गोरुको मासु खाएको आरोपमा धरानमा ७ जना पक्राउ

  • साउन ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ गोरु काटेर मासु खाएको आरोपमा प्रहरीले धरानबाट सात जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुका अनुसार पक्राउ पर्नेमा दुई महिला र पाँच पुरुष छन्।

पक्राउ पर्नेहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। "अनुसन्धान जारी रहेकाले अहिल्यै नाम खुलाउन मिल्दैन, पछि सार्वजनिक गर्नेछौं," डिएसपी जवेगुले भने।

साँस्कृतिक अधिकार संरक्षण समितिले सोमबार आफ्नो १९औं स्थापना दिवस मनाइरहेका बेला प्रहरीले कार्यक्रम स्थलबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो। समितिले प्रत्येक वर्ष साउन ५ गते आदिवासी समुदायको परम्परागत संस्कारको संरक्षणको सन्देशसहित कार्यक्रम गर्दै आएको छ।

सोमबारको कार्यक्रममा समितिले “गोरु चिन्तन” पुस्तक र लेखक पत्रकार जनकऋषि राईलाई सम्मानसमेत गरेको थियो। कार्यक्रमका सहभागीहरूलाई गोरुको मासुको परिकार खुवाइएको थियो।

समितिले आदिवासी समुदायको परम्परागत अधिकार कुण्ठित भएको भन्दै गोरु काट्न पाउने अधिकारको माग गर्दै आएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved