धरानमा तरुण दलको अधिवेशन सम्पन्न, युवालाई लोकतन्त्र रक्षामा सक्रिय हुन आह्वान

  • वैशाख ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं.१ तथा प्रदेशसभा १(१) र १(२) को अधिवेशन तथा पदस्थापन कार्यक्रम धरानमा सम्पन्न भएको छ।

कार्यक्रममा वक्ताहरुले पछिल्ला दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसको प्रतिकारका लागि युवा पुस्तालाई अग्रसर हुन आह्वान गरेका छन्।

धरान–१२ स्थित पूर्वी स्टार होटलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई अहिले पुनः कमजोर बनाउने षड्यन्त्र भैरहेको बताए।

उनले भने, “२०६२/०६३ को जनआन्दोलनबाट सशस्त्र द्वन्द्वको अन्त्य गर्दै विस्तृत शान्ति सम्झौता गरियो। यही सम्झौताबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो।

तर अहिले त्यही उपलब्धिलाई समाप्त पार्ने ताकतहरू सक्रिय छन्, त्यसविरुद्ध युवाले अग्रसरता लिनुपर्छ।”

धरान उपमहानगर कांग्रेस सभापति श्याम पोख्रेलले तरुण दलका सकारात्मक कार्यमा पार्टी सधैँ साथ रहने बताए। उनले नकारात्मक प्रवृत्तिको पार्टीले समर्थन नगर्ने स्पष्ट गर्दै गल्ती सुधार्ने मनोवृत्तिलाई प्रोत्साहन दिइने उल्लेख गरे।

यसैबीच, तरुण दल सुनसरीका सभापति सिजन गुरुङले पार्टीभित्र गुट उपगुट मौलाउँदै गएको भन्दै त्यसको प्रभावले तरुण दल पनि प्रभावित भएको गुनासो गरे। उनले युवाहरुलाई एकता कायम गरी पार्टीलाई बलियो बनाउने जिम्मेवारी वहन गर्न आग्रह गरे।

५औं क्षेत्रीय अधिवेशनले प्रतिनिधिसभा क्षेत्र नं. १ को सभापतिमा अजय राईलाई चयन गरेको छ। उपसभापतिमा रोशन राई, विशाल बस्नेत, कृष्ण राई, ज्वाला तुलाधर, सचिवमा विमल बुढाथोकी, सुजन खड्का, सहसचिवमा अधिय श्रेष्ठ, जसमान लिम्बु, अशेष लिम्बु, कोषाध्यक्षमा प्रसन्न गुरुङ चयन भएका छन्।

सदस्यमा विनायक ताम्राकार, प्रज्वल श्रेष्ठ, सुदिप राई, सुवास केसी, विसम राई, कुसाङ थेबे, मनकुमार राई, सुभम श्रेष्ठ, प्रभाकर भट्टराई, बलराम सुवेदी, नितेश राई, सुमित्रा कालिकोटे रहेका छन्।

प्रदेशसभा १(क) तर्फ जीवन लिम्बु सभापति, भवानी बास्तोला उपसभापति, रुमित कुमार खत्री सचिव, राजमाया लिम्बु कोषाध्यक्ष र सदस्यहरूमा प्रदीप राई, प्रशान राई, भूपेन राई, विक्रम श्रेष्ठ, सुविहाङ राई, प्रदीप तामाङ, सुरज श्रेष्ठ, अरुणा लिम्बु, मनकुमारी राई, विनोद बस्नेत, रोहित राई, दिवस शाक्य र दिल बहादुर राई रहेका छन्।

प्रदेशसभा १(ख) तर्फ सभापति साजन राई चयन भएका छन् भने उपसभापति रोहित राई, सचिव सुनिल तामाङ, कोषाध्यक्ष बिनु राई र सदस्यहरू प्रताप बस्नेत, फुर्वा शेर्पा, प्रकाश राई, सचिन तामाङ, बालकुमार राई, रमेश तामाङ, अभय बस्नेत, निराजन कार्की र सेमिहाङ राई सर्वसम्मत चयन भएका छन्।

कार्यक्रमका निर्वाचन अधिकृत भरत शाक्यले सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुलाई सपथ गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved