सुनसरीबाट डेढ क्विन्टल गाँजा बरामद, स्कारपियो चालक पक्राउ

  • मंसिर ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–७ चाँदवेलामा सशस्त्र प्रहरीले चलाएको विशेष अपरेसनबाट डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ ।

ठूलो परिमाणको अवैध पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

बिहीबार बिहान दक्षिणतर्फ गइरहेको बा १५ च २१७३ स्कारपियो  र को २७ प ८३३१ मोटरसाइकल चेकजाँचका क्रममा प्लास्टिकका प्याकेटमा बेरिएको १ क्विन्टल ५३ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले जानकारी दिए ।

चाँदवेलाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जको टोलीले अपरेसन सञ्चालन गरेको थियो । नियन्त्रणको क्रममा एक राउण्ड हवाई फायर समेत गर्नुपरेको प्रहरीको भनाइ छ ।

गाँजा लोड गरिएको स्कारपियोका चालक २० वर्षीय आदित्य चौधरी पक्राउ परेका छन् भने मोटरसाइकल चालक फरार छन् । बरामद गाँजा, गाडी र मोटरसाइकलसहित चौधरीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved