‘चाँय जाति’ नेपाल पिछडावर्गमा सुचिकृत

  • माघ १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  हालसम्म राज्यको कुनै समुदाय सुचिकृत नभएका चाँय जातिहरु पिछडावर्गमा सुचिकृत भएका छन् ।

सोमवार श्रीमहल पुल्चौक ललितपुर स्थित कार्यलयमा बसेको संबैधानिक राष्ट्रिय समाबेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडावर्गमा समाबेश गरि सुचिकृत गरेको हो ।

नेपालको सुनसरी, मोरङ्ग, झापा, सर्लाही, रौतहट लगाएका तराईका जिल्लामा बसोबास रहेको चाँय जाति भित्र चन्द्रबशी र मण्डल थर रहेका छन् ।

बषौदेखि राज्य वर्ण व्यवस्थामा जोडिन चाहे पनि आज पूरा भएको नेपाल चन्दबंशी समाजका पुर्व केन्द्रीय सचिब राम कुमार मण्डलले बताए ।

उनले भने, ‘आजनै राष्ट्रिय समावेश आयोगका माननीय सदस्य तथा प्रवक्ता पुस्कर राज तिमिल्सिनाले फोन गरेर चाँय जाति पिछडावर्गमा सुचिकृत भएको आधिकारिक जानकारी दिनु भएको हो । हामी धेरै नै खुशी छौ । यसलागि हामिले पनि पहल गरि राखेका थियौ ।’

हिन्दु धर्ममा आस्था राख्ने चाँय जातिहरुको २०६८ सालको जनगणना अनुसार करिव १४ हजार जनसंख्या रहेको चाँय जातिका अगुवा वराहक्षेत्र नगरपालिका वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवशीले बताए ।

प्राय मुख्य पेशा खेति, किसानी रहेको चाँयको मुख्य चाड माघ महिनाको पहिलो आईतवार पर्ने वण्डा पर्व, दशै, तिहार रहेको र संवैधानिक आयोगबाट पिछडावर्गमा सुचिकृत हुन पाउँदा खुशी लागेको उनले बताए ।

उनले भने ‘राज्यको समुदायमा सचिकृत गराउन संघिय सासद तथा पुर्ब मन्त्री ज्ञानेन्द्र बहादुरकार्कीले पहल गरेको र धन्यवादको पात्र बन्नु भएको छ ।’

 

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved