युवतीको बलात्कारपछि हत्या, भारतीय भूपू सैनिक पक्राउ

  • वैशाख ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt प्रतिनिधि तस्बिर

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट हाउसमा युवतीको बलात्कारपछि हत्या गरिएको अभियोगमा एक जना भारतीय भूपू सैनिक पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्ति रामचन्द्र पन्त रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

गत चैत ११ गते बागबजारको एक गेस्ट हाउसको कोठामा एक विवाहित युवती मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका पन्तलाई प्रहरीले पक्राउ गरेको हो। उनी घटना बेलामा मृतक युवतीसँगै सोही गेस्ट हाउसमा बसेका थिए।

पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएपछि अनुसन्धान तीव्र बनाइएको र विभिन्न प्रमाणका आधारमा पन्तलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved