समाचार

    Showing 81-90 of 6,700 items.
  • शिवगंगा टोल विकासमा रत्नकुमार नेम्बाङ

    धरान/  धरान उपमहानगरपालिका वडा नं.१५ मा सवैभन्दा धेरै घरधुरी रहेको आधारभूत सुकुम्बासी वस्ती हो शिवगंगा टोल विकास संस्था । यही शिवगंगा टोल विकास संस्थाले गत चैत्र २६ गते प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा आयोजक समितिका सचिव निश्चल खत्रीले संस्थाको साँगठानिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष कान्छीमाया राईले आय–व्यय प्रतिवेदन प्रस्तुत गरेकी थिएन । संस्थाका अध्यक्ष रत्नकुमार नेम्बाङको अध्यक्षता, धरान उपमहानगरपालिका १५ नं. वडाका अध्यक्ष श्री नरेशकुमार इवारमको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभामा नमुना श्रुतिमार्ग टोल विकास

    • प्रकाशित मितिः चैत्र २९, २०८०
    • 235 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सोनापुर गोल्डकप : इटहरी फुटबल क्लब फाइनल प्रवेश

    दुहबी/ उत्कृष्ट जितका साथ इटहरी फुटबल क्लब, सुनसरी यहाँ जारी तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा इटहरीले दमक फुटबल एकेडेमी, झापालाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा भएको खेलमा इटहरीका लागि दुवै गोल बिदेशी खेलाडीले गरे । इटहरीका लागि फोफोनाले दुई गोल गरे भने सोङ्गले थप एक गोल गरे । खेलमा म्यान अफ द म्याच भने इटहरी कै उमेश कार्की घोषित भए । प्रतियोगिता अन्र्तगत चैत २९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक मेमोरी युवा क्लब, सोनापुर र बर्दिबास नगर क्लब, ब

    • प्रकाशित मितिः चैत्र २९, २०८०
    • 289 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

    विराटनगर/  कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा विषेश अधिवेशन बोलाएका हुन् । ‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको चैत्र २६ गतेको लिखित अनुरोधमा प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमा

    • प्रकाशित मितिः चैत्र २९, २०८०
    • 112 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गजलमय बन्यो धरान

    धरान/ यहाँस्थित दोभान पार्क गत शनिबार गजलमय बनेको थियो । यस प्रदेशकै विभिन्न स्थानबाट जम्मा भएका गजलकारहरूको उपस्थितिले त्यस दिन दोभान पार्कको वातावरण नै बेग्लै थियो र यो अवसर जुटाएको थियो, भानु भेट्रान्स क्लबले ।     चैते दसैँको अवसरमा क्लबले आयोजना गरेको ‘गजल उत्सव’ मा सहभागी हुन प्रदेशका विभिन्न स्थानबाट आएका गजलकारहरूले सबैको ध्यान तानेका थिए । शहरको मध्यभाग भए पनि कार्यक्रम स्थल शान्त थियो । गजलकारहरूले विभिन्न भावका गजल सुनाउँदा कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरू त मन्त्रमुग्ध भएका थिए । बाटो हिँड्ने बटुवाहरू पनि केही बेर उभिएर सुन्न बाध्य भएको दृश्य

    • प्रकाशित मितिः चैत्र २९, २०८०
    • 1,403 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एन्फामा फुटबल कोर्षका लागि यु–१३ बालबालिका छनौट सुरु

    धरान /अखिल नेपाल फुटबल संघ एन्फाको ४ स्थानका रहेका एन्फा एकेडेमीका लागि यु–१३ का बालबालिकाको छनौट प्रक्रिया बुधवार देखी धरानमा सुरु भएको छ । सातै प्रदेशमा छानिएका ९० जना यु–१३ का बालबालिकाहरूलाई विद्यालय शिक्षा सहित ४ वर्ष सम्म एन्फाको ४ स्थानमा रहेको एकेडेमीमा आवासीय फुटबल प्रशिक्षण दिइने एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए । धरानमा बुधबार बिहान एन्फा एकेडेमीमा कोशी प्रदेशको छनौट प्रक्रिया सुरु गर्दै अध्यक्ष राईले भने, ‘अबको दश वर्षमा नेपाली फुटबललाई विश्वकप सम्म पुराउने लक्ष्य एन्फाले लिएको छ ।’ एन्फाको लक्ष्य

    • प्रकाशित मितिः चैत्र २९, २०८०
    • 295 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर महाकुम्भ मेला : सबै उत्साहित, व्यवस्थित व्यवस्थापन

      धरान /सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा मंगलबार बाट १२ बर्षे पिण्डेश्वर महाकुम्भ मेला शुरु भएको छ । मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । कुम्भ मेला शुरु भएसँगै अहिले चतरामा चहलपहल बढेको छ । भक्तजनहरुको आगमन बाक्लिएको छ । मेलालाई व्यवस्थित गर्न सबै पक्ष लागि परेका छन् । जसले गर्दा भक्तजनहरुलाई समेत सहज भएको छ । उद्घाटनकै दिन भक्तजनको उल्लेख्य उपस्थिति रहेको चतरामा अहिले पनि भक्तजन चतरा जाने र कुम्भ स्थान गरेर धरानको पिण्डेश्वर मन्दिरमा आएर जल चढाउने गरिरहेका छन् । मेलालाई कुम्भमैत्री बनाउन कुम्भ मेला सफल बनाउन बनेका समितिहरु १२ बर्षे पूर्ण पिण्डेश्वर मह

    • प्रकाशित मितिः चैत्र २८, २०८०
    • 251 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तमोर करिडोर बन्यो : छैन सुरक्षा पोष्ट

    सुनसरी/ पछिल्लो समय तमोर करिडोरको ट्रयाक खुलेसँगै सवारी साधनको चाप बढेको छ । तमोर करिडोरको ट्रयाक खुलेसँगै पछिल्लो तमर क्षेत्रमा बढ्दो बजारीकरण र आर्थिक चलायमान हुदै गएपछि यहाँका स्थानीयहरुले सुरक्षा पोष्ट स्थापनको माग गरेका छन् । करिडोरको प्रस्थान विन्दु मुलघाटदेखि घनकुटा र पाँचथरको सीमा क्षेत्र नावा खोला सम्मको दूरी २८ किमी रहेको छ । यो सडक हुदै दैनिक २ सय साधन आवात जावत गर्ने गर्छन् । तर बढ्दो चाप र यतिलामो समय खण्डमा कुनै पनि सुरक्षा पोस्ट छैन । यो क्षेत्रमा कुनै घटना वा दुर्घटना भए मुढेबास र डाँडा बजारमा रहेको प्रहरी चौकीसम्म पुग्नुपर्ने बाध्यता छ । भौगोलिक दृष्टिकोणले यी चौकी तमोर ग

    • प्रकाशित मितिः चैत्र २८, २०८०
    • 248 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिहीबार देशैभरी सार्वजनिक विदा

    सुनसरी/ इस्लाम धर्मावलम्बीहरूको पर्व ईद(उल फित्र (ईद)का दिन सरकारले सार्वजनिक बिदा दिएको छ। बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए। गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो। यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

    • प्रकाशित मितिः चैत्र २८, २०८०
    • 238 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रत्न बान्तवाको ४५ औं स्मृति दिवस मनाइयो

    इलाम/ सहिद रत्नकुमार बान्तवाको ४५ औं स्मृति दिवस र ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ । मंगलबार इलामको ठूलो टुँडीखेलस्थित रत्न चोकमा रहेको सहिद बान्तवाको स्मारकमा माल्यार्पण गरिएको हो । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बान्तवाको शालिकमा माल्यार्पण गर्नुभएको थियो। यस्तै सिंहवाहिनी मन्दिर नजिक रहेको बान्तवाको समाधिस्थलमा माल्यार्पण गरिएको थियो। नेकपा (एमाले) इलामले आयोजना गरेको बान्तवाको स्मृति दिवस सभालाई सम्बोधन गर्दै सहिद बान्तवाले देश र जनतालाई स्वतन्त्र गराउन खेलेको भूमिका र योगदानको चर्चा गरे । २००९ साल चैत २७ गते जन्मिएका रत्नकुमारको २०३५ साल चैत २७ गते निरंकुश प

    • प्रकाशित मितिः चैत्र २८, २०८०
    • 263 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्रीलाई विश्वासका मत लिन एमालेले दियो समय

    विराटनगर/ नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने बताएका छन् । १ महिनाभित्र विश्वासको मत नलिए स्वतः पदमुक्त हुने दुई दलको दाबी छ । मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै दुई दलका नेताले केदार कार्कीमाथिको समर्थन फिर्ता लिइसकेकाले विश्वासको मत लिनुपर्ने बताए । एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानूनले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको दाबी गरे । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान लिइँरहदा एमाले र माओवादीले संविधानको धारा १८८ (२)

    • प्रकाशित मितिः चैत्र २८, २०८०
    • 314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved