सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–७ चाँदवेलामा सशस्त्र प्रहरीले चलाएको विशेष अपरेसनबाट डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ । ठूलो परिमाणको अवैध पदार्थसहित एक युवक पक्राउ परेका छन् । बिहीबार बिहान दक्षिणतर्फ गइरहेको बा १५ च २१७३ स्कारपियो र को २७ प ८३३१ मोटरसाइकल चेकजाँचका क्रममा प्लास्टिकका प्याकेटमा बेरिएको १ क्विन्टल ५३ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले जानकारी दिए । चाँदवेलाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जको टोलीले अपरेसन सञ्चालन गरेको थियो । नियन्त्रणको
सुनसरी/ जेनजी आन्दोलनपछि सामान्य अवस्था फर्किएको सुनसरीमा उद्योगी–व्यवसायीलाई निश्चिन्त भएर उद्योग–व्यवसाय सञ्चालन गर्न जिल्ला प्रशासन प्रमुख बासुदेव घिमिरेले आह्वान गरेका छन्। आन्दोलनका कारण उत्पन्न अस्पष्ट वातावरण अब दोहोरिन नदिने विश्वास दिलाउँदै उनले व्यवसायिक गतिविधि आत्मविश्वासका साथ अघि बढाउन आग्रह गरे। बुधबार सुनसरी उद्योग वाणिज्य संघ, धरानले आयोजना गरेको ‘स्वागत तथा फेरि भेटौँला–शान्ति सुरक्षा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै घिमिरेले आन्दोलन र अपराधबीच स्पष्ट भिन्नता रहेको बताए। उनले आन्दोलनको नाममा अपराध गर्ने तीन जनालाई पक्राउ गरिसकेको जानकारी दिंदै,
सुनसरी/ बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बनेको छ। केही वर्षअघिसम्म सुनसान रहने यो क्षेत्र अहिले सूर्यास्तको मनमोहक झल्को, नदी किनारको खुला भू–दृश्य, क्याम्प फायर, रिसोर्ट र खानापसलको विस्तारसँगै दैनिक हजारौँको भेटघाट बढेको छ। स्थानीय व्यवसायी बिकुल श्रेष्ठका अनुसार मङ्सिर १ देखि सुरु गरिएको क्याम्प फायर सेवा विशेष रूपमा लोकप्रिय बनेको छ। उनका अनुसार अहिले १० जना कामदारसहित क्याम्प फायर सञ्चालनमा छ र स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा स्वाद लिन आउनेको
धरान/ कोशीटप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा जैविक विविधता संरक्षण र विपद् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आरक्ष र वरपरका क्षेत्रमा अप्ठ्यारो अवस्थामा सेना ‘सबैभन्दा पहिले र अन्तिम भरोसा’का रुपमा खटिइरहेको छ, जसले स्थानीय समुदाय, पर्यटक र वन्यजन्तुका लागि सुरक्षित वातावरण सुनिश्चित गरिरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले प्रकृति संरक्षण र जैविक विविधता कामय गर्ने सन्दर्भमा सेना अहोरत्र खटिइएर महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । “कोशी टप्पुमा सेनाको मुख्य जिम्मेवारी वन्यजन्तु संरक्षण गर्नु र अवैध चोरी, सिकारी
सुनसरी/ धरान उपमहानगरपालिका–११ मा मङ्गलवार मध्यराति एक किशोरमाथि धारिलो हतियार प्रहार भएको छ। राति करिब १ः३० बजे घर बाहिर निस्किएका लाक्पा राईका १५ वर्षीय छोरा आकाश राईमाथि तीन जनाको समूहले अचानक आक्रमण गरेको प्रहरीले जनाएको छ। हतियार प्रहारबाट आकाश गम्भीर घाइते भएका छन्। उनको बायाँ कुममा गहिरो चोट लागेको र तत्कालै धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ। आक्रमणमा संलग्न तीनै जनाको पहिचान खुलेको छैन। घटनापछि फरार उनीहरूको खोजी कार्य इलाका प्रहरी कार्यालय धरानले तीव्र बनाएको छ। प्रह
सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ६० एम्पुल प्रतिबन्धित औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ १६:१२ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको टोलीले उदयपुर, चौदण्डीगढी–६ का ३० वर्षीय नाम्सु आले मगरलाई पूर्वबाट पश्चिमतर्फ पैदल हिँडिरहेका बेला शंकास्पद देखिएपछि रोकेर चेकजाँच गरेको थियो। खानतलासीका क्रममा उनले बोकेको झोलाभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र ब्रुपेनोर्फिन २० एम्पुल लगाय
धरान/ औषधि ऐन २०३५ को संशोधित दफा ११ का केही उपदफा व्यवसायिक, नैतिक तथा संवैधानिक रूपमा अमान्य रहेको निष्कर्ष निकाल्दै औषधि व्यवसायीहरू देशव्यापी रूपमा आन्दोलन चर्काउने तयारीमा छन् । नेपाल औषधी व्यवसायी संघको पहलमा गठित राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समिति ले सरकारलाई बारम्बार ध्यानाकर्षण गराए पनि माग सम्बोधन नभएपछि कडा आन्दोलन गर्ने निर्णय लिएको हो । तिमीले संगठनले जनाएको अनुसार, दफा ११ का केही उपदफा व्यवसायिक संरक्षणका आधारभूत मापदण्ड विपरीत रहेका छन् । व्यवहारमा अन्यायपूर्ण र अनुपयुक्त देखिएको तथा यसले औषधि व्यवसायीको पेशागत वातावरण नै प्रभावित गरेका कारण ती उपदफा खारेज गर्न
मोरङ/ विराटनगर–१३ मा लागूऔषध कारोबार हुँदै आएको सूचनाका आधारमा प्रहरीले गरेको छापा मारामा २ जना अभियुक्त पक्राउ परेका छन्। मंसिर ०९ गते प्राप्त विशेष सूचनाअनुसार इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का उपेन्द्र यादव र अजय कुमार यादव रहेका छन्। उनीहरूकै साथबाट ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
धरान/ जिल्ला–व्यापी फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण अन्तर्गत मङ्गलबारका खेल सम्पन्न भएका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजित प्रतियोगिता एन्फा एकेडेमी खेलमैदान, धरान–१७ मा जारी छ। मङ्गलबारको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ ले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुल लाई प्रभावशाली प्रदर्शनका साथ ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो। पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं.
सुनसरी/ विशेष सूचनाको आधारमा सञ्चालन गरिएको दुई सफल प्रहरी कारबाहीमा इनरुवाका फरक–फरक स्थानबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८२।०८।०८ गते साँझ १९:१५ बजे इनरुवा–३ महेन्द्रचोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले भारत, बिहारका ३२ वर्षीय राजु कुमार सोनीलाई नियन्त्रणमा लियो।चेकजाँचका क्रममा उनको साथबाट INZASCAN-10 लेखिएको INTRAZEPAM TABLETS का १४ पत्ता (१४० क्याप्सुल) Spasmo-Proxyvon Plus लेखिएको १ पत्ता (८ क्याप्सुल) जम्मा १४८ क्याप्सुल बरामद भएपछि उनलाई पक्राउ गरी जि