झापा इनर्जीको बिजुली प्रसारण लाइनमा जोडियो

  • माघ ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापा इनर्जी प्रालिले १० मेगावाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ ।

शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवै भन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी प्रदेशकै ठुलो परियोजना हो ।

झापा इनर्जी परियोजनाको आगामी माघ २३ गते नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको झापा इनर्जी प्रा.लि.ले जनाएको छ ।

प्यानलकोे १२ मेगावाट उत्पादन गर्ने क्षेमता रहेको र १० मेगावट विद्युत प्राधिकरणमा जोडिएको संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले जानकारी दिए ।

साँवाले नागरिकलाई उत्पादनसँग जोड्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको र उर्जालाई पर्यटनसँग जोड्नका लागि अन्य बाहिरी कामहरु सुरु गरिएको बताए ।

माघ २३ गते उद्घाटनको व्यवस्थापनका लागि नेकपा एमाले जिल्ला अध्यक्ष दिपक कार्की, कार्यवाहक अध्यक्ष प्रेम गिरी, जिल्ला सचिव शिव ढुंगेल, प्रदेश कमिटी सदस्य, नेकपा एमाले नगर कमिटीले संयुक्त रुपमा छलफल गरेका छन् ।

झापा इनर्जीको कार्यालय परिषरमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठकमा उद्घाटन कार्यक्रमको व्यवस्थापनका लागि छलफल गरिएको नेकपा एमाले नगर अध्यक्ष मेगाहाङ्ग थोप्राले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ ।

सोही स्थानमा सौर्य प्यानल राखिएको छ । सांसद एलपी साँवाको नेतृत्वमा ८१ करोड रुपैयाँको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर छ ।

परियोजनास्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेशन एक किलोमिटरको दूरीमा छ ।

सबस्टेसनसम्म विद्युत पुर्याउन कम्पनी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरेको थियो । झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत खरिद सम्झौता भएको थियो ।

सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ ।

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved