नेपाल स्काउट स्थानीय परिषदको निर्वाचन सम्पन्न

  • माघ २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल स्काउटको स्थानीय परिषदको निर्वाचन सम्पन्न भएको छ ।

नेपाल स्काउट ऐन २०५० संसोधित सहितको दफा ६ र नेपाल स्काउट नियमावली २०७७ को दफा २१ अनुसार स्थानीय परिसदको निर्बाचन माघ २२ गते सोमबार सम्पन्न भएको हो।

निर्बाचन बाट धरान उपमहानगरपालिका परिसदमा सात जना स्काउटरहरु पुरुस तर्फ बिजयी भएका छन्।

जसमा अनुप योञ्जन तामांग, मधुसुदन घिमिरे, सुर्य कुमार सुनुवार, सुमन महतो, अनुज भट्टराई, विश्व बन्दु पोख्रेल र धन कुमार राई रहेका छन् ।

खसेको २१ मत मध्ये योञ्जन २० मत, घिमिरे २० मत, सुनुवार २१ मत, महतो २० मत, भट्टराई १८ मत, पोख्रेल १९ मत र राईले १९ मत प्राप्त गरेका थिए ।

महिला तर्फ यस अघि नै सुजाता तामांग, पुस्पा राई, अनिला पौडेल र ग्रिष्म भट्टराई निर्बिरोध निर्बाचित भएका थिए ।

बिजयी स्काउटरहरुलाई निर्वाचन अधिकृत हेमचन्द्र अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रमाणपत्र वितरण समारोहमा कोशी प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी, राष्ट्रिय प्रशिक्ष्यक निर्मला अधिकारी, सहायक राष्ट्रिय प्रशिक्षक चन्द्रकला प्रधान, स्काउटर सुबर्ण बहादुर थापा,

भानु स्मृति मा बि का प्राचार्य रबिन सुबेदी लगायतको उपस्थिति रहेको थियो।

स्थानीय तहको निर्बाचन नेपाल स्काउट को इतिहासमा पहिलो पल्ट सम्पन्न भएको हो। निर्बाचित स्काउटरहरुको कार्यकाल ४ बर्सको रहने प्राबधान रहेको छ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved