धरान/ परम्परागत पेशा गर्दै आएका धरानका विपन्न दलित समुदायका पेशाकर्मीलाई धरान उपमहानगरपालिकाले औजार वितरण गरेको छ । उपमहानगरपालिका परिषरमा विहिबार एक कार्यक्रमको आयोजना गरि औजार सामग्री वितरण गरेको हो । उपमहानगरको दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट औजार सामग्री वितरण गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । उनका अनुसार करिब १ लाख ७५ हजार रुपैया बराबरको सामग्री वितरण गरिएको छ । अघिल्लो वर्ष १० वटा वडाका १० जनालाई वितरण गरिएको थियो भने यस वर्ष बाँकी रहेका १० वटा वडाका १० जनालाई वितरण गरिएको छ । कार्यक्रम तिन जनालाई जुत्ता सिलाउने मेशिन, एक जनालाई खुकुरी टल्काउने
इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै ‘इलेक्सन टुरिस्ट’ खचाखच भएका छन् । मतदाता नै नभएका व्यक्ति जिल्लाबाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटल भरिँदैछन् । निर्वाचन अभियानमा आउनेहरूका कारण अहिले जिल्लाको आर्थिक अवस्था ‘अत्यन्त’ चलायमान भएको छ । पर्यटनको मुख्य सिजनमै उपनिर्वाचन पनि हुने भएपछि इलाम आउनेको संख्या बढेको छ । अहिले उपनिर्वाचनका लागि दल र उम्मेदवार चुनावी घरदैलो, आमसभा, मतदातासँग भेटघाटमा व्यस्त छन् । धेरैजसो दलका शीर्ष नेता, कार्यकर्ता, सहयोगी, उम्मेदवारका अभियन्तालगायत इलाम बजार र गाउँ–गाउँ पुगिरहेका छन्
धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल लगायत भारतबाट समेत कुम्भ स्नान गर्न आउने गरेका छन् । त्यहाँ आउने सर्वसाधारणहरुले कुम्भ मेलाको शुरुवात गरेर हरिद्वार पुण्यभूमिको प्रचारमा बालसन्तले खेलेको भूमिको प्रशंसा गरेका छन् । त्यहाँ आएका भक्तजनहरुले ओझेलमा कुम्भ मेलाको आयोजनाले नेपालको हेतिहासिक धार्मिक क्षेत्रको उजागर गर्न सहयोग पुगेका बताएका छन् । उनीहरुले नेपालको ऐतिहासिक क्षेत्रको पहिचान उजगार गर्ने काम बालसन्तबाट भएकोले उहाँलाई त्यहाँ आउने भक्तजनहरुले धन्यवाद समेत दिएका छन् । उनीहरुले यसको निरन्तरतासँगै यो मेलाले हरिद्
सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहताको दैनिकी फर्सी खेत र फर्सी बिक्री वितरणमा बित्ने गरेको छ । केही दिन अघि हरेक दिन बिहान घर नजिककै फर्सी खेतमा सुरुवाती अवस्थामा मुण्टो टिप्ने मुठा बनाउनमै समय बिताउने गरेका मेहताले अहिले फलेको हरियो काटो र पाकेको फर्सी टिप्न र ओसार्न तथा बिक्री वितरणमा व्यस्त बनेका छन् । पहिले समयको सदुपयोगको लागि मात्रै घरमै तरकारी खेती सुरु गर्नुभएको राम मेहताले अहिले भने व्यावसायिक रूपमै फर्सी खेती सुरु गरेका हुन् । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का किसान राम मेहता सहितका सयौँ किसान कम लागत र धेरै आम्दानी हुने फर्सी खे
इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्रीहरू बुझाएको छ । कार्यालयले मङ्गलबार टाढा जाने कर्मचारीहरूलाई प्राथमिकता दिँदै कर्मचारीको सेवा सुविधासहित निर्वाचन सामग्री दिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सामग्रीसहित पठाउन थालिएको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार बेलुकासम्ममा इलाम–२ का ७९ मतदान स्थलमा रहेका एक सय ४९ केन्द्रमा सबै कर्मचारी पुगी सक्ने जनाएको छ । मतदान अधिकृत र कर्मचारीले सियोदेखि मतपेटिकासम्मका ४० साम
बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आर्थिक वर्ष २०८०÷०८१ सालमा ३ वटा ग्रामीण कृषि सडक कालोपत्रेको अन्तिम चरणमा पुगेका छन् । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई सहज रूपमा बजारीकरण र बिक्री वितरण गराउन सहजताका लागि ३ वटा ग्रामीण ग्रावेल सडक कृषि सडकको कालोपत्रेमा विकास हुनेछन् । वडा नं ९ का वडाध्यक्ष निरञ्जन चन्दवासी मण्डलका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार स्थानिय सरकारको बजेटबाट ग्रामीण कृषि सडकहरू कालोपत्रे बनेको हो । यसका लागि पूर्व मन्त्री समेत रहेका उक्त निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की र नगर प्रमुख रमेश कार्क
मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म आठ करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । भारतले विभिन्न बहानामा नेपालका कृषि तथा कृषिजन्य वस्तुको आयातमा समय समयमा अवरोध गरेपनि चालु आव २०८०/८१ को पहिलो नौ महिनामा आठ करोड ९७ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको तीन लाख ३३ हजार ६ सय ३२ किलोग्राम जडीबुटी निकासी भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । उनका अनुसार यो अवधिमा एक करोड ४२ लाख ५१ हजार रुपैयाँ बराबरको ८६ हजार किलोग्राम जडीबुटी बंगलादेश, छ करोड ४२ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ४७
ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई दिर्घकालीन समाधानका लागि खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग जनप्रतिनिधि तथा नेकपा (एमाले) नेतृत्वले सघन छलफल गरेकोछ । छलफलमा धरान खानेपानी योजनाका लागि आगामी योजना २०८१/०८२ मा एडिविको सहयोगमा काम प्रारम्भ हुने भएकोछ । उक्त योजनाले नसक्ने योजनाहरू जस्तै ठिंगाबारी खानेपानी धरान५, पानबारी खानेपानी धरान ६, शिवधारा खानेपानी धरान १३, ढाडे तेलनपुर खानेपानी धरान ४, देउराली खानेपानी धरान ५, पटनाली खानेपानी धरान १७ लाई समेत प्राथमिकतामा राख्नेगरी मन्त्री राईसंग छलफल भएकोछ । मन्त्री राईसंगको छलफलमा कोशी प्रदेशसभा सदस्य विजयकु
धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्डकपमा विजेता खेलाडीलाई आज एक कार्यक्रम वीच सम्मान गरिएको छ । पानबारी फुटवल क्लवले आज धरान ६ स्थित आफ्नै क्लवको भवनमा एक कार्यक्रमवीच सम्मान गरेको हो । क्लवका अध्यक्ष भुपाल (कृष्ण कुमार ) राई सहित पदाधिकारी र सल्लाहकारहरुले खेलाडी प्रोत्साहनका लागि नगद सहित खादा ओढाएर सम्मान गरेको छ । धनकुटामा सम्पन्न भएको गोल्ड कपमा क्लव र खेलप्रति खेलाडीले देखाएको योगदानलाई सम्मान गर्दै खेलाडीको प्रोत्साहनको लागि सम्मान गरिएको क्लबका अध्यक्ष राईले वताउनु भएको छ । खेलाडीलाई सम्मान गर्दै आउने दिनमा समेत खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर विजेता हुन उपस्
धरान/ शारीरिक सुगठन खेलको विकाश प्रवद्र्धन गर्दै आएको हाम्रो व्यायमशालाले २२ औं संस्करणको धरान खुल्ला नगरस्तरीय शारिरीक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले आफ्नै धरान ९ स्थित व्यायाम शालामा आईतबार पत्रकार सम्मेलन गर्दै असोज १९ गते गरिने प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगितामा विभिन्न समुहबाट धरानका खेलाडीहरु सहभागी हुने आयोजक संस्थाका अध्यक्ष समिनकला राईले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा ४० केजी, ६० केजी, ६५ केजी तौल समुहका खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो दिन प्रि जजिङ हुनेछ । उक्त दिन प्रत्येक तौल समुहमा ६ जना गरेर फाइनलको लागि ३० जना