गजलमय बन्यो धरान

  • चैत्र २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ यहाँस्थित दोभान पार्क गत शनिबार गजलमय बनेको थियो ।

यस प्रदेशकै विभिन्न स्थानबाट जम्मा भएका गजलकारहरूको उपस्थितिले त्यस दिन दोभान पार्कको वातावरण नै बेग्लै थियो र यो अवसर जुटाएको थियो, भानु भेट्रान्स क्लबले ।    

चैते दसैँको अवसरमा क्लबले आयोजना गरेको ‘गजल उत्सव’ मा सहभागी हुन प्रदेशका विभिन्न स्थानबाट आएका गजलकारहरूले सबैको ध्यान तानेका थिए ।

शहरको मध्यभाग भए पनि कार्यक्रम स्थल शान्त थियो ।

गजलकारहरूले विभिन्न भावका गजल सुनाउँदा कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरू त मन्त्रमुग्ध भएका थिए । बाटो हिँड्ने बटुवाहरू पनि केही बेर उभिएर सुन्न बाध्य भएको दृश्य भने सुखद् थियो ।   1712759947941

क्लबको प्रभावकारी व्यवस्थापनमा भएको ‘गजल उत्सव’ मा गजलकारहरूले प्रेमका मिलन र विछोडका भावयुक्त गजल मात्र सुनाएनन्, उनीहरूले आफ्ना गजलमार्फत देशमा व्याप्त राजनीतिक,

सामाजिक र आर्थिक विसङ्गतिप्रति गतिलो प्रहार गरेका थिए । उनीहरूले काव्यिक भाषामा विद्रोही आवाज सुनाएका थिए ।  

कार्यक्रममा सबिना श्रेष्ठ, विवश बलिभद्र कोइराला, मिश्र गुरुङ, अच्युत भट्टराई, लक्ष्मण कट्वाल, कुमारी चेम्जोङ राई,

युवाराज ठकुरी, शारदा निरौला, खेमराज आचार्य, राधा सुवेदी, मुना आत्रेय, जी.बी. गजल, बबिता भुजेल, भरत दाहाल, परिक्रमा श्रेष्ठ, अञ्जु ‘अश्रु’, सुमन रेग्मी, समीक्षा छिलिङ राई, चन्द्रकला अधिकारी र रोमु अधिकारीले दुई–दुईवटा गजल सुनाएका थिए । 

साहित्यसँग खासै साइनो र सम्बन्ध नभएको क्लबले आयोजना गरेको ‘गजल उत्सव’ मा स्रोताहरूको उपस्थिति पनि राम्रो थियो ।

क्लबका ऊर्जावान् सदस्य वीरेन सुब्बाको विशेष सक्रियता र अन्य सदस्यहरूको सहयोगका कारण कार्यक्रम रोचक बनेको थियो । वीरेनले कार्यक्रम सञ्चालन गरेका थिए ।

उनकै भिन्न सञ्चालनका कारण पनि कार्यक्रम रोचक बनेको थियो । चैतको उखर्माउलो गर्मीमा पनि स्रोताहरू अन्तिमसम्म नै धैर्यपूर्वक बसेका थिए । 

भानु भेट्रान्स क्लबका सदस्य राज बान्तवा राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि मनु मञ्जिल प्रमुख अतिथि थिए ।

क्लबका सदस्य विक्रम खड्गीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

क्लबले गत वर्ष पनि चैते दसैँकै अवसरमा २० जना कविहरूका साथ कविता वाचन कार्यक्रम आयोजना गरेको थियो । क्लबले आगामी वर्ष पनि चैते दसैँकै अवसरमा साँझ ६ बजे काव्यिक कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ । 

 

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved