‘नीजि क्षेत्रलाई राज्यले उपेक्षा गर्‍यो’ "दुई जना पत्रकारसहित चारजना सम्मानीत"

  • पुस २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नीजि क्षेत्रलाई राज्यले उपेक्षा गरेको उद्योगी तथा व्यवसायीहरुले आरोप लगाएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघको ४० औं साधारणसभाका अवसरमा उद्योगी तथा व्यवसायीहरुले नीजि क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन् ।

सोमबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष विजय श्रेष्ठले मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तनदेखि भुकम्प तथा कोरोनाको महामारीको सामना गर्दै आएका उद्योगी तथा व्यवसायीहरुले तंग्रिन नपाउँदै पुनः डेंगु संक्रमणले थला पारेको वृतान्त प्रष्ट्याउदै यस्तो विषम् परिस्थितिमा पनि व्यवसाय तथा उद्योग सञ्चालन गरेको बताए ।

उनले राज्यले यस्तो विषम् परिस्थितिमा सहयोग गर्नुको सट्टा राजस्वको स्रोतको रुपमा हेर्ने बाहेक केही नगरेको गुनासो पोखे ।

उनले भने, ‘हामीले यस्तो विषम् परिस्थितिमा पनि सुनसरीको विकासका लागि लगानी बढाउने, सुनसरीको समृद्धिको प्रयास कार्यक्रम चरणवद्ध रुपमा सञ्चालन गरिरहेका छौं, यसका लागि सबै पक्षसँग हामीले सहयोगको अपेक्षा गरे पनि कसैले यस कुरामा सहकार्य गर्ने प्रत्यन्त सम्म गरेन ।’

उनले नेपालको अर्थतन्त्र संवेनदशील मोडमा रहेको बताए । बैंक र वितीय संस्थाहरुसँग यथेष्ट लगानी गर्न सक्ने छ, आपूर्ति अधिक हुँदा व्याज घटाउनुपर्ने र उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने हो तर त्यसो हुन नसकेको उनको भनाई छ ।

उनले सो अवसरमा मुलुकको अवस्था, देशको अर्थतन्त्रलाई सुदृढ गर्न तथा जिल्लाको आर्थिक विकासका लागि संघका तर्फबाट नौ बुँदे धारणा समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशसभा सदस्यहरु रमेश बस्नेत, ममता तामाङ, यसोदा कायस्थ र विजय राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सो अवसरमा महासचिवद्वारा प्रतिवेदन प्रस्तुत गरेका थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्षबाट गरिएको थियो ।

दुई जना पत्रकारसहित चारजना सम्मानीत

धरान । सुनसरी उद्योग वाणिज्य संघले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष प्रदान गर्दै आएको सम्मान कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको छ । संघले पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमबाट प्रवद्र्धन गरेको भन्दै बरिष्ठ पत्रकार हर्ष सुब्बा र आर्थिक पत्रकारिता पुरस्कारबाट ब्लाष्ट टाइम्सका संवाददाता खिलाराज कोइरालालाई सम्मान गरेको हो ।

सम्मानित दुवै जनालाई महासंघले जनही ११÷११ हजारसहित सम्मान पत्र प्रदान गरेको थियो ।

यसैगरी व्यवसायिक क्षेत्रबाट धरानमा पुराना व्यवसायी अनिल अग्रवाल र सुनिल श्रेष्ठलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मानितहरुलाई कोशी प्रदेश सांसद, संघका अध्यक्ष लगायतले सम्मान गरेका थिए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved