झुपडीमै पुगेर बिरामीको स्वास्थ्य परीक्षण: निमित्त उपकुलपति डा. शर्माको मानवीय सेवा

  • साउन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–८ अरुणटोलस्थित सुकुम्बासी बस्तीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीएसिस) का निमित्त उपकुलपति तथा वरिष्ठ मुटु र मृगौला रोग विशेषज्ञ प्राडा सञ्जीव शर्मा आफैँ बिरामीको झुपडीमै पुगेर स्वास्थ्य परीक्षण गरेका छन्।

bolbam

कलेजो रोगले ग्रसित ४० वर्षीय रोशन राईलाई आर्थिक अभावका कारण अस्पताल लैजान नसकिएको खबर पाएपछि डा. शर्मा आफैँ बस्तीमा पुगेका हुन्। मजदुर नेता भीमज्वाला राईको अनुरोधमा डा. शर्मा बिरामी राईको घरमै पुगेर सम्पूर्ण स्वास्थ्य परीक्षण गरेका थिए।

परीक्षणपछि डा. शर्माले एक औषधि सिफारिस गर्दै ४ दिनपछि अस्पतालमा भर्ना गरेर पेटको पानी झिक्नुपर्ने जानकारी दिए। आवश्यक स्वास्थ्य सेवा प्रतिष्ठानबाटै निःशुल्क उपलब्ध गराइने पनि उनले बताए।

जनताको डाक्टरको उपमा पाएका डा. शर्मा

डा. शर्मा यसअघि कोशी प्रदेशका दर्जनौं जिल्लामा पुगेर करिब ५० हजारभन्दा बढीको निःशुल्क मृगौला परीक्षण गरिसकेका छन्। केएचडिसी कार्यक्रममार्फत् उनले दुर्गम बस्ती–टोलमै पुगेर उपचार सेवा दिँदै आएका छन्।

सुकुम्बासी बस्तीमा पहिलोपटक यति वरिष्ठ चिकित्सक आएको बताउँदै वडा नं. ८ का अध्यक्ष धनबहादुर राईले डा. शर्माको बस्तीमै स्वागत गरेका छन ।

दाउरा बेचेर गुजारा चलाउँदै आएका राईका श्रीमती शान्ति तामाङले बिरामीको अवस्था गम्भीर बन्दै गएको जनाइन्। जण्डिस र मृगौलाको समस्या भएका राईलाई कलेजो फेर्न करिब १५ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन्। “घर चलाउनै गाह्रो छ, उपचारको खर्च कसरी जुटाउने?” भन्दै आँखा रसाउँदै शान्तिले सहयोगको अपिल गरिन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको पहलमा राईको उपचारका लागि सहयोग जुटाउने अभियान चलिरहेको छ। इच्छुक व्यक्तिले श्रीमती शान्ति तामाङको नम्बर ९७०८२५५३११ मा सम्पर्क गरेर सहयोग गर्न सकिने उनले जानकारी दिए।

तस्वीर: विकास राई

Messenger_creation_D02F0E08-DE4E-4F80-8ABD-1A605C2D3D3D

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved