो कुखुरा) र खसी पालन समेत रहेको छ । अढाई विगाहमा फैलिएकोको सो फर्मलाई भविष्यमा रिसोर्टको रुपमा सञ्चालन गर्ने योजना छ ।
चाइनिज कालिज उत्पादन हुने यो फर्ममा विशेष गरी कालिज उत्पादनलाई जोड दिइएकौ सञ्चालक विवेक भट्टराई बताउछन् । उनले गर्न सके स्वदेशमै पर्याप्त अवसरहरु भएको बताउदै गर्नेका लागि विदेश नपर्ने युवा पुस्तालाई सुझाव दिएका छन् ।
अढाई विगहा क्षेत्रफलमा सञ्चालन भएको सो फर्मलाई यही चैत्र १५ गतेदेखि सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गर्ने योजना रहेको भट्टराई बताउछन् ।
उनले भविष्यमा दुई अढाइसय अट्ने सेमिनार हल निर्माणसँगै अर्गानिक खानासहितको रेष्टुरेन्ट सञ्चालन गर्ने योजना अगाडि बढाउदै भौतिक संरचना धमाधम निर्माण भइरहेको भट्टराई बताउँछन् ।
उनले आम्दानीको हिसाबले पनि निराशाजनक नभएको बताउदै अण्डबाट निस्केको कालिज ८ महिनादेखि खान मिल्ने बताउदै एउटाको मूल्य २ हजार देखि दुई हजार ५ सय सम्म विक्री हुने जानकारी दिए ।
५ करोडको लगानी लागिसकेको बताउदै सञ्चालक भट्टराईले यही उत्पादन भएको कालिज ग्राहकलाई रमणीय स्थलमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको बताए ।
हाल उनले १ हजार कालिज भन्दा बढी कालिज, ७ सय भन्दा बढी लोकल कुखुरा, २ सय भन्दा बढी कडकनाथ (कालो कुखुरा) रहेको उनले जानकारी दिए ।
उनले बाहिरबाट हेर्नेलाई फर्म सञ्चालन गर्न सहज देखिए पनि मानिसको संक्रमणबाट बचाउनेमात्र हैन समय समयमा संक्रमणमुक्त औषधिहरु समेत प्रयोग गर्नुपर्ने अवस्थार रहेको बताए ।हाल फार्ममा चार जनाले रोजगारी पाएका छन् ।
उत्पादित कालिज, लोकल कुखुरा, कडकनाथ र खसी विराटनगर, धरान, इटहरीसँगै कोशी प्रदेशका विभिन्न स्थानमा बिक्री हुदै आएका छन् ।
कालिज नेपालको हिमाल, पहाड र तराईमा तीनै क्षेत्रमा पाल्न उपयुक्त भएकोले पछिल्लो समय तराईका जिल्लामा समेत व्यावसायिक कालिज पालन हुन थालेको हो ।
यस्तै यो फर्ममा कडकनाथ, सिल्की र आय्यम सेमानी जातका कालो जातको कुख्रा पालिएका छन् ।
व्यवसायिक रुपमा फर्म नै सञ्चालन गरेर भविष्यमा सेमिनार हलसगै रिसोर्टको परिकल्पना सहित सञ्चालनमा आएको सो फर्मबाट भट्टराई दाजुभाईलै त व्यवसायिक कृषि फर्मले मनग्गे आम्दानी गर्छन् युवा पुस्तका लागि स्वरोजागरको अवसर समेत प्राप्त हुने भएकोले युवा पुस्तालाई समेत वैदेशिक रोजगारको विकल्पको रुपमा अनुशरण गर्ने फर्मको रुपमा स्थापत हुने देखिन्छ ।
कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००
अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना
Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved