सौर्य उर्जा जडामा उद्योगीहरुको साथ

  • माघ १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ डिजल खपत गरिरहेको उद्योगहरुमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले उद्योगी, व्यवसायीहरुका साथ सोलार रुफटप सम्वन्धी अन्तरक्रिया गरेको छ ।

नेपाल सरकारको उर्जा, जलश्रोत तथ सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले सौर्य उर्जा उद्योगहरुका लागि सस्तो वैकल्पिक उर्जा भएको वताए ।

उनले पर्याप्त विद्युत उपलब्ध नभईरहेको अवस्थामा सौर्य उर्जाको उपलब्धता उद्योग संचालनका लागि उत्तम विकल्प हुने वताउदै यसको प्रँविधिक पक्षलाई विश्लेषण गरी जडान गर्नुपर्ने धारणा राखे ।

विश्वव्यापी रुपमा भईरहेको वातावरणीय प्रदुषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनिकरणमा समेत सौर्या उर्जा उपयोगी भएकाले यसको प्रयोगलाई सरकारले समेत प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका सौर्य उर्जा संयोजक निरज सापकोटाले नेपाल र जर्मन सरकारको सहयोगमा संचालित परियोजनाको प्रमुख उद्देश्य सौर्य उर्जाको प्रवद्र्धनका माध्यमबाट कार्वन उत्सर्जनमा कमी ल्याउनु रहेको वताए ।

उनले यसको कार्यान्वयन पक्ष्ँलाई माथि प्रकाश पार्दै यो प्रविधि उद्योग स्वयंले आफनै खर्चमा जडान गर्नसक्ने वा अन्य पक्ष्ँ मार्फत जडान गराई आफुलाई आवश्यक उर्जा किनेर उपयोग गर्न सक्ने जानकारी गराए ।

परियोजनाका डेपुटि टिम लिडर खेमराज भण्डारीले यसको प्राविधिक र आर्थिक पक्ष्ँका विषयमा जानकारी दिदै सौर्य उर्जाको प्रयोगबाट उद्योगहरुले डिजल खपत घटाउन सक्ने वताए ।

उनले यस प्रविधिबाट गुणस्तरीय विद्युत उपलब्ध हुनुका साथै प्रति युनिट दर सस्तो पर्न जाने भएकाले उद्योगको खर्च न्यूनिकरणमा समेत सहयोगी हुने स्पष्ट पारे ।

परियोजनाको वातावरणीय र सामाजिक विज्ञ अनुसुया जोशीले सौर्य उर्जा वातावरणीय दृष्टिकोणले उपयुक्त हुने धारणा राखीन ।

एक मेगावाट भन्दा माथिको सौर्य उर्जा जडान गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने आवश्यकता औल्याउदै उनले आर्थिक पक्ष्ँबाट यो प्रविधि उपयुक्त भएको वताईन ।

कार्यक्रममा मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिहरु र विभिन्न उद्योग प्रतिष्ठानका संचालक व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved