समाचार

    Showing 1,301-1,310 of 10,122 items.
  • धरानमा ९ केजी गाँजासहित दुई युवक पक्राउ

    धरान/ सुनसरीको धरानमा प्रहरीले विशेष सूचनाका आधारमा ९ किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ। साेमबार साँझ करिब ६:२० बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडामा चेकजाँचको क्रममा राजारानीबाट धरानतर्फ आइरहेको को १ ख ६०९० नम्बरको बस रोकेर जाँच गर्दा बसको डिक्कीमा राखिएको कालो रंगको झोलाभित्र लुकाइछिपाई राखिएको ९ केजी लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा उक्त झोला सुनसरीको ईटहरी उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय सुरेश खत्वे र सोही उपमहानगरपालिका–८ बस्ने २० वर्षीय तुलसी पासवानको भएको खुलेको छ। उनीहर

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 1,146 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोरुको मासु खाएको आरोपमा धरानमा ७ जना पक्राउ

    धरान/ गोरु काटेर मासु खाएको आरोपमा प्रहरीले धरानबाट सात जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुका अनुसार पक्राउ पर्नेमा दुई महिला र पाँच पुरुष छन्। पक्राउ पर्नेहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। "अनुसन्धान जारी रहेकाले अहिल्यै नाम खुलाउन मिल्दैन, पछि सार्वजनिक गर्नेछौं," डिएसपी जवेगुले भने। साँस्कृतिक अधिकार संरक्षण समितिले सोमबार आफ्नो १९औं स्थापना दिवस मनाइरहेका बेला प्रहरीले कार्यक्रम स्थलबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो। समितिले प्रत्येक वर्ष साउन ५ गते आदिवासी समुदायको परम्परागत संस्कारको संरक्षणको सन्देशसहित कार्यक्रम गर्दै आएको छ। स

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोशनको उपचार सिद्धिकी दाजुभाइको साथ

    धरान/ कलेजो रोगबाट चार महिनादेखि जीवनमरणको दोसाँधमा रहेका धरान ८ का रोशन राईको उपचारका लागि धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभाइले १३ हजार सहयोग गर्नुभएको छ ।  धरान ८ अरुणटोल सुकुम्बासी बस्तीका रोशन राईको निवासमै पुगेर टेलरिङ व्यवसायमा रहेका अगुवा इम्तियाज सिद्धिकीको तर्फबाट १० हजार र उनका सहोदर कान्छा भाइ नियाज सिद्धिकीले ३ हजार गरि जम्मा १३ हजार रुपैया बिरामीकी श्रीमति शान्ति तामाङलाई नगद हस्तान्तरण गरिएको हो ।  मजदुर नेता भीमज्वाला राईले रोगसंग लडिरहेका रोशन राईका बारेमा समाचार फेसबुकमा पोष्ट गर्नुभएपछि आफुहरुले सहयोग गर्ने इच्छा भीम दाई मार्फत राखेको कु

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राति होटलमा प्रेम, बिहान हत्या: युवती पक्राउ

    जनकपुरधाम/  जनकपुरधामस्थित गेस्टहाउसमा रातको समयमा सँगै बसेका युवक–युवतीबीचको सम्बन्ध रातभरमै हत्या घटनामा परिणत भएको छ। धनुषा प्रहरीले युवकको हत्या आरोपमा २१ वर्षीया एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ परेकी युवती महोत्तरी जिल्लाको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा बस्दै आएकी जुली झा हुन्।उनले महोत्तरी गाउँपालिका–१ पर्साका ३२ वर्षीय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको आरोप लागेको छ। प्रहरीका अनुसार उनीहरूबीच लामो समयदेखि चिनजान थियो र आर्थिक लेनदेन समेत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका&nd

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 1,774 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेजाब खाएका धरानका पुरुषको विराटनगरमा निधन

    धरान/  सुनसरीको धरानमा तेजाब सेवन गरी गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको आइतबार राति विराटनगरस्थित विराट नर्सिङ होममा निधन भएको हो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विकले गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेपछि घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए। तेजाब सेवन गरेपछि उनको अवस्था गम्भीर बनेको थियो। तत्कालै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप जटिल उपचार आवश्यक भएपछि उनलाई विराट

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 935 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिवको पुकार, भक्तजनको उपहार : पिण्डेश्वरमा बोलबमको बहार(भिडियो)

    धरान/  साउन महिनाको पहिलो सोमबार, भगवान शिवको प्रिय दिन। धरान–१४ विजयपुरस्थित पवित्र पिण्डेश्वर मन्दिरमा आज बोलबमका भक्तजनको अभूतपूर्व भिड देखिएको छ। सप्तकोशी नदीको जल बोकेर गेरु वस्त्रधारी भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा लाइन बसेर जल चढाउन आतुर देखिएका थिए। शिवको जयकार, बोलबमका नारा र आस्थाको माहोलले सिङ्गो क्षेत्र भक्तिमय बनेको थियो। भिडियो: साउन सुरु हुनु अघि नै कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले विधिवत रुपमा जलाभिषेक गर्दै पिण्डेश्वरमा बोलबमको सुरुवात गरेका थिए। त्यसयता, विशेषगरी आजको सोमबारको दिन, भक्तजनको लहर नरोकीने गरी देखिएको हो। वृद्ध–वृद्धा, युवा, ब

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा व्यवस्थित शवदाह स्थल निर्माणमा मारवाडी सेवा समितिको सहयोग

    धरान/  देशकै प्रमुख धार्मिक तीर्थस्थल बराहक्षेत्रमा अब व्यवस्थित शवदाह स्थल निर्माण हुन लागेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित दुर्गासाघाट क्षेत्रमा दैनिकजसो अन्तिम संस्कार गरिँदै आए पनि हालसम्म यहाँ व्यवस्थित शवदाह स्थल थिएन । दाउराको अभाव, झरीपानी, भीड व्यवस्थापनको कठिनाइजस्ता समस्या खेप्दै आएका सर्वसाधारणका लागि यो अब सहज बन्ने छ । बराहक्षेत्र क्षेत्रको धार्मिक र सामाजिक महत्वलाई ध्यानमा राख्दै मारवाडी सेवा समिति धरानको आर्थिक सहयोगमा शवदाह स्थल निर्माण गर्न लागिएको हो । शवदाह स्थलको शिलान्यास कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले गरेका

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 433 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज श्रावणको पहिलो सोमबार: शिवको आराधनाले खुल्छ सौभाग्यको ढोका

    सुनसरी/ हिन्दू धर्मावलम्बीहरूका लागि श्रावण महिना अत्यन्त पवित्र र फलदायी महिनाका रूपमा चिनिन्छ। विशेषगरी सोमबारको दिन भगवान् शिवको आराधनामा समर्पित यस महिनामा भक्तजनहरू उपवास, पूजापाठ र मन्त्र–जपमा तल्लीन हुन्छन्। श्रावण महिनामा सोमबार व्रत बस्नाले धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ। विशेषगरी महिलाहरूले मनोकामना पूर्तिका लागि व्रत बस्ने चलन छ भने ब्रह्मचारी, गृहस्थ, विवाहित र अविवाहित सबैले शिवको पूजा गर्न सक्छन्।  धार्मिक ग्रन्थहरू अनुसार श्रावणको सोमबार व्रतले पाप क्षय, मानसिक शान्ति, आरोग्यता र ऐश्वर्य प्राप्त हुन्छ। शिव पुराणमा उल्लेख भएअनुसार समुद्र

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 412 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झुपडीमै पुगेर बिरामीको स्वास्थ्य परीक्षण: निमित्त उपकुलपति डा. शर्माको मानवीय सेवा

    धरान/ धरान–८ अरुणटोलस्थित सुकुम्बासी बस्तीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीएसिस) का निमित्त उपकुलपति तथा वरिष्ठ मुटु र मृगौला रोग विशेषज्ञ प्राडा सञ्जीव शर्मा आफैँ बिरामीको झुपडीमै पुगेर स्वास्थ्य परीक्षण गरेका छन्। कलेजो रोगले ग्रसित ४० वर्षीय रोशन राईलाई आर्थिक अभावका कारण अस्पताल लैजान नसकिएको खबर पाएपछि डा. शर्मा आफैँ बस्तीमा पुगेका हुन्। मजदुर नेता भीमज्वाला राईको अनुरोधमा डा. शर्मा बिरामी राईको घरमै पुगेर सम्पूर्ण स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणपछि डा. शर्माले एक औषधि सिफारिस गर्दै ४ दिनपछि अस्पतालमा भर्ना गरेर पेटको पानी झिक्नुपर्ने जानकारी दिए। आवश्यक स्

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 928 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चिल्ड्रेन ट्यालेन्ट हन्टको उपाधी साहाना र स्मीका ले जितिन

    धरान । गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को ग्रान्ड फिनालेमा साहाना राई र स्मीका सुनुवार विजेता बनेका छन्।शनिबार धरान–१५ स्थीत सदन सभा भवनमा सम्पन्न ग्रान्ड फिनालेमा ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सीजन ५ को जुनियर ग्रुप तर्फबाट धरान मन्टेश्वरी एकेडेमी धरान–१ की छात्रा साहाना राई र सिनियर ग्रुप तर्फबाट डिपी बिलिभर्स स्कुल धरान–५ का छात्रा स्मीका सुनुवार विजेता बनेका हुन्। विजेता साहाना र स्मीकाले जनही नगद पचास हजार, क्राउन, ट्रफी, प्रमाण पत्र, गरिमा डान्स सेन्टर धरानमा एक वर्ष सम्म निशुल्क नृत्य सिक

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 1,189 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved