सेवा सुचारु गर्न नागरिक दवाव निरन्तर आन्दोलनले विरामी मारमा

  • माघ १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान १८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्‍याली गरिएको छ ।

प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र होइन हाल आएर उपचार सेवा समेत ठप्प भएकोले आन्दोलनमा होमिनुपरेको वडाध्यक्ष नरेन्द्र राई (प्रविन)ले जानकारी दिए ।

तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै विभिन्न प्लेकार्ड बोकेर सयौं धरानेहरु सहभागी भएका थिए । अब प्रतिष्ठान सुधार्न हदै कोसिस भएको र सबैले लत्तो छाडे पछि भण्डाफोर गर्दै प्रतिष्ठानको गेटअगाडि धर्ना बस्ने अध्यक्ष राईले चेतावनी दिए ।

उनले भने, ‘माघ १७ गते अदालतको फैसला पश्चात आवश्यक थप आन्दोलनको तयारी गर्नेछौं ।’

प्रतिष्ठानको अहिलेको स्थितिले ‘स्वास्थ्य उपचारको जनताको मौलिक हक’ खोसिन सक्ने अवस्था सिर्जना भएकोले त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण रयाली निकालिएको उनले बताए ।bpp

आम धरानवासी बिरामी हुँदा आफ्नै आँगनको अस्पतालमा उपचारबाट वञ्चित हुने अवस्थाप्रति मूकदर्शक भएर बस्न नसकिने बताए ।

धरान बाहिर बाट उपचार गर्न आएका बिरामीहरुले थप सास्ती भोग्नुपरेको उनको भनाई छ । उनले भने, ‘धेरैतिरबाट फोन आउँछ, तपाईकै आँगनमा रहेको प्रतिष्ठान खुल्यो’, तर मैले जवाफ दिन सकेको छैन, त्यही भएर आजदेखि आन्दोलन शुरु गरें ।’

र्‍याली पछिको कोण सभालाई सम्बोधन गदैं नेकपा एमाले प्रदेश कमिटी सदस्य एंव मजदुर नेता भीमज्वाला राईले प्रतिष्ठानको चिकित्सक, कर्मचारीहरुको बढुवालाई उनीहरुको नियमित कुराले रोक्न नहुने बताउँदैं चाढै समस्या समाधान गर्न सुझाव दिए ।

उनले स्वास्थ्य संस्थामा राजनीति नगर्न पदाधिकारी, चिकित्सक लगायतलाई सुझाव दिए ।bp 1

उनले भने, ’यो धरानको सम्पति हो । यसलाई दोहन गर्ने काम ठिक छैन् ।

प्रतिष्ठानले आफ्ना समस्या समाधान गरेन अव धरानने जनताले प्रतिष्ठानलाई हस्तक्षेप गर्नेछ, विभिन्न पहाडी जिल्लाबाट उपचारमा आएका विरामी अलपत्र छन् ।

धराने जनताको एक मात्र गहना प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन कसैलाई छुट छैन् । सेवा सुचारु हुनु पर्छ भन्ने जनताको माग हो ।’

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved