हिसान रन : धरान मेघाका संयोगहाङ र कोशी सेन्ट जेम्सकी आयुसा प्रथम

  • माघ १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०८० अन्तर्गत हिसान रनमा छात्रतर्फ धरान मेघा हिमालयन कलेज र छात्रातर्फ कोशी सेन्टजेम्स स्कूल प्रथम भएका छन ।

इटहरीमा आइतबार बिहान भएको ५ किलोमिटर लामो दौडमा धरान मेघाका संयोगहाङ राईले निर्धारित दुरी १४ मिनेट ३९ सेकेण्डमा पुरा गरेर प्रथम भए । एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए ।

सुनाखरी एकेडेमीका उज्वल राईले १५ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।

छात्रातर्फ कोशी सेन्टजेम्सकी आयुसा प्रधानले २० मिनेट २२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम भइन ।

धरान मेघा कलेजकी सुभेक्षा राई दोस्रो र सीबी कलेज इटहरीकी तुलसा खड्का तेस्रो भए । राईले निर्धारित दुरी २० मिनेट ४० सेकेण्ड र खड्काले २४ मिनेट १५ सेकेण्डमा पुरा गरेकी थिइन । प्रथम हुने धावक धाविकाले नगद १० हजार, द्धितीयले ५ हजार र तेस्रोले ३ हजार नगद पुरस्कार पाए ।

गत बर्ष भएको हिसान रनमा छात्रतर्फ नमुना कलेज र छात्रातर्फ धरान आदर्श प्रथम भएका थिए । इटहरीमै सम्पन्न भएको ५ किलोमिटर लामो दौडमा नमुना कलेजका सरोज सिंहले निर्धारित दुरी १४ मिनेट १० सेकेण्डमा पुरा गरेर प्रथम भएका थिए

भने सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भएका थिए । धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भएका थिए ।

गत बर्ष छात्रातर्फ धरान आदर्शकी आयशा लिम्बु प्रथम भएकी थिइन भने कस्तुरी कलेजकी इशा यादव दोस्रो र हिमशिखर स्कूलकी तनुजा थापामगर तेस्रो भएकी थिइन । लिम्बुले निर्धारित दुरी २० मिनेट ४० मिनेट, यादवले २० मिनेट ५४ र थापामगरले २१ मिनेट १० सेकेण्डमा पुरा गरेकी थिइन ।

धरान रनको प्राबिधिक सहयोगमा आइतबार सम्पन्न रनका बिजयी धावक धाविकाहरुलाई हिसानका केन्द्रिय सल्लाकार लेखनाथ घिमिरे, केन्द्रिय सदस्य मुकुन्द घिमिरे, सुनसरी अध्यक्ष सागर भटराई, इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक शम्भु बस्नेत लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा सुनसरीका बिभिन्न उच्च माबिका २ सय ५० धावक धाविकाहरुको सहभागिता रहेको कार्यक्रम संयोजक सुवास लुईटेलले जानकारी दिए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved