समाचार

    Showing 1,281-1,290 of 10,122 items.
  • सुनसरीमा प्रहरी देख्नासाथ ६० किलो गाँजा फालेर मोटरसाइकलमै भागे तस्कर

    सुनसरी/लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ तस्करले ठूलो परिमाणको गाँजा फालेर मोटरसाइकलमै भागेका छन्। मिति २०८२ साउन ९ गते राति ९:०० बजेको समयमा जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित खत्वे टोल नहर नजिक लागू औषध ओसारपसार भइरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय देवानगञ्जबाट टोली खटिएको थियो। चेकजाँचको क्रममा देवानगञ्जबाट कप्तानगञ्जतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले प्रहरी टोली देख्नेबित्तिकै पछाडि बोकेको २ वटा सेतो बोरा फालेर तीव्र गतिमा फरार भएको प्रहरीले जनाएको छ। उक्त बोराहरू खोली जाँच गर्दा एक बोरामा रातो प्लास्टिकले बेरेका ३ पोक

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 870 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'म प्रहरी हुँ' भन्दै रकम असुल गर्ने युवक मोटरसाइकलसहित नियन्त्रणमा

    इनरुवा/ सुनसरीको इनरुवामा आफूलाई प्रहरी बताउँदै सर्वसाधारणलाई धम्क्याएर रकम असुल गर्दै हिँडेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति इनरुवा नगरपालिका–९ बस्ने ३० वर्षीय पवन मेहेता हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पवन मेहेता आफू सादा पोशाकमा खटिने प्रहरी हुँ भन्दै विगत केही दिनदेखि सर्वसाधारणलाई धाकधम्की दिँदै रकम असुल गर्दै आएका थिए। उक्त गतिविधिको विशेष सूचनाका आधारमा साउन ८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी पोष्ट पोखरीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पवनलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ चप्राहा क्षे

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट अटोमा ब्राउन सुगर लिएर ईनरुवा जादै गर्दा तीनजना पक्राउ

    ईनरुवा/सुनसरीको ईनरुवामा धरानबाट लागुऔषध लिएर जादै गरेका तीन जना पक्राउ परेका छन्। मिति २०८२ साउन ८ गते दिउँसो ३:३० बजेको समयमा ईनरुवा नगरपालिका–४ बसपार्क नजिकै पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले चिरौलिचोकबाट ईनरुवा आउँदै गरेको को.१ ह. ८९८८ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा अटो चालक धरान–८ निवासी २८ वर्षीय निलन लिम्बु र सवार धरान–६ का १७ वर्षीय कुलबहादुर लिम्बु तथा २४ वर्षीय युवराज लिम्बु पक्राउ परेका हुन्। प्रहरीका अनुसार कुलबहादुर लिम्बु

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 1,551 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती विस्तार

    झापा/ कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए । उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रुपमा कफीखेती भइरहेको छ । पाँच हजारभन्दा बढी किसानले कफीखेती गरिरहेको उनले बताए । हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ । यसको बजार मूल्य लगभग रु २०

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 417 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बोलबममा अग्रवालद्धारा लाखौ भक्तजनलाई निःशुल्क भोजन खुवाउँदै

    धरान/ साउनको पहिलो सोमबारदेखि धरानको पिण्डेश्वर मन्दिरमा बोलबम शुरु भएको छ । गएको सोमबारदेखि नेपाल लगायत भारत सम्मका धर्मालम्वीहरुले यहाँ आएर दर्शन गरि फर्किएका छन् ।पिण्डेश्वर मन्दिरमा सोमबार लगभग ३० हजार भतmजन आएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष विकास बनेपालीले बताए । हरेक सोमबार पिण्डेश्वर मन्दिरमा दर्शन तथा बोलबमको जल चढाउन हजारौं भक्तजनहरूको भीड लाग्ने गर्दछ। त्यहाँ दर्शन गर्न आउने भक्तजनहरुलाई धरानका अग्रवालहरुले निशुल्क रुपमा प्रसाद भोजन वितरण गर्दै आएका छन् । मन्दिरको पुर्वी लाइन नेपाल अग्रवाल सभा एवम् नेपाल महिला अग्रवाल मन्चले त्यहाँ आउने भक्तजनको लागि उक्त निशुल्क प्रसाद

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 845 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषक हैरान भएपछि पाँचथरमा बाँदर धपाउने कर्मचारी नियुक्त

    धरान/  पाँचथरको कुम्मायक गाउँपालिका–१ मा बाँदर आतंक नियन्त्रण गर्न वडाले बाँदर हेरालु कर्मचारी खटाएको छ । कृषकको अन्नबाली जोगाउन तथा बाँदरको समस्या समाधानका लागि यसअघि विभिन्न उपाय अवलम्बन गरिए पनि समस्या झन् बढेपछि यो कदम चालिएको हो । वडाको बजेटबाट गाउँपालिकाका ९ वटै वडामा १/१ जनाका दरले ९ जना बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता देवेन्द्रकुमार लावतीले जानकारी दिए । उनका अनुसार गाउँबाट युवा जनशक्ति पलायन भइरहँदा थोरै बाँकी खेतबारीमा लगाइएको बालीसमेत बाँदरले सखाप बनाउने गरेको छ । जंगली जनावर विशेषगरी बाँदरले अन्नबाली सिध्याइदिने, घरआँगनमा पसेर

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 616 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ०८४ मा एमाले पहिलो हुन्छ: प्रसाईको दाबी, भण्डारी प्रवेशविरुद्ध कडा असहमति

    झापा/नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले आगामी २०८४ सालको निर्वाचनमा एमाले देशकै पहिलो शक्ति बन्ने दाबी गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित पार्टी प्रवेशप्रति कडा असहमति जनाएका छन्। झापाको काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा नेकपा संस्थापक नेता कमरेड पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रसाईले “विद्यादेवी भण्डारीलाई पार्टीमा ल्याउने प्रयास गलत दिशातर्फको कदम हो” भन्दै स्पष्ट अभिव्यक्ति दिएका हुन्। प्रसाईले नामै लिएर भने, “डा. शेखर कोइराला, बालेन साह, माधव नेपाल, प्रचण्ड, भीम रावलजस्ता

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 460 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इगो र गुटको राजनीति: रास्वपा इटहरीको झगडा उच्च अदालतसम्म

    इटहरी/ नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, परिवर्तन र शुद्ध राजनीतिका नारामा अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरीमा गुट र इगोको राजनीतिमा जकडिँदै अदालतको ढोका ढकढक्याउन पुगेको छ। इटहरी नगर समितिको श्रावण १० मा तय नगर अधिवेशन रोक्न उच्च अदालतसम्म पुगेको घटनाले रास्वपाभित्रको गम्भीर संकट सतहमै ल्याएको छ। सुनसरी, इटहरी उपमहानगरपालिकासँग सम्बन्धित पार्टी पदाधिकारीबीच अहंकार र गुटगत प्रतिस्पर्धा चरम रूप लिँदा समग्र पार्टी संगठन प्रभावित भएको छ। गुट विशेषका नेताहरु एकअर्कालाई निष्क्रिय पार्ने र आफ्ना मान्छे जथाभावी नियुक्त गर्ने दौडमा लाग्दा पार्टीभित्र अनुशासन, पारदर्शिता र

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 621 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगरसहित ईटहरीका दुई युवा नियन्त्रणमा

    ईनरुवा/ सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको चिरौलीचोकबाट लागूऔषधसहित दुई युवा पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको संयुक्त टोलीले साउन ७ गते साँझ ६:३० बजे ईटहरीबाट ईनरुवा तर्फ पैदल आइरहेका दुई युवालाई चेकजाँच गर्दा साजन श्रेष्ठको साथबाट ३.०६ ग्राम ब्राउन सुगर लागूऔषध फेला पारेको हो। पक्राउ पर्नेमा जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका–१ का २२ वर्षीय साजन श्रेष्ठ र सोही स्थानका २३ वर्षीय कृष्ण मगर

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 803 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशको आर्थिक ऐन जनतामै भार: लक्षित वर्गलाई सेवा होइन सास्ती

    धरान/ कोशी प्रदेश सरकारले लागू गरेको आर्थिक ऐनले सेवाग्राहीलाई राहत दिनुको साटो झन् झन्झट थपिदिएको छ। विशेषगरी मालपोत कार्यालयमा महिलालगायत लक्षित वर्गले जग्गा पास गर्दा पाइने छुट सुविधा लिन अब थप कागजी झमेला बेहोर्नुपर्ने अवस्था आएको छ। ‘घर–घरमा सिंहदरबार’ नारासहित जनमुखी सेवा दिने भनिएको सरकारी व्यवस्था अहिले जनतालाई हैरानी दिने माध्यम बनेको छ। यसअघि नागरिकता वा परिचय खुल्ने कागजात देखाएर सहजै छुट पाइन्थ्यो भने अब भने स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ। धरान–६ पानबारीस्थित मालपोत कार्यालयमा इलामबाट आइपुगेकी उर्मिला राईले भनिन्, “महिला हो भन्ने प्रमाण

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved