समाचार

    Showing 1,001-1,010 of 10,003 items.
  • धरान स्कुल सिङ्गिङ च्यालेन्ज : सेमिफाइनलबाट १८ उत्कृष्ट प्रतिभा फाइनलमा

    धरान/ धरानमा जारी “धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८२” (सिजन–२) को सेमिफाइनल शनिबार सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा धमाकेदार रूपमा सम्पन्न भएको छ। याडिकल लाइट नेपाल प्रा.लि.ले आयोजना गरेको प्रतियोगितामा पहिलो अडिसन पार गरेका ३८ जना प्रतिस्पर्धीमध्ये १८ जनाले फाइनलको यात्रा तय गरेका छन्। फाइनलमा प्रवेश गर्नेहरूमा मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा, लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल लगायत रहेका छन्। त्यस्तै, बिजयपुर सेकेन

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चोत्लुङ पार्कमा सिरिजंगा पाण्डुलिपि विज्ञानालय स्थापना हुने

    धरान/ कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिने तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा रहेको ऐतिहासिक चोत्लुङ पार्कमा सिरिजंगा पाण्डुलिपि विज्ञानालय स्थापना हुने भएको छ। लालीगुराँस नगरपालिकाले विज्ञानालय स्थापनाको तयारीलाई अघि बढाइरहेको छ। सोही तयारीअन्तर्गत नगरप्रमुख अर्जुनबाबु मावुहाङले विज्ञहरूसँग राय–सल्लाहका लागि विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसअघि राजधानी काठमाडौंमा अन्तरक्रिया सम्पन्न भए पनि आइतबार सुनसरीको धरानस्थित रत्न इन होटलमा पुनः अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। मेयर मावुहाङले प्रस्तुत गरेको कार्यपत्रमा विज्ञाना

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 894 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फुर गेल्जे शेर्पा नेपाल पर्वतारोहण संघको अध्यक्ष निर्वाचित

    काठमाडौँ/ पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्व चयन भएको छ। संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाए। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा निर्वाचित भएका छन्। सचिवमा चन्दन थापा विजयी भएका छन् भने कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाबीच समान मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ। यसैगरी सद

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुटकेसभित्र भेटिएकी महिलाको सनाखत, भारतमा विवाह गरेर बसेकी थिइन्

    सुनसरी/  रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुठवलबा गेट नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक गौर नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुवी शाह सुडी हुन्। उनको मूल घर माधवनारायण नगरपालिका–६ हो भने उनले भारतमा विवाह गरेकी थिइन्। चार वर्षीय छोरा पढाउनका लागि रुवी गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा बस्दै आएकी थिइन्। सुटकेसभित्र कुईनो र घुँडा जोडेर प्याक गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। नाकबाट रगत बगेको देखिए पनि शरीरमा क

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 1,134 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

    सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा शनीबार प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। शनीबार दिउँसो १ः४० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका दुई जनामाथि चेकजाँच गर्दा लागुऔषध बरामद गरेको हो। प्रहरीले मोरङको केरावारी गाउँपालिका–८ बस्ने २२ वर्षीय लक्ष्मण कट्वाल र २८ वर्षीय गुमानसिंह घोरसानेलाई नियन्त्रणमा लिएको छ। कट्वालले मलद्वारमा च्यापी लुकाइराखेको अवस्थामा ब्राउन सुगर  ३.२३ ग्राम (तीन ग्राम दुई सय

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 759 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले लेटाङ अधिवेशनः भण्डारी समूहका उम्मेदवार तेब्बर मतले पराजित, संस्थापन पक्षको ‘क्लिन स्वीप’

    विराटनगर/नेकपा (एमाले) लेटाङ नगर कमिटीको अधिवेशनमा खुलेर लाग्दा संस्थापन पक्षको टिमले क्लिन स्वीप गरेको छ । पछिल्लो समय गुटगत गतिविधिमा सकृय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेता विनोद ढकाल लागेपनि संस्थापन पक्ष मौन थियो । तर, गुटगत गतिविधि निश्कृय पार्न यसपटक एमालेको संस्थापन पक्ष खुलेर लाग्दा भण्डारी समूहले लेटाङ नगर अधिवेशनमा लज्जास्पद पराजय व्यहोरेको हो ।  भण्डारी समूहका ढकाल ती नेता हुन् जो बहालबाला केन्द्रीय सदस्य र कोशी प्रदेश सह–इन्चार्जको जिम्मेवारीमा हुँदाहुँदै तल झरेर प्रदेश अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । सो कुरा कार्यकर्ताले नरुचाउँदा उनलाई पराजित गरिदि

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिका : सुनसरीकै उत्कृष्ट, प्रदेशमा पाचौँ स्थानमा

    सुनसरी/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा वराहक्षेत्र नगरपालिका लगातार तेस्रो वर्ष पनि सुनसरीकै उत्कृष्ट पालिका बन्न सफल भएको छ। जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको वराहक्षेत्रले यसपटक १०० मध्ये ८५.७५ अंक प्राप्त गर्दै उपमहानगरपालिका र गाउँपालिकालाई पछि पार्दै पहिलो स्थान हात पारेको हो। प्रदेशस्तरमा भने वराहक्षेत्रले ५औँ स्थान सुरक्षित गरेको छ। इलामको सूर्यदय नगरपालिका (९०.५० अंक) पहिलो, इलाम नगरपालिका दोस्रो, विराटनगर महानगरपालिका तेस्रो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका चौथो र झापाको कन्क

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 1,005 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहवीमा आठौँ श्री गणेश पूजा महोत्सव हुने

    इटहरी/  सुनसरीको दुहवीमा श्री गणेश चतुर्थीको अवसरमा आठौँ श्री गणेश पूजा महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं। ५ स्थित श्री शिब मन्दिर छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा भदौ ११ गते देखि १३ गते सम्म श्री गणेश पूजा महोत्सव हुँने शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश पूजा समितिका सदस्य रितेश हलुवाईले जानकारी दिए । उक्त गणेश पूजा महोत्सवमा अनुमानित पन्ध्र लाख खर्च हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिका वडा नं। ५ मा सात वर्ष देखि मनाउदै आएको श्री गणेश पूजा महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी नै तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताइएको हो । गणेश

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भाटभटेनीको मनोमानी राज,ईआईए प्रतिवेदन स्विकृत विनै सन्चालन

    विराटनगर । नेपालका चर्चित सुपरमार्केट व्यवसायी मिनबहादुर गूरुङ र उनकी धर्मपत्नी सावित्रा गुरुङले उदघाटन गरेको झापाको दमक स्थित भाटभटेनी सुपरमार्केट वातावरण प्रभाव मुल्यांङकन प्रतिवेदन (इआईए) स्विकृत नभै सञ्चालनमा आएको खुलेको छ । दमक नगरपालिका ९ चिया दोकानमा २७ औ शाखाका रुपमा निर्माण भै गत २३ माघ २०८१ देखी औपचारिक उदघाटन भएर सञ्चालनमा आइसकेको उक्त्त भाटभटेनी सुपरमार्केटको अझै ईआईए प्रतिवेदन स्विकृत भैनसकेको खुलेको हो । झण्डै डेढ करोडको लागतमा २ लाख बर्गफिट क्षेत्रफलमा रहेको १लाख ५० हजार वर्गफिटको भवन रहेको उक्त्त दमक सुपरमार्केटको ईआईए प्रतिवेदनका लागि भाटभटेनीले कोशी प्रदेशको वतावरण मन्त्राल

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 647 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिरोले भोटखोलाको कोशी राजमार्ग तीन दिनदेखि सडक अवरुद्ध

    संखुवासभा । कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुंगुंग खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ । खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो । उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुंगा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ । ‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्न सकिने अवस्था छैन । भिरालो भूभाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ,’ उनले भने । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 644 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved