धरान उत्सव : घरेलु उद्योगका स्टलमा आकर्षण बढ्दो

  • पुष २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरान उत्सव स्थानीय घरेलु उद्योगका उत्पादनका स्टलहरुका लागि प्रदर्शन गर्ने थालेको रुपमा रहेको छ ।

गत शुक्रबारदेखि धरानको पब्लिक माविको खेल मैदानमा भएको उत्सवमा ७५ वटा स्टलहरु राखिएका भएपनि अन्य स्टलको तुलनामा घरेलु उद्योगका स्टलहरु भने सम्झन लायक रहेका छन् ।

१२३ औं धरान उत्सवमा विभिन्न प्रकारका व्यापारिक तथा जातीय परिकारका साथै सँस्कृति झल्किने स्टलहरु रहेका छन् । यी मध्ये त्यहाँ रहेका दुई वटा स्टल भने नितान्त फरक छन् ।

एउटा हो महिला उद्यमीबाट उत्पादन भएको स्वदेशी जडीबुटीबाट बनेका नुहाउने साबुन र अर्को स्टल धरानका अपांग तथा असहायहरुले बासको प्रयोग गरेर बनाइएका सजावटका सामानका स्टल ।

यी दुई स्टल नितान्त धरानकै उत्पादन हुन् । विगत ५/६ बर्ष अगाडिदेखि धरान १५ मा आफ्नै घरमा घरेलु उद्योग स्थापना गरी तितेपाती, चारकोल, मह तथा निम प्रयोग गरेर उद्यमी मनिता घिमिरेले साबुन बनाउँर्दै आएकी छन ।

उनले उत्पादन गरेको सावुनको माग धरानमा मात्र हैन सबैतिर उत्तिकै छ । उत्सवमा पनि उनले उत्पादन गरेको सावुनको माग उत्तिकै देखिन्थ्यो ।

महिला पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण पेश गर्ने घिमिरेले आफूमात्र हैन अरु महिलालाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगार प्रदान गर्दै आएकी छन् ।

स्थानीय स्तरमै पाइने जडिबुटी प्रयोग गरेर बनाइएका सावुनको माग अत्याधिक रहेको उद्यमी घिमिरे बताउँछिन ।

उनले सावुन उत्पादनसँगै कोशी प्रदेशका विभिन्न स्थानीय तहमा गएर त्यहाँका महिलाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउने काम समेत गदैै आएकी छन् ।

राज्यबाट खासै सहयोग नभए पनि आफू सावुन उद्योग सञ्चालन गर्दा सन्तुष्ट भएको उनी बताउँछिन् सावुनमा प्रयोग गर्ने सामाग्री जम्मा गर्न भने समस्या भएको उनको भनाई छ ।

यस्तै यो उत्सवमा राखिएको अर्को स्टल अपांग तथा असहायहरुले बासको प्रयोग गरेर बनाईएका विभिन्न सजावटका सामाग्रीहरु आकर्षणको केन्द्रविन्दु बनेको छ ।

धरान १ मा रहेको अपांग तथा असहाय गृहमा रहेका ७ जनाले बासबाट आकर्षक कलमदानी, फूल लगायत विभिन्न सजावटका सामाग्री बनाउने गर्छन् ।

त्यहाँ रहेका सामाग्रीहरु धेरैले मन पराउने गरेको गृहमा आमाको भूमिका निर्वाह गर्दै आएकी लक्ष्मी राई बताउँछिन् । गृहमा अहिले २३ जना आश्रित छन् ।

उनीहरुलाई यो सँगै विभिन्न प्राविधिक सीप समेत दिने गरेको राई बताउँछिन् ।

आत्मनिर्भर बन्नकै लागि यस्ता सीपहरु सिकाउने गरेको उनको भनाई छ ।

अहिले उनीहरुले बासबाट बनाइएका सजावटका सामाग्री धरान उत्सवमा विक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।

उनीहरुले बनाएका सामाग्रीहरु अत्यन्तै राम्रो भएको र खरिद गरेर सहयोग गरिदिनुपर्ने उत्सवमा आएका सर्वसाधारण बताउँछन् ।

उत्सवमा स्थानीय जातिय खानाका परिकार, स्थानीय उत्पादन लगायतका ७५ स्टलहरु रहे पनि यी दुई स्टलमा राखिएका सामाग्रीहरुको भने मेहनतसँगै पसिना जोडिएको भान हुने गरेको छ ।

उत्पादन गरेको सावुन प्रतिगोटा १ सय ५० रुपैयामा विक्री गर्ने गरिएको छ भने बासबाट बनाइएका सजावटका सामान ५ सय देखि १ हजार सम्म पर्ने गरेको छ ।

आफ्नै बलबुतोले धरानमा सावुन उद्योगलाई स्थापित गर्ने उद्यमी महिला मनिता घिमिरे र केही गर्न सक्दैनन् भन्ने मनस्थितिलाई चिरेर आफ्नो परिश्रममा बाच्न प्रयासरत अपांग तथा असहायहरुले आफैले सिर्जना गरेका सामाग्री प्रदर्शन गर्ने जुन अठौट गरेका छन् उत्सवमा आउनेहरुले त्यसको खुलेर प्र्रशंसा गरेका छन् ।

उनीहरुलाई राज्यले समेत सहयोग गर्नुपर्ने धारणा समेत अघि सार्ने गरेका छन् ।

 

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved