राति होटलमा प्रेम, बिहान हत्या: युवती पक्राउ

  • साउन ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

जनकपुरधाम/  जनकपुरधामस्थित गेस्टहाउसमा रातको समयमा सँगै बसेका युवक–युवतीबीचको सम्बन्ध रातभरमै हत्या घटनामा परिणत भएको छ। धनुषा प्रहरीले युवकको हत्या आरोपमा २१ वर्षीया एक युवतीलाई पक्राउ गरेको छ।

पक्राउ परेकी युवती महोत्तरी जिल्लाको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा बस्दै आएकी जुली झा हुन्।
उनले महोत्तरी गाउँपालिका–१ पर्साका ३२ वर्षीय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको आरोप लागेको छ।

प्रहरीका अनुसार उनीहरूबीच लामो समयदेखि चिनजान थियो र आर्थिक लेनदेन समेत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका–२३ मा रहेको एस.पी. एण्ड गेस्टहाउसको कोठा नम्बर १०२ मा उनीहरू सँगै बसेका थिए।

राति करिब ३ बजे यादव गम्भीर अवस्थाबाट होटलको पहिलो तल्लाबाट तल खसेको देखिएको छ।
CCTV फुटेजमा उनी नग्न अवस्थामा शरीरभरि काटिएको र रगत बगिरहेको देखिएको प्रहरीको भनाइ छ। केही मिनेटपछि अभियुक्त झा होटलको पछाडिको गेटबाट फरार भएको दृश्य पनि सोही फुटेजमा देखिएको छ।

घटनापछि प्रहरी चौकी जिरोमाइलबाट खटिएको टोलीले गम्भीर घाइते अवस्थामा यादवलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो।
तर, आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

फरार रहेकी झा आइतबार दिउँसो १२ बजे धनुषाबाट महोत्तरीतर्फ भाग्ने क्रममा पक्राउ परेकी हुन्।
धनुषा प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

bolbam

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved