म युँ खोलाको पुल भाँचिँदा फिक्कल–नयाँ बजार सडक अवरुद्ध

  • वैशाख ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने म युँ खोलाको अस्थायी पुल भाँचिएपछि यातायात अवरुद्ध भएको छ। सोमबार भएको घटनापछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकातर्फ जाने सवारी आवागमनमा समस्या उत्पन्न भएको हो।

केही वर्षअघि आएको बाढीले पक्की पुलको एक भाग बगाएपछि निर्माण गरिएको अस्थायी संरचनासमेत अहिले भत्किएको हो। पानी परेपछि खोला बढ्ने भएकाले सवारी आवतजावत थप जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ।

दैनिक सवारी प्रभावित

यो सडक खण्ड भएर माईजोगमाई गाउँपालिकाको नयाँ बजार, नामसालिङ, सोयाङ, प्याङ, जोगमाई तथा सूर्योदय नगरपालिका–१ गोर्खेलगायत क्षेत्रमा दैनिक सवारीसाधन सञ्चालन हुने गरेका छन्। पुल नटिक्दा बर्खायाममा थप समस्या आउने स्थानीय सवारी चालक फुरी शेर्पाले जानकारी दिए।

दुई पालिकाको सहयोगमा मर्मत सुरु हुँदै

पुल मर्मतका लागि माईजोगमाई गाउँपालिकाले पाँच लाख र सूर्योदय नगरपालिकाले पाँच लाख विनियोजन गरिसकेका छन्। सूर्योदय नगर प्रमुख रणबहादुर राईका अनुसार अस्थायी संरचना तत्काल निर्माण गरिनेछ भने दीर्घकालीन समाधानका लागि प्रदेश सरकारको ध्यान आवश्यक रहेको बताइयो।

माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईका अनुसार इन्जिनियर टोलीले निरीक्षण गरिसकेको र छिट्टै मर्मत कार्य थालिनेछ। यसअघि सूर्योदय र माईजोगमाई पालिकाको संयुक्त लगानीमा तीन वर्षअघि पुल मर्मत गरिएको भए पनि हाल संरचना जीर्ण भइसकेको वडाध्यक्ष राजकुमार शेरेङले बताए।

सूर्योदय ९ मा पहिरोले सडक बगायो

यसैबीच, फिक्कल–नयाँ बजार सडककै सूर्योदय नगरपालिका–९ मा पहिरोले सडक बगाएको छ। सडक मर्मतका लागि ३० लाख रुपैयाँ आवश्यक भए पनि प्रदेश सरकारले मात्र पाँच लाख विनियोजन गरेको कारण काम अघि नबढेको स्थानीयवासीको गुनासो छ।

यदि समयमा मर्मत नगरे बर्खामा यातायात पुनः अवरुद्ध हुने चिन्ता व्यक्त गरिएको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved