महिला सहकारीद्वारा मोतिबिन्दुको निःशुल्क सल्यक्रिया

  • माघ २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

बराहक्षेत्र/ महिलाहरुको बयरबन महिला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले एक दिने निःशुल्क आँखा शिविर संचालन गरेको छ ।

बराहक्षेत्र नगरपालिका वडा २ बयरबनको सखुवागाछी स्थित संस्थाको कार्यालय भवनमा सोमबार गरिएको शिविरमा इटहरीको वडा ४ स्थित नव दृष्टि आई हस्पिटल प्राली वाट आएका ६ जना चिकित्सकले जाँच गरेका थिए ।

डाक्टर राकेश थापाको नेतृत्वमा आएका डा. अन्जली साह, निरन राई, सीता लिम्बु, अर्जुन मांझी र इन्द्र गिरिले १ सय ६२ जनाको आँखा जाँच गरि निःशुल्क औषधि बितरण गरेका थिए ।
जाँच गरिएका मध्य २० जनामा मोतिविन्दु भेटिएको थियो ।

८ जनाको सोही दिन हस्पिटलको गाडीमा राखी इटहरी स्थित नव दृष्टि आई हस्पिटलमा आंखाको सल्यक्रिया गरिएको थियो भने वांकीलाई हप्ता दिन भित्रमा अप्रेसन गरिने सहकारीकि अध्यक्ष रेनुका तिमिल्सिनाले बताईन ।

यसैगरी शिविरमा १५ जनालाई २० प्रतिशत छुट चस्मा उपलब्ध गराईएको तिमिल्सिनाले बताईन ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विशुद्ध महिलाहरुको बयरबन सहकारीले विभिन्न सामाजिक गतिविधि तथा सदस्यको आर्थिक उपार्जन र स्वरोजगारको लागि गुडिया, पोते, माला, हातको बाला, कुसन बनाउने लगायत तालिम गराउने गरेको छ ।

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved