समाचार

    Showing 1,131-1,140 of 10,122 items.
  • मलाई असफल बनाउने र साथ दिनेलाई नियालेर काम गर्छुः उपकुलपति डा.बिक्रम श्रेष्ठ

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल हुने छुट नहुने प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. बिक्रम श्रेष्ठले बताउनु भएको छ । शुक्रबार नेकपा (एमाले) का नेतृत्व तथा मजदुर नेताहरुसंग कुराकानी गर्नुहुँदै उपकुलपति डा. श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । वहाँले भन्नुभयो मेरो नियुक्ती भलै राजनीतिक हो तर म कुनै राजनीतिक आग्रह पूर्वाग्रह बीना सबैको साथ र सहयोग लिएर काम गर्छु ।म प्रतिष्ठानमा २५ वर्षदेखि काम गरिरहेको छु, म धरानबासी हुँ, यस अघि शिक्षाध्यक्ष भएर काम गरेको अनुभव पनि छ, मलाई असफल बनाउनेहरु पनि छन् र साथ दिनेहरु पनि छन् सबैलाई नियालेर काम गर्छु डा. श्रेष्ठ

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 796 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • "भुकम्प २०४५"स्मरण गर्दै सचेतनाका लागि दिप प्रज्वलन

    धरान/  भदौ ०५ गते धरानले हरके साल २०४५ सालको भुकम्पको स्मरण गर्दै विविध कार्यक्रम गरिन्छ । हरेक साल यो दिनलाई कालो दिनको रुपमा धरानले सम्झने गरेको छ । जुन दिन सन १९८८ वि.सं. २०४५ साल भदौ ५ गते विहान ५ बजे आएको विनाशकारी भूकम्पले धरान सहित सम्पूर्ण पूर्वाञ्चललाई ठूलो क्षति पुर्‍याएको थियो भने सवैभन्दा धेरै धरानमा धनजनको क्षति हुन पुग्यो । ‘उदयपुर भूकम्प’ भनेर चिनिने यो भूकम्पको केन्द्र उदयपुर जिल्लामा रहेको भए पनि यसको ठुलो प्रभाव धरानमा पनि देखिएको थियो ।त्यो वेला भूकम्पले देशभर ठुलो जनधनको क्षति गरेको थियो भने धरान नगर क्षेत्रका १ सय २२ जना मानिसले ज्यान गुमाएका थि

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सबै सब्जी बजार अब बिहान ५ बजेबाट मात्र खुल्ने(भिडियो सहित)

    धरान/  धरान उपमहानगरपालिकाले कृषि थोक बजार र अन्य सबै सब्जी बजारको सञ्चालन समय एकरूप पार्दै बिहान ५ बजेबाट मात्र खुल्ने निर्णय गरेको छ। यो निर्णय बिषादी परीक्षणलाई प्रभावकारी बनाउने र थोक–खुद्रा बजारको व्यवस्थित सञ्चालन सुनिश्चित गर्न गरिएको हो। भिडियो : नेपाल सरकारले तरकारीमा बिषादी परीक्षण अनिवार्य गरेपछि किसान र व्यापारीहरुले डरले थोक बजार छलेर सिधै खुद्रा बजार तथा इटहरी, इनरुवा र विराटनगरतर्फ तरकारी पठाउन थालेका छन्। गत पटक २४ सय किलो काउली र १९ किलो रायोको साग बिषादीयुक्त भेटिएर नष्ट भएको थियो, जसले थोक बजारमा तरकारी आपूर्ति घटाएको छ। बजारका व्यवस्थापक लक्ष्मण भट्टरा

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 1,402 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बजेट विवादः कर्मचारी तलब र योजनाको भुक्तानीसमेत रोकियो

    धरान/  एक महिनादेखि बजेट पारित नहुँदा धरान उपमहानगरपालिका बजेट संकटमा परेको छ। नगर प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख इन्द्रविक्रम बेघाबीचको मतभेद तथा राजनीतिक समन्वय अभावका कारण चालु आर्थिक वर्षको बजेट अहिलेसम्म नगरसभाबाट पारित हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आवको बजेट असार १० भित्र पारित गर्नुपर्ने व्यवस्था भए पनि यसपटक सो पालना नभएपछि विकास निर्माण, कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता वितरण, सार्वजनिक सेवा तथा अन्य आर्थिक कारोबार रोकिएका छन्। गत वैशाख ३० गते उपप्रमुख बेघाको नेतृत्वमा सम्पन्न राजस्व परामर्श समितिले करिब रु. १ अर्ब ६० करोड १५ ला

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 870 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सुनसरीका २८ वर्षीय युवाको मृत्यु

    विराटनगर/  विराटनगर महानगरपालिका–४ दुधफारम चोकमा बुधबार राति भएको सडक दुर्घटनामा सुनसरीका एक युवकको ज्यान गएको छ । प्रहरीका अनुसार राति करिब साढे ८ बजे चेकजाँचका लागि रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले चेकजाँचका लागि रोकेका बेला पछाडिबाट आएको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल तीव्र गतिमा ठोक्किँदा दुर्घटना भएको हो । गम्भीर घाइते भएका चालक चौधरीलाई उपचारका लागि नोबेल अस्पताल विराट

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 964 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गौर हत्याकाण्ड छानबिनको परमादेश: भुमि विधेयकसँग जोड्दै जसपाको धरानमा विरोध

    धरान/  भूमि विधेयकलाई राष्ट्रिय सभाबाट पारित गराउन सरकार सर्वोच्च अदालतमार्फत गौर हत्याकाण्ड मुद्दा ब्युँताएको आरोप लगाउँदै जसपा नेपालले बुधबार धरानमा विरोध कार्यक्रम गरेको छ। अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जसपाले भानुचोकमा विरोधसभा आयोजना गरेको थियो। कार्यक्रममा सम्बोधन गर्दै जसपा नेपाल धरानका अध्यक्ष ताजुब लिम्बुले सरकारले राजनीतिक प्रतिशोध लिएको भन्दै आक्रोश पोखे। सर्वोच्च अदालतले करिब १९ वर्ष पुरानो गौर हत्याकाण्ड छानबिन गर्न परमादेश जारी गरेपछि राजनीतिक वृत्त ततिएको छ। २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा माओवादी र मधेशी जनाधिकार फोरमबीचको झडपमा २७ जनाको विभत्स

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 688 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगर अस्पताल स्थापना सम्बन्धी छलफल, सहमति जुट्न सकेन

    धरान/  धरान उपमहानगरपालिकाले नगर अस्पताल स्थापना गर्नेबारे बुधबार राजनीतिक दल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  सँग छलफल गरेको छ। धरान–१ छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल स्थापना गर्ने विषयमा छलफल गर्न मेयर हर्कराज राईले दिउँसो २ बजे विभिन्न दलका नेता र विपी प्रतिष्ठानलाई बोलाएका थिए। स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म मात्र विपी प्रतिष्ठानलाई स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र रहने निर्णय गरेपछि नगरको आफ्नै अस्पताल वा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको हो। करिब डेढ घण्टा चलेको छलफलमा सहमति भने जुट्न सकेन। दलका

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदैः कोठाबाट सुरु भएको योजना अब मञ्चमा पुर्‍याउन सकिने

    इटहरी/ कोशी प्रदेशमा रहेका नव–उद्यमी र व्यावसायिक सोच बोकेका युवाका लागि ‘पिचफेस्ट १.०’ नामक स्टार्टअप तथा प्रोटोटाइप पिचिङ प्रतियोगिता हुने भएको छ । नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशले आयोजना गर्न लागेको यो प्रतियोगिताले प्रदेशभित्र उद्यमशीलतालाई थप सहज र प्रेरणादायी बनाउने उद्देश्य लिएको छ । मञ्चका प्रदेश अध्यक्ष सुशान प्रधानका अनुसार, पिचफेस्ट विशेषगरी आफ्नै व्यवसायलाई नयाँ उचाइमा पु-याउन चाहने तथा व्यावहारिक प्रोटोटाइपसहितको स्टार्टअपमा लागेका व्यक्तिहरूका लागि महत्त्वपूर्ण अवसर हुनेछ । उनले भने, ‘यो कार्यक्रम केवल प्रतिस्पर्धा मात्र होइन, उद्

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मजदुर भवन निर्माणमा अध्यक्ष भीमज्वाला राईद्धारा ३० हजार सहयोग

    इटहरी/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीको भवन निर्माण अभियानमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले नगद ३० हजार सहयोग गरेर अभियानलाई साथ दिएकाछन् । बुधबार संगठन कोशी प्रदेश कमिटीले आयोजना गरेको यातायात मजदुर भवन निर्माण सम्बन्धी प्रदेश स्तरिय अगुवा भेलामा केन्द्रीय अध्यक्ष राईले ३० हजार दिने घोषणा गरेकाहुन् । इटहरी स्थित टाफिक प्रहरी कार्यालय उत्तरतर्फ पूर्व पश्चिम राजमार्गसंगै जोडिएको संगठनको दश धुर जग्गामा संगठनले दुइतले भवन बनाउने तयारी स्वरुप बुधबार इटहरीमा भेला आयोजना गरेको संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामाले जानकारी दिए । भवनको तल्लो तलामा ४ कोठा र माथ

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ४ क्षितिज डाँडामा सडक अवरुद्ध : सर्वसाधारणलाई सास्ती

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ४ मा रहेको पर्यटकीय क्षेत्र क्षितिज डाँडामा गएको पहिरोका कारण स्थानीयको धरानको मुख्य बजारसँग सम्बन्ध विच्छेद भएको छ भने त्यहाँ होटल व्यवसायीहरु व्यवसाय नचल्दा निराश बनेका छन । विगत केही दिनदेखि आएको लगातार बर्षाका कारण क्षितिज डाँडासम्म पुग्ने सडक ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएपछि यहाँका सर्वसाधारणले सास्ती भोग्नु परेको छ भने होटल व्यवसाय ठप्प हुदा व्यवसायीहरु चिन्तित बनेका छन् । धरान उपमहानगरपालिका वडा नं. ४ मा पर्ने सारंगा छेउमा रहेको क्षितिज डांडाको सडक पहिरोले भत्काएपछि स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ भने होटल सञ्चालकहरु होटल व्यवस

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved