धरान/ नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुँदै आएको कोशी प्रदेश अन्तर–विद्यालय डिआइजी कप फुटबल प्रतियोगिता यस वर्ष पुनः सुरु हुने भएको छ। राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको प्रतिष्ठित प्रतियोगिता पुष ९ देखि १० गतेसम्म भव्य रूपमा हुने विद्यालयले मङ्गलवार पत्रकार सम्मेलनमार्फत जनाएको छ। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले २०५८ सालदेखि सुरू गरिएको डिआइजी कपलाई विद्यालय तहकै प्रतिभा चम्काउने प्रमुख मंच भएको उल्लेख गर्दै,“विद्यालय तहबाटै खेलकुद प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्नु नै प्रतियो
धरान/ धरानमा लागू औषध ओसार–पसार गर्दै गरिएको गस्ती निगरानीपछि प्रहरीले ठूलो परिमाणमा ट्रामाडोल र स्पास्पेनसहित एक युवकलाई पक्राउ गरेको छ। साेमबार दिउँसो करिब ३ः३० बजे, धरान उप–महानगरपालिका–१४ स्थित पिण्डेश्वरी कलेज पछाडिको क्षेत्रमा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट विजयपुरबाट खटिएको प्रहरीले नियन्त्रण संचालन गरेको हो। जाँच–पडतालका क्रममा धरान–१५ बस्ने २७ वर्षीय सनम लिम्बुको साथबाट ट्रामाडोल ३०० क्याप्सुल र स्पास्पेन २४० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। लागुऔषध तथा नियन्त्रित औषधीसहित पक्राउ परेका
झापा/ झापामा निर्माण भइरहेको सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजनाले झापालाई देशकै दोस्रो ठूलो इन्धन हबको रूपमा स्थापित गर्ने संकेत देखिएको छ। नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालले परियोजना सम्पन्न भएपछिको इन्धन आपूर्ति पूर्ण सुरक्षित हुने र नाकाबन्दी तथा हड्ताल जस्ता परिस्थितिले अब देशमा इन्धन अभाव नल्याउने दाबी गरेका हुन्। मेचीनगर नगरपालिकाले सोमबार आयोजना गरेको ईआइएसम्बन्धी सर्वदलिय वैठकमा बोल्दै बरालले भारतको सिलीगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन विस्तारको तयारी तीव्र गतिमा भइरहेको बताए। सिलीगुडीदेखि मेची पुलसम्म ३६ किलोमिटर र मे
धरान/ सुनसरी जिल्ला-व्यापी ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण आजका रोचक दुई खेल हुदै छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा जारी ‘सुनाखरी एकेडेमी कप–२०८२’ आज दुई रोमाञ्चक खेलसँग झनै तातेको छ। आजका खेलप्रति दर्शकको उत्साह पनि उच्च देखिएको छ। पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ जहाँ ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुल र प्रभात सेकेन्डरी बोर्डिङ स्कुल बीच रोमाञ्चक प्रतिस्पर्धा हुने छ। दुबै टोली पछिल्ला खेलमा आक्रामक खेल प्रस्तुत गर्दै आएका कारण आजको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ। यस्तै, दोस्रो खेलमा सैनिक आवासीय मा.वि. र आयोजक टोली सुनाखरी
सुनसरी/ धरान–१५ स्थित ङाग्युर ङ्युङ्ने ल्हाखाङ गुम्बाले सोमबार पत्रकार सम्मेलन गर्दै २०८२ सालको भव्य धार्मिक तथा सांस्कृतिक महोत्सवको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ। गुम्बाका अध्यक्ष लोकबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा प्राचीन बौद्ध परम्पराको संरक्षण, प्रवर्द्धन र धरानको धार्मिक–पर्यटन विकासलाई सुदृढ बनाउने उद्देश्यले यस वर्ष पनि महोत्सव धुमधामसँग आयोजना गरिने उल्लेख छ। बौद्ध धर्मको आदिकालीन प्रसङ्ग, भगवान बुद्धले विभिन्न रूप धारण गरी धर्मचक्र प्रवर्तन गरेको विवरणदेखि लिएर तिब्बतका राजा ठ्रीसोङ देउचेनको शासनकालमा गुरु पद्म सम्भव (गुरु रिन्पोछे) र शान्त रक्षितलाई नेपाल हुँ
सुनसरी/ सुनसरी उद्योग वाणिज्य संघको २०८२ मंसिर ८ गते बसेको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गरी संघको नेतृत्व संरचना पूर्णता दिएको छ। अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा भएको उक्त बैठकले वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान, प्रथम उपाध्यक्ष रामस्वरुप शर्मा, द्वितीय उपाध्यक्ष किसन मास्के र तृतीय उपाध्यक्षमा राजेश अग्रवाललाई चयन गरेको हो। त्यसैगरी, उद्योग सचिवमा नारायण लिम्बु, वाणिज्य सचिवमा नविन राजभण्डारी, प्रचार तथा संगठन सचिवमा विष्णु बराल, महिला सचिवमा वर्षा अग्रवाल र सह–कोषाध्यक्षमा राजु साह छानिएका छन्। महासचिव प्रभाव खतिवडा र कोषाध्यक्ष शैलेसकुमार आचार्य (प्रमोद) भने पहिलो बैठ
धरान/ सुनसरीको धरानतर्फ आउँदै गरेको पिकप गाडीबाट प्रहरीले ठूलो परिमाणको अवैध लागुऔषध गाँजा बरामद गरेको छ। तातोपानीबाट धरानतर्फ आउँदै गरेको को १ ज २१७८ नम्बरको गाडीमा गरिएको चेकजाँचका क्रममा प्रहरीले ५० केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमा गाडी चालक धनकुटा सागुरीगढी–९ का खड्गबहादुर मगराती र सहचालक दुर्गे विक रहेका छन्। उनीहरूलाई विष्णुपादुका प्रहरी चौकी, सुनसरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा पठाइएको छ। इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईका अनुसार चेकजाँचका क्रममा गाडीको प
काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं खेलमा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोडेको हो । विराटनगरको पारीमा कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसके पनि मध्यक्रमका शुभम रञ्जने र बसिर अहमदले जुझारु पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याए । शुभम रञ्जनेले २९ बलमा २ चौका र २ छक्काको मद्दतले ३७ रन बनाए भने बसिर अहमदले ३५ बलमा ३ छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए। ओपनर मार्टिन गुप्टिल १३ रन र जर्ज मुन्से १० रनम
धरान/ आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ। आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन तीन नयाँ विधा थपिएको छ। कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदै अवार्डलाई देशभरबाटै ध्यान तान
झापा/ भारतबाट नेपालतर्फ लागुऔषध लुकाइछिपाई ल्याउँदै गरेका एक युवक भद्रपुरमा पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–५ मेचिपुल नजिक नियमित गस्तीमा खटिएको वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले मंसिर ७ गते साँझ करिब ७:४० बजे बिर बहादुर कुमाल (३१), स्थायी ठेगाना अर्जुनधारा नगरपालिका–२ खुदुनाबारीलाई शंका लागि चेकजाँच गर्दा लागुऔषधसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कुमाल भारतबाट पैदलमार्ग हुँदै नेपाल प्रवेश गर्ने क्रममा थिए। चेकजाँचका क्रममा उनको मलद्वारभित्र प्लास्टिकमा प्याक गरी लुकाएर ल्याइएको ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ। बरामद पदार्थसहित तौल गर्दा ८ ग्राम ९० मिलिग्रा