दमक–चिसापानी सडक काम थाल्न निर्देशन

  • पुस १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सडक अब एक वर्ष भित्र सम्पन्न गर्ने सहमति भएको छ ।

तिन खण्डको रूपमा रहेको सडकको दमक देखिको पहिलो खण्ड आगामी वैशाखमा र बाँकी दुई खण्ड एक वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी सहमति भएको हो ।

काम गर्दा गर्दै निर्माण कम्पनीले छोडेर भागेपछि सडक अलपत्र बनेको सडक स्थानीय सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयले स्थलगत अनुगमन गरी एक वर्ष भित्र पुरै काम सम्पन्न गर्ने गरी सहमति गरेको हो ।

बुधवार सडक सम्बद्ध सरोकारवाला, निर्माण व्यवसायी र स्थानीयबीच भएको छलफलमा निर्माण कम्पनीले तत्कालै काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईले निर्माणको जिम्मा लिइसके पछि समयमा काम गर्नु पर्ने बताए ।

उनले अब भएको सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै काम भए नभएको अनुगमनमा आफू निरन्तर रूपमा लाग्ने र समयमै काम सम्पन्न गराउन पहल गरिरहने बताए ।

दमक देखिको पहिलो खण्डको ठेक्का लिएको किरातेश्वर कन्स्ट्रक्सनले अबको बैशाख सम्ममा सबै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

निर्माण कम्पनीका मिलन राईले सरकारको नीतिका कारण व्यवसायी समस्यामा भएको र गत आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी नभएको कारण काम गर्न समस्या भएको भन्दै अब वैशाख सम्ममा जसरी पनि काम सम्पन्न गर्ने बताए ।

उनले ठेक्का परेको सुरुवात समयमा पहिलो चरणको कोभिड १९ को कारण काम गर्न समस्या भएको र त्यस पश्चात् काम थाल्न खोज्दा दोस्रो चरणको कोभिडका कारण मजदुरको समस्या भएको भन्दै पछिल्लो समय कामले गति लिन नसकेको स्विकार्दै तत्काल काम थालेर जस्तो सुकै समस्या आए पनि वैशाख सम्ममा काम सम्पन्न गर्ने बताए । यो सँगै अब सडक निर्माणले गति लिने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

छलफलमा उक्त सडकको माथिल्लो दुई खण्डको निर्माण सम्पन्न गर्न लुम्बिनी–गणपति जेभीले एक वर्ष भित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । निर्माण कम्पनीका तुलसीराम भण्डारीले दुई खण्डको काम एक वर्ष भित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएसँगै बाटो बन्नेमा झिनु आशा पलाएको छ ।

छलफलका क्रममा केही प्राविधिक र कानुनी विषयहरू समस्याका रूपमा उठान भएकाले त्यसलाई सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा पठाएर त्यतैबाट समाधान गर्ने र अरू विषयमा स्थानीय स्तरमा समन्वय गरेर काम छिटोभन्दा छिटो टुङ्गाउने निर्णय भएका इलामको प्रजिअ यादवले बताए ।

नेकपा एमाले इलामका उपाध्यक्ष उदय राईले यो बाटो निर्माण सम्पन्न गर्न ठेकेदार जिम्मेवार हुनु पर्ने भन्दै ठेकेदारका कारण सडक अलपत्र बन्दा यस बाटोलाई राजनीतिकरण गर्ने सम्मको काम भएको बताए । सडक राजनीतिकरणका लागि नभई यहाँका जनताको सुविधाका लागि निर्माणको थालनी भएको कारण तत्काल सम्पन्न गर्नु पर्ने बताए ।

नेपाली काँग्रेसका जिल्ला सचिव निरोज खण्डगीले लामो समय सम्म सडक निर्माणले गति नलिँदा यहाँका जनता हिउँदमा धुलो र बर्खा हिलोको समस्या भोग्न बाध्य भएको भन्दै सहमति अनुसार निर्माण कम्पनीले काम गर्नुपर्ने बताए ।

दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय चार पटक सम्म थप गरिएको थियो । दमकबाट पहिलो खण्ड साढे छ किलोमिटर पहिलो प्याकेजका लागि चार पटक म्याद थपिएको थियो ।

पहिलो खण्डअन्तर्गत सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २०७५ साल साउन अन्तिममा सम्झौता गरेको थियो । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किलोमिटर सडक निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो ।

दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो । सडकमा धेरै जसो ठाउँमा नाली निर्माण र ग्याभिङ वालको काम भने सम्पन्न भइसकेको छ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved