मोरङ/ विराटनगर–१३ मा लागूऔषध कारोबार हुँदै आएको सूचनाका आधारमा प्रहरीले गरेको छापा मारामा २ जना अभियुक्त पक्राउ परेका छन्।
मंसिर ०९ गते प्राप्त विशेष सूचनाअनुसार इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का उपेन्द्र यादव र अजय कुमार यादव रहेका छन्। उनीहरूकै साथबाट ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।